प्रत्येक दिन सुर्तीजन्य पदार्थको सेवनले ७५ जनाको मृत्यु हुन्छ
नेपालमा प्रत्येक दिन सुर्तीजन्य पदार्थको सेवनपछि लागेको रोगले ७५ जनाको मृत्यु हुने गरेको अध्ययनले देखाएको छ। क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले स्वास्थ्य पत्रकार मञ्च, एक्सन नेपाल, द युनियन लगायतका संस्थाको संयुक्त रूपमा आयोजना गरेको “सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारको जिम्मेवारी” सम्बन्धी कार्यक्रममा बोल्दै विज्ञले नेपालमा प्रत्येक दिन सुर्तीजन्य पदार्थको सेवनले ७५ जनाको मृत्यु हुने जानकारी गराउनुभएको हो।
थप ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि
पछिल्लो २४ घण्टामा थप ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ७६३ कोरोना परीक्षण गर्दा ५२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
सत्यमोहन जोशीको स्वास्थ्य अवस्था स्थिर
शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था स्थिर रहेको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रमुख अमिष पाठकका अनुसार उपचाररत जोशीको स्वास्थ्य अवस्था शुक्रबारबाट कमजोर बन्दै गएको छ ।
१० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि
नेपालमा यो वर्ष दुई हजारभन्दा बढीमा स्क्रब टाइफस पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी) अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार सन् २०२२ सुरु भएदेखि आजसम्म ५० भन्दा बढी जिल्लामा दुई हजार ४२३ जनामा स्क्रब टाइफस पुष्टि भएको छ ।
डेंगुका अधिकांश बिरामीमा घाँटीमा घाउ हुने समस्या
डेंगुका अधिकांश बिरामीहरुमा घाँटीमा समस्या देखापरेको भन्दै सजग रहन चिकित्सकहरुले आग्रह गरेका छन् ।
चुनावी मैदानमा चिकित्सकहरू
बिरामीको उपचारमा व्यस्त भइरहने चिकित्सकलाई पनि चुनावको रन्कोले छोएको छ। विगतका चुनावमा एकाध चिकित्सक देखापर्थे भने यस पटक चुनावी मैदानमा थुप्रै चिकित्सक प्रतिस्पर्धामा उत्रिएका छन्। पद र पेसाबाट राजीनामा दिएर प्रतिस्पर्धामा होमिएका उहाँहरू आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि यतिबेला व्यस्त हुनुहुन्छ। चुनावी मैदानमा उत्रने केही चिकित्सक मुख्य राजनीतिक पार्टीबाटै चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ भने केहीले स्वतन्त्र रूपमा उम्मेदवारी दिनुभएको छ।
शताब्दी पुरुष जोशीको स्वास्थ्य अवस्था गम्भीर
शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था झन कमजोर बन्दै गएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रमुख अमिष पाठकले उपचाररत जोशीको स्वास्थ्य अवस्था कमजोर बन्दैगएको जानकारी दिनुभयो ।
२४ घण्टामा थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि
पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ६९ कोरोना परीक्षण गर्दा ४२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
डेंगु सङ्क्रमित ४७ को मृत्यु, तराईमा सङ्क्रमण बढ्ने सम्भावना
नेपालमा डेंगु सङ्क्रमणबाट ४७ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी)का अनुसार नेपालमा ४७ जनामा डेंगु सङ्क्रमितको मृत्यु भएको हो ।
आँखा स्वास्थ्यको विषय विद्यालयको पाठ्यक्रममा समेट्नुपर्छ : विज्ञ
