२१ हजार बढीमा डेंगु पुष्टि : २७ जनाको ज्यान गयो
करिब देशभरी आक्रमक रुपमा फैलिइरहेको डेंगूका विरामी आज (शुक्रबारसम्म २१ हजार पुगेका छन् । चिकित्सकहरुको भनाइअनुसार डेंगु झन कडा बन्दैगएको छ । पछिल्लो केही हप्तादेखि डेंगुका बिरामी गम्भीर लक्षण लिएर अस्पताल पुग्नेगरेको उहाँहरुको भनाइ छ ।
एक अस्पताल, एक विशिष्टीकृत सेवामा जोड
स्वास्थ्य सेवामा अग्रणी मानिएको यहाँका सरकारी र निजी स्वास्थ्य सेवा प्रदायक संस्था प्रमुखले गुणस्तरीय उपचारमा संयुक्तरुपमा काम गर्न सकिनेमा जोड दिएका छन् ।
स्वास्थ्यकर्मीद्वारा खर्कमै पुुगेर बालबालिकालाई खोप र उपचार
पशुुपालनका लागि आमासंग लगिएका बालबालिकालाई स्वास्थ्यकर्मीद्धारा खर्कमै पुुगेर खोप लगाउने कार्य गरिएको छ । नियमित रुपमा लगाउनुु पर्ने खोपबाट बालबालिका छुट्ने भएपछि स्वास्थ्यकर्मीहरु खर्कमै पुुगेर खोप लगाउने कार्य गर्नु भएको हो ।
स्वास्थ्य शिविरबाट चार सय जना लाभान्वित
पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका –६ को भण्डारामा सञ्चालित एक दिने निःशुल्क स्वास्थ्य शिविरमा चार सय जना लाभान्वित भएका छन् । विशेषगरी विपन्न, पिछडिएको, असक्त र असहायलाई लक्षित गरी एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको श्री नं २ वन तथा पर्यावरण सुरक्षा गणका प्रमुख सेनानी श्री दिपेन्द्र वोगटीले बताउनुभयो ।
२४ घण्टामा थप ६६ जनामा सङ्क्रमण पुष्टि
पछिल्लो २४ घण्टामा थप ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
नेपालमा हरेक वर्ष एचआइभी सङ्क्रमित पाँच सय बढीको मृत्यु
काठमाडौं, असोज ६ गते । नेपालमा वार्षिक पाँच सय १० जनाको मृत्यु एचआइभी सङ्क्रमणले हुने गरेको छ। राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र र स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको कार्यक्रममा यो तथ्य सार्वजनिक भएको हो। एचआइभी एड्स तथा यौन रोग सम्बन्धी लान्छाना तथा भेदभाव कम गर्ने उद्देश्यले कार्यक्रम आयोजना भएको हो ।राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रकी निर्देशक डा.सुधा देवकोटाका अनुसार नेपालमा १० हजार एचआइभी सङ्क्रमित उपचारको दायर बाहिर छन्। ३० हजार सङ्क्रमितमध्ये २० हजार मात्र उपचारको दायरमा रहेको डा. देवकोटाले जानकारी दिनुभयो। सरकारले एड्स २०३० सम्ममा अन्त्य गर्ने लक्ष्य लिएको छ। सरकारसँग १० हजार बिरामी उपचारको दायरा नआउँदा रोग नियन्त्रण थप चुनौती थपिएको उहाँले बताउनुभयो।समाजमा भेदभाव हुने डरले १० हजार बिरामी उपचारको दायरामा नआएको उहाँले बताउनुभयो। उहाँका अनुसार एचआइभी सङ्क्रमितको अनुमानित सङ्ख्या ३० हजारमा सबैभन्दा बढी पुरुष छन्। सङ्क्रमितमध्ये ५५ प्रतिशत अर्थात् १६ हजार चार सय पुरुष छन्। त्यसैगरी १३ हजार ६ सय अर्थात् ४५ प्रतिशत महिला छन्। १४ वर्ष मुनिका एचआइभी सङ्क्रमित बच्चाको सङ्ख्या १२ सय रहेको छ। यो कुल सङ्क्रमितको चार प्रतिशत हो। एचआइभी सङ्क्रमित गर्भवतीको सङ्ख्या दुई सय रहेको छ। २०२६ सम्ममा ९५ प्रतिशत सङ्क्रमितको पहिचान २०२६ सम्ममा अनुमानित एचआइभी सङ्क्रमितमध्ये ९५ प्रतिशतको पहिचान गर्ने सरकारको लक्ष्य