जनकपुरमा दुई सय शैय्याको क्यान्सर अस्पताल बन्ने
लक्ष्मी चौधरीजनकपुरधाम, बैशाख ३ गते । मधेस प्रदेशको राजधानी जनकपुरधाममा दुई सय शैय्याको क्यान्सर अस्पतालको शिलान्यास भएको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका २५ स्थित विनयतारा क्यान्सर ट्रस्टद्वारा सञ्चालित दुई सय शैय्या भएको विनयतारा फाउण्डेशन क्यान्सर सेन्टरको नयाँ भवनको शिलान्यास गरिएको हो ।कार्यक्रममा ट्रस्टका प्रमुख विनयकुमार साहले क्यान्सरका बिरामीहरु उपचारका लागि प्रदेशभन्दा बाहिर जानुपर्दा झन् समस्यामा पर्नेगरेको बताउनुभयो । प्रदेशमा नै क्यान्सर अस्पतालको निर्माण हुँदा बिरामीलाई राहत मिलोस् भन्ने उद्देश्यले यहाँ अस्पताल निर्माण गर्न लागेको बताउनुभयो । मान्छे रोगबाट पीडित भइरहेको हुन्छ त्यसमा पनि पायक पर्ने ठाउँभन्दा बाहिर गएर उपचार गराउनुपर्दा रोग निको भए पनि आर्थिक समस्याबाट जुध्नुपर्ने समस्या हुने चर्चा गर्नुभयो ।यसअघि अमेरिकास्थित विनयतारा ट्रष्टले जनकपुरधाम पुल्चोकमा ४ वर्षदेखि २५ शैय्याको क्यान्सर अस्पताल सञ्चालन गर्दैआएको छ । सो क्यान्सर अस्पतालमा नेपाल तथा भारतका बिरामीको चाप बढ्न थालेपछि दुईसय शैय्याको अस्पताल सञ्चालनमा ल्याउने योजना बनाएको ट्रष्टका प्रमुख साहले बताउनुभयो । यस्तै, विनयतारा क्यान्सर फाउण्डेसनका अध्यक्ष डा. वाइपी सिंहले अस्पताल निर्माणमा स्थानीयवासी तथा मनकारीहरुको साथ सहयोगबिना अस्पताल निर्माण हुन नसक्ने भएकाले सबैसँग सहयोगको अपेक्षा रहेको बताउनुभयो । अस्पतालमा अमेरिकन प्रविधिबाट उपचार गरिने भएपनि उपचार शुल्क भने न्यून राखिने ट्रष्टले जनाएको छ । सो क्यान्सर अस्पताल निर्माणका लागि ट्रस्टले साढे तीन बिघा जग्गा खरिद गरेको छ । स्थानीय विनोद ठाकुरले अस्पतालका लागि भनेर दान स्वरुप १० कठ्ठा जग्गा उपलब्ध गराउनु भएको छ । चार बिघा क्षेत्रफलमा निर्माण हुने अस्पतालका लागि डिजाइनरदेखि दक्ष प्राविधिक पनि अमेरिकाबाट ल्याइने जनाइएको छ । तीन वर्षमा अस्पताल पूर्णरुपमा सञ्चालनमा ल्याइने योजना रहेको बताइएको छ । अस्पताल निर्माणपछि नेपाल–भारतका ठूलो जनसङ्ख्या लाभान्वित हुने विश्वास सञ्चालनकहरुको छ ।
छ जना सङ्क्रमित थपिए, ४४ सङ्क्रमण मुक्त
काठमाडौं, वैशाख ३ गते । पछिल्लो २४ घण्टामा थप छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १९ सय ८६ जनामा एन्टिजेन परीक्षण गर्दा छ जनामा सङ्क्रमण पुष्टि भएको हो ।यसैगरी, दुई हजार ५७ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा सङ्क्रमण देखिएको छ । कुल चार हजार ४३ परीक्षण गर्दा नौ जना सङ्क्रमण पुष्टि भएको हो ।२४ घण्टामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या भने शून्यमा झरेको छ भने ४४ जना सङ्क्रमणमुक्त भएका छन् । त्यस्तै, हाल देशभर चार सय सक्रिय सङ्क्रमित छन् ।पछिल्लो २४ घण्टामा ३० हजार ८८९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
संस्कृतिविद् सत्यमोहन जोशी आईसीयूमा
काठमाडौं, वैशाख ३ गते। वैशाख १ गते अस्पताल भर्ना हुनुभएका संस्कृतिविद् सत्यमोहन जोशीलाई सास फेर्न थप अप्ठेरो महसुस भएपछि सघन उपचार कक्ष (आईसीयू)मा सारिएको छ।स्वासप्रश्वासमा समस्या देखिएपछि बिहीबार दिउँसो ४ बजे ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल अस्पताल भर्ना हुनुभएका जोशीलाई शनिबार आईसीयूमा सारिएको हो।मुटुको चालमा केही समस्या देखिएपछि आईसीयूमा सारिएको हो। उहाँको स्वास्थ्य अवस्था सामान्य छ। भोलिसम्म उहाँको स्वास्थ्य अवस्था सामान्य भएमा वार्डमा सारिने अस्पतालले जनाएको छ।किष्ट अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यका अनुसार जोशीको पिसाबमा संक्रमण र मुटुको चालमा गडबढी देखिएको हो। जोशीको स्वास्थ्यमा सन्तोषजनक सुधार भइरहेको निर्देशक बज्राचार्यले विज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ। १०३ वर्षीया जोशीको यसअघि २०७८ फागुनमा एक हप्ता किष्ट अस्पतालमै उपचार भएको थियो।
मुख कसरी सफा राख्ने ?