काठमाडौं, असोज २७ गते। आँखा स्वास्थ्यको विषय विद्यालयको पाठ्यक्रममा समेट्नु पर्नेमा विज्ञले जोड दिएका छन्। विश्व दृष्टि दिवसको अवसरमा स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै व्लाइन्ड वोमेन एसोसिएशनका सल्लाहकार मिरा अधिकारीले शिक्षा नै सबै भन्दा ठूलो भएकोले आँखाको प्राथमिक उपचार बारे विद्यालय तहको पाठ्यक्रममै समावेश गर्नु पर्नेमा जोड दिनुभयो। आफूले सात वर्षको उमेरमा आँखा गुमाएको जिकिर गर्दै उहाँले आम अभिभावक पनि आँखा स्वास्थ्यको विषयमा सचेत र चनाखो हुनुपर्ने उल्लेख गर्नुभयो। कार्यक्रममा विभागका महानिर्देशक डा. दिपेन्द्ररमन सिंहले स्वास्थ्य शिक्षा साक्षरता बढाउनु आवश्यक रहेको बताउनुभयो। उहाँले आँखा स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति थपिदै गएको भन्दै यसको व्यवस्थापनतर्फ जोड दिनु पर्ने बताउनुभयो।नेपालमा सन् २०१९ को सर्वेक्षणले सन् १९८१ को तुलनामा अन्धोपन तथा दृष्टि दोषको अनुपातमा कमी आएको छ। सन् १९८१ मा ०.८४ प्रतिशत अन्धोपन सन् २०२२ सम्म आइपुग्दा अन्धोपनको स्थिति ०.२८ प्रतिशतमा झरेको छ। तिलगंगा आँखा प्रतिष्ठानकी कार्यकारी निर्देशक डा. रिता गुरुङले अन्धोपन नेपालमा घटे पनि मोतियाविन्दु, चस्मासम्बन्धि दृष्टि दोष, जल विन्दु, मधुमेहबाट आँखामा पर्ने असर उमेरका कारण दृष्टि पर्दामा पर्ने असर आदि बढ्दो चुनौतीको रुपमा देखिएकोे बताउनुभयो। नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्रा. डा. चेतराज पन्तले नेपालमा आँखा अस्पताल र जनशक्ति प्रयाप्त भए पनि उपचारका लागि बिरामी आउन नसकेको बताउनुभयो। उहाँले यसका लागि जनचेतना बढाउने र उपचारको पहुँच बढाउने योजनामा राज्यको नीति हुनुपर्नेमा जोड दिनुभयो। मन्त्रालयका नीति तथा अनुगमन शाखाका प्रमुख डा. गुणनिधि शर्माले प्राथमिक आँखा उपचार सेवा कार्यक्रमलाई प्रभावकारी बनाउन राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिको मस्यौदाका लागि राय सुझाव लिइरहेको जानकारी दिनुभयो। रणनिती बनेपनि कार्ययोजना बनाएर अगाडी बढ्ने मन्त्रालयको योजना रहेको उहाँले बताउनुभयो। विश्व स्वास्थ्य संगठनको आकडा अनुसार विश्वमा झण्डै दुई अर्ब २० करोड मानिसमा दृष्टि सम्बन्धि समस्या रहेको छ भने झण्डै एक अर्ब अझै पनि आँखा सेवाबाट वञ्चित रहेका छन्। आईएपीवीका दक्षिणपूर्वी एशिया संयोजक युद्धध्वज सापकोटाले नेपालमा वार्षिक करिब चार लाख व्यक्तिको मोतियाविन्दु शल्यक्रिया गर्नु पर्ने भए पनि १ लाख ५० हजार व्यक्तिको मात्रै शल्यक्रिया हुने गरेको भन्दै दीगो विकासका लक्ष्य हालिस गर्नका लागि चुनौती रहेको बताउनुभयो। आँखा स्वास्थ्यका कारण विश्वमा वार्षिक ४११ अर्ब डरल उत्पादकत्वमा घाटा हुने गरेको ल्यान्सेटमा प्रकाशित एक अनुसन्धानले देखाएको दाबी उहाँले गर्नुभयो। उहाँले आँखाको उपचारमा २४ अर्ब डलर मात्रै खर्च गरे सो घाटा पूर्ति हुने बताउनुभयो।अक्टोर १३ अर्थात् विश्व दृष्टि दिवस मनाइएको छ। “आँखा माया गरौँ” भन्ने मुख्य नाराका साथ विश्व दृष्टि दिवस मनाइएको छ। सन् १९९८ सालदेखि हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार विश्व दृष्टि दिवस मनाउदै आएको छ।
समयमै जाँच गरे ८० प्रतिशत अन्धोपन रोक्न सकिन्छ
