थप २२ जनामा कोरोना सङ्क्रमणा पुष्टि
छिल्लो २४ घण्टामा २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ७६१ जनाको कोरोना परीक्षण गर्दा २२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
आइसियु तोडफोड गर्नेलाई कारबाहीको माग
नेपाल चिकित्सक संघले चितवन मेडिकल कलेजको अति सघन कक्ष आइसीयू तोडफोड गर्नेलाई कारबाहीको माग गरेको छ । असोज १७ गते चितवन मेडिकल कलेजमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तले आइसीयूमा तोडफोड गरेका थिए ।
जाडोयाम सुरु भएसँगै अस्पतालमा डेंगुका बिरामी घटे
निरन्तरको वर्षापछिको चिसो र जाडो समय शुरु भएसँगै अस्पतालमा डेंगुका बिरामीहरु कम हुँदैगएका छन् । काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दशैं शुरु हुनुअघिको तुलनामा दशैं अवधिमा डेंगुका बिरामी कम हुँदैगएको देखिएको हो ।
२४ घण्टामा एक हजार १८ जनामा डेंगु पुष्टि
पछिल्लो २४ घण्टामा एक हजार १८ जनामा डेंगु पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडि)को तथ्याङ्क अनुसार २४ घण्टामा एक हजार १८ जना डेंगु सङ्क्रमित थपिनुका साथै एक जना सङ्क्रमितको मृत्यु भएको छ ।
११ जनामा कोरोना पुष्टि, ६८ जना सङ्क्रमणमुक्त
पछिल्लो २४ घण्टामा ११ जनाको कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य ताथा जनसंख्या मन्त्रालका अनुसार २४ घण्टामा ४९३ जनाको पीसीआर परीक्षण गर्दा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
झाडापखाला, हैंजा र डेंगुबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले झाडापखाला, हैजा र डेंगुबाट बच्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले अविरल भइरहेको वर्षाले झाडापखाला, हैजा र डेंगुको खतरा बढेको भन्दै यसबाट बच्न आग्रह गर्नुभएको हो ।
दक्षिण कोरियामा दिनमा ३४ हजार भन्दा बढी कोरोना सङ्क्रमित
दक्षिण कोरियामा अहिले पनि दिनमै ३४ हजार जना भन्दा बढी कोरोना भाइरसका सङ्क्रमित रहेका पाइएको छ ।यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबार मात्र यसअघिको २४ घन्टायता ३४ हजार सात सय ३९ जनामा कोरोनाको सङ्क्रमण भएको पाइएको छ ।
भाइरल ज्वरोले बालबालिका र बृद्धबृद्धा प्रभावित
मौसममा भइरहेको परिवर्तनका कारण अहिले बाँकेमा भाइरल ज्वरो, रुघाखोकी र निमोनियाका विरामीको संख्या बढ्दैगएको छ । असोज शुरुदेखि कहिले अत्यधिक गर्मी र कहिले सामान्य मौसम परिवर्तन हुँदा ज्वरो, रुघाखोकी र निमोनियाका बिरामीको संख्या बढेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
बोसोयुक्त मासु नखान चिकित्सकको सुझाव
सामान्य मासु दैनिक घरमा पाके पनि दशैंको समयमा घरमा सिङ्गै खसी काटेर लामो समयसम्म त्यही मासु खाने चलन बढ्दै गएको छ।
बासी र सडेगलेका खाना नखान स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चाडपर्वको बेलामा बासी,सडेगलेका र झिँगा भन्केका खानेकुरा नखान आग्रह गरेको छ । मन्त्रालय अन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना निकाल्दै चाडपर्वको बेलामा बासी, सडेगलेका र झिँगा भन्केका खानेकुरा नखान आग्रह गरेको हो ।
मुटु रोगको अवस्था गम्भीर, सचेत हुन स्वास्थ्यकर्मीको आग्रह
महोत्तरीका ग्रामीण भेगमा मुटु सम्बन्धी रोग समस्या बन्दै गएको छ । नेपाल हृदय रोग निवारण प्रतिष्ठान महोत्तरीले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा मुटु परीक्षण गराउने मध्ये ७५ प्रतिशतको मुटुमा समस्या देखिएको थियो ।
