• १२ पुस २०८२, शनिबार

धौलागिरी क्षेत्रमा अथाह संभावना छ : अध्यक्ष ढकाल

blog

आठौँ औं बागलुङ महोत्सवको उद्घाटन गर्नुहुँदै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल । तस्बिर : नवराज नेपाली

नवराज नेपाली 
बागलुङ (गलकोट), पुस  १२ गते ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले धौलागिरी क्षेत्रमा अथाह संभावना रहेको हुँदा उत्दापनमा जोड दिनुपर्ने बताउनुभएको छ । आठौँ बागलुङ महोत्सवलाई सम्बोधन गर्दै ढकालले स्वदेशमा लगानी गर्न अपरिहार्य रहेको बताउनुभयो ।

बागलुङका लागि कालिगण्डकी कोरिडोर आर्थिक क्षेत्रको विकासमा कोसेढुङ्गा बन्न सक्ने बताउनुभयो । चिन र भारतलाई जोडेको यो सडकले यहाँ अवसर बोकेर आएको उहाँको भनाइ छ ।

अध्यक्ष ढकालले भन्नुभयो, “धौलागिरी क्षेत्रमा त झनु धेरै अवसर छन्, हिमालबाट पर्यटन व्यवसाय र नदीनालाबाट जलविद्युत निकाल्न सकिन्छ, हिमाल र नदिबाट ठुलो लाभ लिन सकिन्छ, यसलाई अवसरका रुपमा लिनु पर्छ ।”

अध्यक्ष ढकालले स्वदेशमै लगानी, रोजगारी र आत्मनिर्भरताको वातावरण तयार गर्नु अपरिहार्य रहेको भन्दै युवा शक्तिलाई यही परिचालन गर्नु पर्नेमा अध्यक्ष ढकालले जोड दिनुभयो । विदेशिने बाध्यता घटाउन स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले मेला महोत्सवले स्थानीय उत्पादन र पर्यटन प्रवर्धनमा महत्त्वपूर्ण टेवा पुर्याउने  बताउनुभयो । बागलुङ महोत्सवले वर्षौदेखि गण्डकी क्षेत्रको प्रवर्धन गर्दै आएको भन्दै अब नयाँ तरिकाले लाग्नुपर्ने उल्लेख गर्नुभयो ।