७५ जिल्लाबाट नौ हजार ८३५ जनामा डेंगु पुष्टि
स्वास्थ्य तथा जनसङ्खया मन्त्रालयका अनुसार हालसम्म ७५ जिल्लाबाट नौ हजार ८३५ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ ।
२४ घण्टामा २०३ सङ्क्रमित, १२६ सङ्क्रमणमुक्त
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पाँच हजार ५९ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा २०३ जनामा कोरोना पुष्टि भएको हो ।
खोप अभियान जारी
पाँचदेखि ११ बर्षका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाउने अभियान जिल्लामा अहिले पनि जारी रहेको छ ।
डेङ्गु परीक्षण शुल्कबारे न समिति न नियुक्ति
डेङ्गु परीक्षण शुल्कमा एकरूपता गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णय अझै कार्यान्वयनमा आउन सकेको छैन। निर्णय कार्यान्वनयमा आएकोमात्र होइन, शुल्क निर्धारण गर्ने निकाय स्वास्थ्य मन्त्रालयका पदाधिकारीबीच समन्वय नहुँदा त्यो काम कसले गर्ने भन्ने पनि यकिन भएको छैन। मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले डेङ्गु परीक्षणमा लिइँदै आएको शुल्कमा एक साताभित्र एकरूपता ल्याउनका लागि समिति बनाइएको जानकारी दिनुभयो। एक साता बितिसक्दा पनि किन शुल्क निर्धारण गरी एकरूपता नभएको ? भन्ने प्रश्नमा उहाँले मन्त्रालयका गुणस्तर मापन तथा नियामक विभाग प्रमुख डा. मदन उपाध्यायको अध्यक्षतामा डेङ्गु परीक्षणका लागि शुल्क निर्धारण गर्ने समिति बनेको र उक्त समितिले डेङ्गु परीक्षण शुल्क एकरूपता गर्ने जानकारी दिनुभयो। “उपाध्यायको संयोजकत्वमा बनेको समितिले काम गर्दै होला,” प्रवक्ता ठाकुरले भन्नुभयो, “अध्ययनपछि उक्त समितिले शुल्कमा एकरूपता गर्नेछ।”
बैतडीमा डेङ्गु र स्क्रब टाइफसका सङ्क्रमित बढे
बैतडीमा डेङ्गु र स्क्रब टाइफसका सङ्क्रमित बढ्न थालेका छन् । यहाँ १३ जनामा डेङ्गु र ४१ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएपछि स्वास्थ्य कार्यालय बैतडीले डेङ्गुको लार्भा नष्ट गर्ने अभियान सुरु गरेको छ ।
२४ घण्टामा १७९ जनामा कोरोना पुष्टि, एकको मृत्यु
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चार हजा ९५९ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा १७९ जनामा कोरोना पुष्टि भएको हो ।
आठ हजारभन्दा बढीमा डेंगु पुष्टि, पाँच जनाको मृत्यु
पछिल्लो डेढ महिनामा पाँच जना डेंगु सङ्क्रमितको मृत्यु भएको छ। इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत कीटजन्य रोग प्रमुख डा. गोकर्ण दाहालले डेढ महिनामा डेंगु सङ्क्रमणका कारण पाँच जनाको मृत्यु भएको बताउनुभयो ।
कार्यालय आउँदा पूरा बाहुला भएको लुगा लगाउन आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सम्पूर्ण कर्मचारीहरुलाई कार्यालय आउँदा पूरा बाहुला भएको लुगा लगाउन आग्रह गरेको छ ।
जापानिज इन्सेफ्लाइटिसको महामारीसँगै चितवनमा उच्च सावधानी
महामारी फैलिएपछि पालिका तहमा जनचेतना जगाउन थालिएको छ । जोखिम बढ्न नदिन विशेषज्ञ सावधानी अपनाइएको छ ।
पाँच वर्षमुनिका बच्चामा कान पाक्ने समस्या बढी
टीकापुरका रमिला जोशीका दुई सन्तान छन् । उहाँका दुवै सन्तान साना हुँदा कान पाकेर हैरानी भयो । लामो उपचारपछि कान पाक्ने समस्या समाधान भयो ।
डायलायसिसमा पालो नपाउँदा समस्या
रुकुम भुमे गाउँपालिका–९ चुनवाङ निवासी ५५ वर्षीया तुलसी पुन तीन वर्षअघिदेखि मिर्गौलापीडित हुनुहुन्थ्यो ।
फेरि सिटामोल अभाव
काठमाडौँ उपत्यकामा सिटामोल अभाव भएको छ । उपत्यकासहित मुलुकभर डेङ्गुको सङ्क्रमण बढेसँगै बजारमा सिटामोल अभाव भएको हो । डेङ्गुविरुद्धको खास उपचार र औषधि नभएका र बिरामीले ज्वरो नियन्त्रणका लागि सिटामोल प्रयोग गर्नुपर्ने भएपछि सिटामोलको माग बढेको हो । डेङ्गुको सङ्क्रमणमा उच्च ज्वरो आउने भएकाले सिटामोल खान दिइन्छ ।
होमियोप्याथी चिकित्सा प्राथमिकतामा
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले नेपालमा होमियोप्याथी चिकित्सा विकासलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । इन्डो नेपाल होमियोप्याथी सम्मेलनकोे आइतबार उद्घाटन गर्दै स्वास्थ्यमन्त्री खापुङले पछिल्लो समय नसर्ने रोगको प्रकोप बढ्दै गएको बेला होमियोप्याथी उपचार पद्धति सस्तो देखिएकाले यसलाई विकास गर्नुपर्ने बताउनुभयो ।
डेङ्गु नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु रोग नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