रेबिज उन्मूलन गर्ने लक्ष्यमा चुनौती
नेपालले आगामी सन् २०३० भित्र रेबिज उन्मूलन गर्ने लक्ष्य लिएको छ । रेबिजका बिरामी बर्सेनि बढ्दो क्रममा रहेकाले सरकारी लक्ष्यअनुसार रेबिज उन्मूलन गर्ने लक्ष्यमा भने चुनौती थपिएको छ ।
डेंगु, कोरोना र सिजनल–फ्लु पत्ता लगाउने यस्तो छ तरिका
प्रत्येक वर्ष बर्खायाम सुरु भएसँगै डेंगु, हैजा, स्क्रब टाइफस, चिकनगुनिया, फ्लु लगायत संक्रामक रोगहरु बढ्ने गर्छन् । हरेक वर्षजस्तै यो वर्ष पनि कोरोना, डेंगु, हैजा धेरैमा संक्रमित भइरहेको छ ।
ज्येष्ठ नागरिकको गुणस्तरीय जीवनयापनका लागि सहयोगको आग्रह
ज्येष्ठ नागरिकलाई स्वस्थ र सक्रिय जीवनयापनका लागि सहयोग गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
२४ घण्टामा थप ६३ जनामा कोरोना पुष्टि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ५३५ जनाको कोरोना परीक्षण गर्दा ६३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
मुटु रोगको जोखिम बढ्दै
जीवनशैलीमा आएको परिवर्तनसँगै मुटु रोगको जोखिम बढ्दै गएको छ । अस्वस्थकर जीवनशैलीका कारण कोलेस्टेरोल, उच्च
२५ प्रतिशत मानिसलाई मुटुरोगको समस्या
नेपालमा कुल जनसंख्याको २५ प्रतिशत मानिसलाई मुटुरोगको समस्या भएको अनुमान गरिएको छ।
डेंगु सङ्क्रमणबाट ३८ जनाको मृत्यु, २८ हजार बढीमा डेंगु पुष्टि
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडि) को तथ्याङ्क अनुसार एकै दिनमा दुई जना सङ्क्रमितको मृत्यु भएसँगै डेंगु सङ्क्रमण्बाट ३८ जनाको मृत्यु भएको छ ।
२४ घण्टामा थप ४५ जनामा कोरोना पुष्टि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ६८७ जनाको कोरोना परीक्षण गर्दा ४५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पाल्पामा निःशुल्क डेंगुको परीक्षण
पाल्पाको रिब्दीकोट गाउँपालिकाले डेंगु सङ्क्रमणको परीक्षण निःशुल्क सुरु गरेको हो ।
डेंगु फैलाउने लामखुट्टेको लार्भा र प्युपा नष्ट गर्ने कीटनाशक औषधि नेपालमा
डेंगु फैलाउन लामखुट्टेको लार्भा र प्युपा नष्ट गर्ने कीटनाशक औषधि नेपालमा भित्रिएको छ । भारतको अजय बायोटेकले निर्माण गरेको बायोडाट एम नामक किटनाषक औषधि सफल स्वास्थ्य सेवा प्रालिले नेपाल भित्र्याएको हो ।
जीवनशैलीमा ध्यान दिए मुटुरोगबाट बचिन्छ: डा. ओममूर्ति अनील
उच्च रक्तचाप,मधुमेह र उच्च कोलेस्टेरोलको बच्नुनै मुटुरोगबाट बच्ने उक्त उपाए हो । मुटुरोग विशेषज्ञ डा ओम मुर्ति अनिलले यदि कसैको बलड प्रेसर माथीको १४० माथी छ र तलको ९० तलको भन्दा बढी छ, ,सुगर खाली पेट १२५ भन्दा बढी र कोलेस्टेरोल नराम्रो १३० भन्दा माथी छ पहिचान गरि उपचार गर्न आवश्यक छ ।
२४ घण्टामा ३८ जनामा सङ्क्रमण, एकको मृत्यु
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ८१८ जनाको कोरोना परीक्षण गर्दा ३८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
युएनएफपीएद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण
सुदूरपश्चिम प्रदेशका बाढी पहिरो प्रभावितलाई संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए) ले प्रदेश तथा स्थानीय सरकारसँगको समन्वय र साझेदारीमा महिला तथा किशोरीको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी आवश्यक स्वास्थ्य सामग्री, ‘डिग्निटी किट’ र किशोरी किट वितरण गरेको छ ।