छ। एचआइभी सङ्क्रमण पुष्टि भएका ९५ प्रतिशत व्यक्तिको उपचार गर्ने रणनीतिक योजना रहेको छ। एआरटी सेवा लिइरहेका एचआइभी सङ्क्रमितमध्ये ९५ प्रतिशतमा भाइरल लोड कम गर्ने र नयाँ एचआइभी सङ्क्रमणलाई ९० प्रतिशतले कम गर्ने योजना रहेको छ। त्यसैगरी, केन्द्रले आमाबाट बच्चामा एचआइभीको सङ्क्रमण उन्मुलन गर्ने। जन्मजात भिरिङ्गीको केस दर प्रति लाख जीवित जन्ममा ५० वा सो भन्दा कम गर्ने लक्ष्य लिएको छ। आमाबाट बच्चामा सर्ने एचआइभी रोकथाम सेवा ७७ वटै जिल्लाका रहेका बर्थिङ केन्द्र स्थापना गर्ने योजना छ। सरकारले ७७ जिल्लामा १८९ केन्द्रबाट परीक्षण गर्दै आएको छ।बजेटको ६५ प्रतिशत रकम औषधिमा खर्चसरकारले तीन वर्षदेखि केन्द्रलाई बजेट नबढाएकोमा डा. देवकोटाले गुनासो गर्नुभयो। आर्थिक वर्ष २०७९÷८० सालको बजेटमा केन्द्रलाई एचआइभी ५५ करोड बजेट विनियोजन गरेको थियो।जसमा ६५ प्रतिशत रकम औषधि र किट खरिद गर्दै सकिने डा.देवकोटाले जानकारी दिनुभयो। २० हजार बिरामीलाई खुवाउने औषधि र एड्स परीक्षण गर्ने किट खरिदमा प्रयोग गर्ने उहाँले बताउनुभयो। रोग नियन्त्रण गर्ने आवश्यक सामग्री किन्न दाताको भर पर्नुपरेको उहाँको भनाइ छ। डा.देवकोटाले भन्नुभयो, “रोग नियन्त्रण गर्न आवश्यक सामग्री खरिद गर्दा दाताको भर पर्नुपर्ने अवस्था छ। यसले सामग्री पाउन समय लाग्ने गरेको छ। यदि मन्त्रालयले नै सहजीकरण गरेमा चाहिने सामग्री किन्न समय लाग्ने थिएन।”कार्यक्रममा स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले सरकारले रोग नियन्त्रण गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो। उहाँले भन्नुभयो, “एचआइभी एड्सको नियन्त्रण गर्न लागि पर्नुहोस् मन्त्रालयको तर्फबाट पूर्ण सहयोग हुनेछ।”
मातृशिशु मृत्युदर घटाउन प्रशिक्षण
प्रसुती अवस्थामा उचित समयमा प्रेषण (रिफर) नगर्दा भएको मातृशिशु मृत्युदरमा कमी ल्याउन स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिइएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुको आयोजना तथा युएस एडको सहयोगमा १० पालिकाका जनप्रतिनिधी र स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिइएको हो ।
तराईमा भन्दा पहाडमा डेंगुको सङ्क्रमण बढी
पछिल्लो समय प्रदेश नं. एकमा डेङ्गुको सङ्क्रमण वढ्दो छ । स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार लामखुट्टेको टोकाइवाट हुने डेंगुका बिरामीको सङ्ख्या प्रदेश नं. १ मा दिन प्रतिदिन बढिरहेको छ ।
डेंगु रोग नियन्त्रणमा गम्भीर बन्न एमालेको आग्रह
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले महामारीको रुप लिँदैगरेको डेंगु रोग नियन्त्रणमा गम्भीर बन्न सरकार तथा मातहतका निकायलाई आग्रह गरेको छ । एमाले स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले विज्ञप्ति जारी गर्नुहुँदै सो आग्रह गर्नुभएको हो ।
११ बुँदे घोषणापत्र जारी गर्दै चिकित्सक सङ्घको सम्मेलन सम्पन्न