२४ घण्टामा १०४ जनामा कोरोना संक्रमण : दुई जनाको मृत्यु
काठमाडौं, भदौ २६ गते। पछिल्लो २४ घण्टामा १०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ८९ र एन्टीजेन परीक्षणमा १५ गरेर आइतबार १०४ जनामा सङ्क्रमण पुष्टि भएको हो। यो अवधिमा दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा १५ सय ९२ जनाको पीसीआर र १९ सय ९५ जनाको एन्टीजेन गरेर कुल ३५ सय ८७ जनामा कोरोना परीक्षण गरिएको थियो। मन्त्रालयका अनुसार यो अवधिमा २०१ जना डिस्चार्ज भएका छन् भने आठ हजार ४१२ जनाले खोप लगाएका छन्। अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २३ सय १६ रहेको छ।
‘उचित परामर्शले आत्महत्या रोक्न सकिन्छ’
नेपालमा महिलाको तुलनामा पुरुषले बढी आत्महत्या गर्ने गरेको तथ्यांकले देखाएको छ ।
२४ घण्टामा १६३ कोरोना सङ्क्रमित थपिँदा, १३० सङ्क्रमण मुक्त
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ७४६ जनाको कोरोना परीक्षण गर्दा १६३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
भुस्याहा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण अभियान
गुल्मीमा भुस्याहा कुकुरहरुको आतङ्क बढेपछि कुकुरहरुलाई बन्ध्याकरण गर्ने अभियान सुरु गरिएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिकाबाट भुस्याहा कुकुरहरुको बन्ध्याकरण गर्ने अभियान सुरु गरिएको हो । गाउँपालिकाको दुई लाख बजेटबाट बन्ध्याकरण गर्ने अभियान थालिएको छ ।
निर्माण भएको ४ वर्षमा प्रसूति गृह सञ्चालन नहुँदा महिलालाई सास्ती
रङ्गपुर स्वास्थ्य चौकीमा निर्माण गरिएको प्रसुती गृह निर्माण सम्पन्न भएको झन्डै ४ वर्ष भइसक्दा पनि सञ्चालनमा आउन नसक्दा स्थानीय मर्कामा परेका छन् । रौतहटको गुजरा नगरपालिका वडा नम्बर २ को कटाँनी टोलमा रहेको प्रसुती गृह घर छेउमै बनेको भए पनि सञ्चालन हुन नसक्दा महिलाहरू सुत्केरी गराउन झन्झट व्यहोर्दै अन्यत्र जानुपर्ने बाध्यता छ ।
जुम्ला पूर्णखोप सुनिश्चित जिल्ला : मुख्यमन्त्री शाही
जुम्ला पूर्णखोप सुनिश्चित जिल्ला घोषणा भएको छ । जिल्लाका आठै पालिकाका सबै बालबालिकाले खोप प्राप्त गरेपछि बिहीबार पूर्णखोप सुनिश्चित जिल्ला घोषणा भएको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गर्नुभयो । मुख्यमन्त्री शाहीले जिल्ला पूर्णखोप सुनिश्चित जिल्ला घोषणा हुनु भनेको स्वास्थ्य स्थितिमा सुधार आएको सन्देश दिएको बताउनुभयो ।
मिर्गौला प्रत्यारोपणमा हुँदैछ स्वदेशकै भर
नेपालमा मानव अङ्ग प्रत्यारोपणको इतिहास धेरै लामो छैन । सन् २००८ मा वीर अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण भएपछि नियमित रूपमा अङ्ग प्रत्यारोपण हुन थालेको हो । वीर अस्पतालमा एक सय जनाको मिर्गौला प्रत्यारोपण भएपछि सरकारले मानव अङ्ग प्रत्यारोपण गर्ने उद्देश्यले भक्तपुरको दूधपाटीमा ‘मानव अङ्ग प्रत्यारोपण केन्द्र’ ( हाल ः शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र) को स्थापना ग-यो ।
औषधि उद्योग प्रवर्द्धनमा जोड
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले स्वदेशी औषधि उद्योगको प्रवर्द्धनका लागि नीति नियम परिवर्तन गर्न सकिने बताउनुभएको छ । नेपाकेयर फर्मास्युटिकल्सको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री केसीले स्वदेशी उद्योग प्रवद्र्धनका लागि सरकारले नीति परिवर्तन गर्न सक्ने बताउनुभएको हो । गुणस्तरीय औषधि सहज रूपमा उपलब्ध गराउनुपर्ने भन्दै उहाँले औषधि उद्योगलाई सङ्ख्यात्मकभन्दा गुणात्मक रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । नेपाकेयर फर्मास्युटिकल्सका अध्यक्ष मृगेन्द्रमेयर श्रेष्ठले हाल उद्योगले नौ प्रकारका औषधि बजारमा पठाउन थालेको जानकारी दिनुभयो । औषधि व्यवस्था विभागबाट मार्केट लाइसेन्स प्राप्त गरेपछि शुक्रबारदेखि औषधि बजारमा आएको उहाँले बताउनुभयो ।
२४ घण्टामा १५२ जनामा कोरोना पुष्टि, दुईको मृत्यु
पछिल्लो २४ घण्टामा थप १५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार २९४ जनाको कोरोना परीक्षण गर्दा १५२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
नेपालगन्ज डेंगु रोगको उच्च जोखिममा
पश्चिम नेपालको केन्द्रविन्दु मानिने नेपालगञ्ज उपमहानगरपालिका अहिले डेंगु रोगको उच्च जोखिममा छ । भारतसँग सीमा जोडिएको सो शहरमा डेंगुका रोगी भेटिनेक्रम बढ्दै गएपछि नेपालगञ्ज डेङ्गुको उच्च जोखिममा परेको हो ।