काठमाडौं, वैशाख ३ गते। मुखको सफाइलाई स्वास्थ्य जीवनका लागि महत्त्वपूर्ण मानिन्छ। शरीरका सम्पूर्ण अङ्ग प्रत्यअङ्गलाई स्वास्थ्य वा अस्वास्थ्य बनाउन मुखले प्रत्यक्ष भूमिका खेलेको हुन्छ। त्यसैले मुख सधै स्वास्थ्य राख्ने बानी बसाल्नुपर्छ। बिहान खाना खाइसकेपछि र बेलुका सुत्नुअघि नियमित रुपमा मुख सफा गरेमा करिब ९० प्रतिशत मुखका रोगबाट बच्न सकिने चिकित्सकको भनाइ छ। बिहान र बेलुका खाना खाएपछि फ्लोराइडयुक्त दन्त मन्जन प्रयोग गरेर दाँत माझ्ने, अन्य समयमा खानेकुरा खानासाथ मुख कुल्ला गर्ने, दाँतबीचको सतह डेन्टल फ्लसको प्रयोग गरी सफा गर्ने, बालबालिका २ वर्ष नपुग्दासम्म सफा कपास पानीले र २ वर्षको उमेरदेखि नरम ब्रसले दाँत सफा गरिदिनुपर्छ। दाँतको सुरक्षाका लागि गुलियो, धेरै तातो वा चिसो, अमिलो खाद्य पदार्थ नखाने गर्नुपर्छ। मदिरा, सुर्तीजन्य पदार्थ, पान, सुपारी सेवन नगर्नु नै दाँतको लागि राम्रो हुन्छ। रेसादार, ताजा फलफूल, हरियो सागपात, दूध, माछाजस्ता सन्तुलित खानाको प्रयोग गरेपछि मुख सफा गर्नुपर्छ। कम्तीमा हरेक ६ महिनामा दन्त परीक्षण गराउँदा मुख सफा हुने चिकित्सको भनाइ छ। दन्त स्वास्थ्यका बारेमा मानिसमा केही गलत धारणा रहेको पाइन्छ। सामान्यतः अन्य रोगको तुलनामा दाँतको रोग गम्भीर हुँदैन भन्ने धारणा पाइन्छ। जुन गलत हुने चिकित्सकको भनाइ छ। स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले दाँतको स्वास्थ्यका बारेमा केही गलत आमधारणाका बारेमा सार्वजनिक गरेको छ। दाँत निकाल्दा आँखा कमजोर हुन्छ, दाँत सफा गर्दा दाँत कमजोर हुन्छ, हल्लिन्छ वा फाटिन्छ, जुठो खाँदा दाँतमा किरा लाग्छ, नक्कली दाँत राखे कमजोर भइन्छ, उपचार गर्नुभन्दा निकाल्नु ठीक हुन्छ, दाँत नदुख्दासम्म उपचार गर्नुहुँदैन, कडा ब्रसले दाँत सफा गर्दा दाँत सफा, चम्किलो हुन्छ भन्नु गलत भएको मन्त्रालयले जनाएको छ। कतिपयले अन्य रोगको तुलनामा दाँतको रोग गम्भीर नहुने बुझाइ गलत भएको मन्त्रालयले जनाएको छ। दन्त चिकित्सालाई आधारभूत स्वास्थ्य सामग्री नमानी विलासिता र कस्मेटिक उपचार ठान्ने र १(२ वटा दाँत बिग्रदैमा केही नहुने मनोविज्ञान गलत भएको सूचनामा उल्लेख छ।
सत्यमोहन जोशी किष्ट अस्पतालको डिलक्स सुइटमाः मुटुको चालमा गडबढी
काठमाडौंं, वैशाख ३ गते । संस्कृतिविद् सत्यमोहन जोशीको मुटुको चालमा गढबढी देखिएको छ । बुधबार छातीमा असजिलो महसुस भएपछि किष्ट अस्पतालको इमर्जेन्सीमा भर्ना हुनुभएका जोशीलाई अहिले अस्पतालको डिलक्स सुइटमा भर्ना गरेर उपचार सुरु गरिएको हो ।किष्ट अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यका अनुसार जोशीको पिसाबमा संक्रमण र मुटुको चालमा गडबढी देखिएको छ । १०३ वर्ष वर्षीया जोशीको स्वास्थ्यमा सन्तोषजनक सुधार भएको निर्देशक बज्राचार्यले बताउनुभयाे । जोशीको यसअघि २०७८ फागुनमा एक हप्ता किष्ट अस्पतालमै उपचार भएको थियो ।