काठमाडौं,असोज ५ गते । नेपाल चिकित्सक सङ्घको दोस्रो राष्ट्रिय सम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।सङ्घका अध्यक्ष डा. लोचन कार्कीले महामारी रोकथामका बेलाका सिकाइ र अनुभवलाई विश्लेषण गरेर स्वास्थ्य प्रणालीलाई थप सक्रिय बनाउन नेपाल चिकित्सक सङ्घले विशेष पहल गर्नेलगायत ११ बुँदे घोषणापत्र जारी गरेको जानकारी दिनुभयो । उक्त घोषणापत्र स्वास्थ्य मन्त्रालयलाई बुझाउने डा. कार्कीले बताउनुभयो। घोषणापत्रले सरकारले स्वास्थ्य क्षेत्रको नीति बनाउँदा दस्ताबेजको काम गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।घोषणापत्रमा कोभिड महामारी र भविष्यमा आउन सक्ने यस्तै प्रकारका अन्य महामारीलाई रोकथाम तथा नियन्त्रण गर्नका लागि बहुपक्षीय सहकार्यको अवधारणालाई सबै तहमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न पहल गर्ने उल्लेख छ।त्यसैगरी तीनै तहका सरकारको समन्वय, सहकार्य र साझेदारीलाई सुदृढ र प्रभावकारी बनाउँदै संविधानप्रदत्त स्वास्थ्य अधिकारको सुनिश्चितता गर्न तीनै तहका सरकारको सहभागितामा राष्ट्रिय स्वास्थ्य सभाको आयोजना गर्ने घोषणापत्रमा उल्लेख छ। घोषणापत्रमा आपतकालीन अवस्थाको पूर्वतयारी, प्रतिकार्य र रोकथाम लगायत कार्यको लागि राष्ट्रिय रोग नियन्त्रण केन्द्र स्थापनाको पहल गर्ने, राष्ट्रिय स्वास्थ्य संस्था प्रत्ययन बोर्डको स्थापना गर्ने, औषधि व्यवस्था विभागको क्षमता र दायरा बढाउने, छुट्टै मानव संसाधन विभागको स्थापना गर्नेलगायत उल्लेख छ। मङ्गलबार र बुधबार दुई दिनसम्म चलेको सम्मेलनमा विभिन्न सात वटा विषयमा छलफल भएको छ।
ग्रामीण महिला आङ खस्ने समस्याबाट पीडित
महोत्तरीका ग्रामीण महिला यौन रोग तथा प्रजनन् स्वास्थ समस्याबाट लामो समयदेखि पीडित छन् । परीक्षणका क्रममा स्थानीय महिला पाठेघर मुखको क्यान्सर, आङ खस्ने, यौनजनित रोग तथा अनियमित महिनाबारीजस्ता समस्याबाट पीडित रहेको चिकित्सकको भनाइ छ ।
उपचारका लागि डा. केसी काठमाडौं प्रस्थान
स्वास्थ्य अवस्था जटिल बनेपछि धनगढीमा अनशनरत डा. गोविन्द केसी थप उपचारका लागि बुधबार काठमाडौं प्रस्थान गर्नुभएको छ । आफ्नै खर्चमा उहाँ काठमाडौं जान तयार हुनु भएपछि उहाँलाई आज बुधबार काठमाडौं लगिएको हो ।
कञ्चनरुपमा ६ जना डेङ्गु सङ्क्रमित
सप्तरीको खडक नगरपालिका– ८ मा डेङ्गु सङ्क्रमित एक जना ६५ वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको छ भने ६ जनामा संक्रमण देखिएको छ । सप्तरीको कञ्चनरूप नगरपालिकाका १० जनामा चेकजाँच गर्दा ६ जनामा डेङ्गु संक्रमण देखिएको स्वास्थ्य केन्द्रले जनाएको छ । भदौ २४ गते कञ्चनरूपको वडा नम्बर– ११ को ४५ वर्षीय पुरुष, वडा नम्बर ६ का २४ वर्षीय पुरुष र वडा नम्बर ८ का १७ वर्षीय बालकमा डेङ्गु देखिएको थियो ।
थप ८१ जनामा सङ्क्रमण, १७५ सङ्क्रमण मुक्त
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ४४७ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा ८१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
युरोपलाई कोभिडको नयाँ लहरका लागि तयार रहन आग्रह
युरोपियन मेडिसिन एजेन्सी (इएमए) ले युरोपमा कोभिड १९ को नयाँ लहर आउनसक्ने भन्दै त्यसका लागि तयार रहन आग्रह गरेको छ ।
डेंगुबाट बागमती प्रदेशमा एघार जनाको मृत्यु
