• १३ असोज २०८१, आइतबार

मृतकका आफन्तलाई धैर्य गरी सहयोग गरिदिन प्रतिष्ठानको आग्रह

blog

काठमाडौं, माघ २ गते । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले मृतकका परिवार आफन्तजन तथा शुभचिन्तकहरुले धैर्य धारण गरी सहयोग गरिदिन आग्रह गरेको छ ।

प्रतिष्ठानका निर्देशक प्रा.डा. भरतबहादुर खत्रीले सोमबार सूचना निकाल्दै शव व्यवस्थापन कार्य सुचारु भइरहेकाले उक्त कार्य सम्मन्न नभएसम्म मृतकका परिवार आफन्तजन तथा शुभचिन्तकहरुले धैर्य धारण गरी सहयोग गरिदिन अनुरोध गर्नुभएको हो । 

आइतबार काठमाडौंदेखि पोखरासम्मका लागि उडान भरेको यति एयरलायन्सको विमान दुर्घटनाग्रस्त हुँदा दुर्घटनामा परी ज्यान गुमाउनेमध्ये अस्पतालले ६८ जनाको शव प्राप्त गरेको छ । 

शव व्यवस्थापन तथा परीक्षण कार्यका लागि राष्ट्रिय शव परीक्षण समिति गठन भई उक्त समितिले पहिचान खुलेका र नखुलेका शवहरु छुट्टाछुट्टै गरी राखिएको प्रतिष्ठानले जनाएको छ ।

त्यस्तै, पहिचान खुलेका शवहरुको पुष्ट गर्न प्रत्यक शवको २ जनाको दरले पहिचान स्थलमा प्रवेश गर्न अनुमति प्रदान गरेको प्रतिष्ठाले सूचनामा उल्लेख गरेको छ ।

शव क्रम सङ्ख्या अनुसार पहिचान भएका शवहरुको परीक्षण गरिने र पुनः पुष्टि गरी परिवारलाई हस्तन्तरण गर्ने जनाएको छ । प्रतिष्ठानका अनुसार चालक दलका सदस्य, विदेशी नागरिक तथा पहिचान नखुलेका शव पहिचान परीक्षणका लागि काठमाडौं पाठाइने छ ।