‘चुनाव आयो, भीडभाडमा जाँदा स्वास्थ्य मापदण्ड पालना गरौं’
काठमाडौं, वैशाख ३ गते । स्थानीय तहको निर्वाचन आउन अब एक महिना पनि बाँकी छैन । वैशख ३० गतेका लागि घोषणा भएको चुनावको सरगर्मी बढेको छ । चुनाव नजिकिँदै गर्दा चुनावी आमसभा र पार्टी प्रवेश कार्यक्रमहरु बढेका छन् । गाउँ टोलदेखि नै दलका नेता, कार्यकर्ताको दौडधुपका साथै सभा सम्मेलन बढ्दै गएका छन् । दुई वर्षदेखि कोरोना महामारीबाट तङ्ग्रिन लाग्दै गर्दा नेपाल तीन तहको निर्वाचनमा होमिएको छ । चुनावका बेला हुने भीडभाडले फेरि कोरोना सङ्क्रमण बढाउने त होइन भन्ने चिन्ता पनि सुरु भएको छ । छिमेकी राष्ट्र भारतमा पछिल्ला केही दिनदेखि कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । त्यस्तै, चीनमा पनि सङ्क्रमणदर बढेपछि केही शहरमा बन्दाबन्दी (लकडाउन) गर्नुपर्ने अवस्थाको सिर्जना भएको छ । चीन र भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्नुलाई विज्ञहरुले चौथौ लहर फैलिन सक्ने चेतावनी दिएका छन् । विश्व स्वास्थ्य सङ्गठनले कोरोना महामारी विश्वबाट हटेको घोषणा गरिसकेको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा औसत कोरोना भाइरसको सङ्क्रमणदर ०.४ प्रतिशतमा झरेको छ । नेपालमा सङ्क्रमणदर कम भएको तर शून्यमा नझरेको र विश्वका विभिन्न देशमा कोरोनाका नयाँ नयाँ भेरियन्ट देखिने क्रम जारी रहेकाले नेपालमा पनि सङ्क्रमणको जोखिम कायमै छ । त्यसैले सभा, भेला, सम्मेलमा जाँदा स्वास्थ्यका मापदण्ड अपनाउन सरकारले आग्रह गर्दै आएको छ । गाउँदेखि सहरसम्म हुने चुनावी कार्यक्रम, सभा सम्मेलनमा सहभागी हुँदा जनस्वास्थ्यका मापदण्ड पालन गर्न बिर्सन नहुने जनस्वास्थ्यविद्हरुको सुझाव छ । भारतमा सङ्क्रमण फैलिएको १५ दिनभित्र कोरोना नेपालमा पनि फैलने गरेको विगतले देखाउँछ । त्यसैले नेपालमा पनि पुन सङ्क्रमण बढ्न सक्ने चिकित्सक बताउँछन् । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले पनि कोरोनाको जोखिम घटी नसकेको बताउनु हुन्छ । डा. पुनले भन्नुभयो, “अहिले चीन र भारतमा फैलिएको सङ्क्रमण ओमिक्रोनको परिवर्तित स्वरुप भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । ओमिक्रोनको सङ्क्रमणदर बढी भएकाले नेपालमा पनि सङ्क्रमण फैलन सक्ने र उत्सर्गमा पुग्न सक्ने देखिन्छ ।” चीनमा र भारतलगायत विश्वका विभिन्न देशमा सङ्क्रमणको सङ्ख्या बढे पनि अस्पतालमा भर्ना भएका घटना न्यून सङ्ख्यामा छन् । त्यसैले कोरोना सङ्क्रमण नेपालमा बढ्न सक्ने सम्भावना भए पनि जटिलता कम हुने डा. पुनको विश्वास छ । नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या पनि धेरै नै छ । “नेपालमा सङ्क्रमण फैलिए पनि धेरैले