बागमती प्रदेशमा डेंगु सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्याङ्क अनुसार उक्त सङ्क्रमणका कारण मकवानपुरसहित अन्य छ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो ।
भेरी अस्पतालमा ६० बिरामी डायलासिसको पालो पर्खँदै
पश्चिम नेपालमा सबैभन्दा बढी बिरामीको उपचार गर्दै आएको सरकारी अस्पताल भेरी अस्पतालमा डायलासिस मेसिनको अभावले ६० जना मिर्गौलाका बिरामीले डायलासिस गर्ने पालो पर्खिरहेका छन् ।
अठार सयको आँखा जाँच, दुई सय ५० जनाको शल्यक्रिया
राधा लुइटेलफिदिम, असोज ४ गते । पाँचथरको फिदिममा सञ्चालन भएको निःशुल्क आँखा शिविरमा दुई सय ५० जनाको अप्रेसन गरिएको छ। मोतियाबिन्दु र आँखामा ऐजेरु पलाएका यत्तिका बिरामीको आँखा अप्रेसन गरिएको हो।शिविरमा १ हजार ८ सय ६ जनालाई आँखा जाँच गरेर औषधि वितरण गरिएको छ। फिदिम नगरपालिकाको आर्थिक सहयोगमा जिल्लाको परोपकारी संस्था जनसेवा समाजको आयोजनामा असोज १ गतेदेखि आँखा शिविर सुरु गरेको थियो। शिविरमा मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक तथा नेपाली सेनाको रणशेर गणले स्वयंसेवी भूमिका निर्वाह गरेको आयोजक संस्थाका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिनुभयो।शल्यक्रिया गरिएका बिरामीका आँखाको पट्टी खोलेर अन्तिम परीक्षणसँगै असोज ५ गते बुधबार शिविरको औपचारिक समापन गरिने अधिकारीको भनाइ छ।
जनतालाई महामारीबाट जोगाउन सरकार गम्भीर छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई महामारीबाट जोगाउन सरकार गम्भीर रहेको बताउनुभएको छ ।
डा. केसीले काठमाडौं जान अस्वीकार गरेपछि फर्कियो ‘स्काइ ट्रक’
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै नौ दिनदेखि अनसनरत डा. गोविन्द केसीले काठमाडौं जान अस्वीकार गर्नु भएको छ।
२४ घण्टामा ७४ जनामा कोरोना पुष्टि
पछिल्लो २४ घण्टामा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
डेंगु सङ्क्रमितको सङ्ख्या १७ हजार पुग्यो, २४ घण्टामा एक जनाको मृत्यु
पछिल्लो केही महिनादेखि डेंगुको प्रकोप बढ्दै गएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार २४ घण्टामा एक हजार सात जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। जसमध्ये एक जनाको मृत्यु भएको छ।
नेपाल चिकित्सक सङ्घको दोस्रो राष्ट्रिय सम्मेलन आजबाट, प्रधानमन्त्रीले उद्घाटन गर्नुहुने
चिकित्सहरुको छाता संस्था नेपाल चिकित्सक सङ्घकोे दोस्रो राष्ट्रिय सम्मेलन (एनएमए नेसनल हेल्थ समिट २०२२) आज (मङ्गलवार)बाट सुरु भएको छ ।
बिरामी भाग्छन् अस्पतालबाटै
केही दिनअघि थापाथलीस्थित परोपकार, प्रसूति तथा स्त्रीरोग अस्पतालमा नियमित जाँचमा आउने गर्भवती महिलाको कार्डमा डाक्टरले लेखिदिए ‘म चिकित्सकको सल्लाहविपरीत घर जाँदैछु । केही भइपरि आएमा आफैँ जिम्मेवारी हुनेछु ।’ त्यसमा बिरामीलाई सही गर्न लगाइयो । ललितपुर टीकाथली बस्ने गर्भवती नियमित परीक्षणका लागि अस्पताल जाँदा उहाँको स्वास्थ्यमा जटिलता आएपछि चिकित्सकले तत्काल अस्पताल भर्ना हुनुपर्ने सुझाव दिएका थिए तर ती महिलाले आफू एक्लै आएको हुनाले अस्पताल भर्ना हुन नमानेपछि चिकित्सकले केही भइहाले बिरामी आफैँ जिम्मेवारी हुने गरी हस्ताक्षर गरी घर पठाइदिएका हुन् ।