• १३ असोज २०८१, आइतबार

विमान दुर्घटना

शव दिन ढिला गरेको भन्दै अस्पतालमा आफन्त आक्रोशित, तीन शवको पोस्टमार्टम

blog

रमेश पौडेल
पोखरा, माघ २ गते ।
यति एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव दिन ढिलाइ भएको भन्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृतकका आफन्त आक्रोशित भएका छन् ।

शव पहिचान भएको २४ घण्टा बितिसक्दा समेत शव बुझ्न नपाएको भन्दै मृतकका आफन्त आक्रोशित भएका हुन् ।

सोमबार दिउँसोबाट विमानमा दुर्घटना भएकाको पहिचानका लागि पोस्टमार्टमको काम सुरु भएको हो । यो समाचार तयार पार्दासम्म तीन वटा शवको पोस्टमार्टम भएको बताइएको छ ।

पोखरा र काठमाडौंका विज्ञ चिकित्सकसहितको टिमले पोस्टमार्टमको कार्य सुरु गरेकाे छ । अस्पतालले पहिचान भएका र पाेस्टमार्टम भएका शव आफन्तलाई दिएकाे छैन ।


यो पनि पढ्नुहोस