आँखामा हुने अन्धोपनको ८० प्रतिशतसम्म उपचार गर्न सकिने त्रिवि शिक्षण अस्पतालका उप–प्राध्यापक डा. सञ्जीव भट्टराईले बताउनुभएको छ।
२४ घण्टामा ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ७८६ कोरोना परीक्षण गर्दा ५१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
सत्यमोहन जोशीलाई पुनः आईसीयूमा सारियो
शताब्दीपुरुष सत्यमोहन जोशीलाई सघन उपचार कक्ष (आईसीयू)मा सारिएको छ।
दुर्गमका स्वास्थ्य चौकी: टुकीको भरमा बिरामीको उपचार
स्वास्थ्य चौकीमा उपचारका लागि आउने बिरामीलाई टुकीकै भरमा उपचार गर्नु पर्ने बाध्यता छ । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा एउटा सोलर बत्ती समेत नभएपछि सेवाग्राही र कर्मचारीले सस्ती खेप्नु परेको छ ।
थप ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ७२३ कोरोना परीक्षण गर्दा ५१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
सत्यमोहन जोशीलाई क्याबिनमा सारियो
शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सुधार आएको छ।
बागमती प्रदेशमा २७ हजार बढीमा डेंगु सङ्क्रमण, २१ जनाको मृत्यु
बागमती प्रदेशमा लामखट्टेको टोकाइबाट हुने डेंगु रोगको सङ्क्रमणबाट साउन महिनादेखि हालसम्म २७ हजार ७५० जना बिरामी भएको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
मोतियाबिन्दु भएका नेपालगञ्जका सबैको निःशुल्क शल्यक्रिया गरिने
नेपालगञ्ज उपमहानगरपालिकाले उपमहानगरभित्र बसोबास गर्ने मोतियाबिन्दु भएका सबै नागरिकको निःशुल्क शल्यक्रिया गर्ने निर्णय गरेर कार्यान्वयनमा ल्याएको छ ।
डेंगुको प्रकोपमा मधेश प्रदेश : दुईको मृत्यु, पाँच सय बढी विरामी
वर्षा लागेसँगै फाट्टफुट्ट देखा परेको डेंगु पछिल्लो समय भयावह बन्दै गएको छ । फैलिदो क्रममा रहेको डेंगुको प्रकोपबाट मधेश प्रदेशका आठ वटै जिल्ला आक्रान्त छन् । अस्पतालहरुमा डेंगुका विरामी भरिदै गएका छन् । उपचारकै क्रममा दुई जनाको मृत्यु भएको छ ।
२४ घण्टामा थप ४४ जनामा कोरोना सङ्क्रमण
पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार २२२ जनाको कोरोना परीक्षण गर्दा ४४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
राष्ट्रपति भण्डारी शिक्षण अस्पतालबाट डिस्चार्ज
राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि शनिबार शिक्षण अस्पताल भर्ना हुनुभएको राष्ट्रपति भण्डारी आज (मङ्गलबार) डिस्चार्ज हुुनुभएको हो ।
असोज महिनामा मात्रै २० हजारमा डेंगु पुष्टि, ३१ जनाको मृत्यु
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडि)को तथ्याङ्कमा असोज महिनामा मात्रै २० हजार ९६८ जनामा डेंगु पुष्टि भएको र ३१ जनाको मृत्यु भएको उल्लेख छ ।
राष्ट्रपति भण्डारीलाई शिक्षण अस्पतालबाट भोलि डिस्चार्ज गरिने
राष्ट्रपति विद्यादेवी भण्डारीलाई भोलि (मङ्गलबार) डिस्चार्ज गरिने भएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामबिक्रम अधिकारीले उपचाररत राष्ट्रपति भण्डारीलाई भोलि डिस्चार्ज गरिने जानकारी दिनुभएको हो ।
थप २७ जना कोरोना सङ्क्रमित, २६ सङ्क्रमण मुक्त
पछिल्लो २४ घण्टामा थप २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ५४६ जनाको कोरोना परीक्षण गर्दा २७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।