• ११ मंसिर २०८१, मङ्गलबार

दिल्लीमा कोभिड सङ्क्रमितको सङ्ख्या शून्य

blog

नयाँदिल्ली, माघ ३ गते । पछिल्लो २४ घण्टामा राष्ट्रिय राजधानीमा कोभिड–१९ का कुनै नयाँ बिरामी अभिलेख भएको छैन । सन् २०२० को मार्चमा महामारी सुरु भएदेखि यहाँ सङ्क्रमण शून्यमा झरेको पहिलो पटक हो ।

दिल्ली स्वास्थ्य विभागले जारी गरेको स्वास्थ्य बुलेटिनअनुसार कोभिड–१९ पोजेटिभ दर ०.०० प्रतिशत रहेको तथा बितेका २४ घण्टामा सङ्क्रमित नभेटिए पनि सहरमा सक्रिय बिरामी १० जना छन् । सोही अवधिमा नौ जना कोभिडका बिरामी स्वास्थ्य लाभ गरेर घर फर्केका तथा देशभर उक्त सङ्ख्या १९ लाख ८० हजार सात सय ८१ पुगेको छ । चार करोड छ लाख ५० हजार एक सय १९ जनाले परीक्षण गराएका छन् ।

देशभर जारी खोप अभियान प्रभावकारी रहेको जनाउँदै विभागले १५ जनालाई पहिलो डोज, ३२ जनालाई दोस्रो र १०३ जनालाई सावधानीको डोज लगाइएको छ । हालसम्म तीन करोड ७३ लाख ७० हजार छ सय ६३६ जनाले खोप लगाइसकेका छन् । नयाँ दिल्लीमा फैलिएका कोभिडका तीन लहरमध्ये सन् २०२१ को अप्रिल–मेको दोस्रो लहर सबैभन्दा घातक थियो । रासस/एएनआई