खोप लगाइसकेकाले त्यति जटिल अवस्था नआउन सक्छ,” उहाँ भन्नुहुन्छ । तर खोप नलगाएका तर सङ्क्रमित भएका व्यक्तिहरु चुनावी अभियान र मतदानमा सहभागी भएमा उनीहरुबाट कोरोना सङ्क्रमण फैलने जोखिम बढी हुने चिकित्सक बताउँछन् । कोरोनाको सङ्क्रमण दर घटेको र खोप लगाइसकाले धेरैले हेलचेक्राइँ गर्ने गरेको चिकित्सक बताउँछन् । जनस्वास्थ्यका मापदण्ड पालना गर्दा गर्मी मौसममा हुने अन्य सरुवा रोगबाट पनि बच्न सकिने डा. पुन बताउनुहुन्छ । डा. पुन भन्नुहुन्छ, “कोरोना सङ्क्रमणका कुरा मात्रै नभएर ठूलो जमघटमा अन्य सङ्क्रमणजन्य रोगहरु सर्न सक्ने सम्भावना भएकाले अनिवार्यरुपमा मास्क प्रयोग र हातको सरसफाइतर्फ ध्यान दिनुपर्छ । चुनावमा कम्तीमा अनिवार्यरुपमा मास्क लगाए पनि कोरोना फैलिने सम्भावना कम हुन्छ ।” आयोगको तयारी निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल सभा, गोष्ठी, जुलुस गर्दा कोभिड १९ विरुद्धको स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिइसकेको बताउनुहुन्छ । दलहरुले आयोजना गर्ने आमसभा, बैठक, र्याली, कोणसभामा स्वास्थ्य मापदण्ड पालन गर्न गराउन आचारसंहितामा स्पष्ट रुपमा उल्लेख गरेको उहाँले जानकारी दिनुभयो । साथै अर्यालका अनुसार, आयोगले स्थानीय तहका सबै चुनाव केन्द्रमा चुनाव गराउँदा जनस्वास्थ्यका मापदण्ड पालना गराउने र विभिन्न ठाउँमा सङ्क्रमण फैलन नदिन स्वास्थ्य मापदण्ड पालन गर्ने सम्बन्धी प्रचारप्रसार सामग्री राख्न निर्देशन दिइसकेको छ । मतादान केन्द्रको हकमा निश्चित व्यक्तिलाई मात्र पास दिने व्यवस्था गर्न निर्देशन दिएको पनि उहाँले जानकारी दिनुभयो । मतदातालाई बढी भीडभाड नहोस् भनेर दुईवटा लाममा दूरी कायम गराउने र फराकिलो ठाउँमा मतदान केन्द्र बनाउने तयारी गरेको पनि निर्वाचन आयोगले जनाएको छ । आयोगले प्रत्येक निर्वाचन केन्द्रमा मास्क र सेनिटाइजरका साथै साबुनपानीको व्यवस्था गर्न निर्देशन दिएको छ भने स्वास्थ्य मादपण्ड अपनाउन आवश्यक साम्रगी केन्द्रबाट पठाउने तयारी आयोगले गरेको छ । खोप कार्ड अनिवार्य छ ?निर्वाचनमा मतदान गर्न मतदातालाई खोप कार्ड अनिवार्य गर्ने विषयमा अहिलेसम्म कुनै निर्णय भइनसकेको निर्वाचन आयोगको भनाइ छ । आयोगको सहायक प्रवक्ता अर्यालले खोप कार्ड अनिवार्य गर्दा मतदान झन् झन्झटिलो हुनसक्ने बताउनुभयो । “खोप कार्ड अनिवार्य गरेको छैन । मतदातालाई खोपकार्ड अनिवार्य गर्दा त्यो झन्झटिलोे हुन्छ । सरकारले सबै नागरिकले खोप लगाएको सुनिश्चितता दिएपछि खोप कार्डभन्दा विश्वसनीय हुन्छ”,उहाँले भन्नुभयो ।खोप नलगाउने मतदान गर्न पाउँछन् ?आयोगले सरकारलाई बैशाख १० भित्र सबै नागरिकलाई खोप लगाइसक्न निर्देशन दिएको थियो । तर चैत महिनासम्म १८ वर्ष माथिका ६ प्रतिशतले कोरोनाविरुद्धको खोपको एक मात्रा पनि लगाएका छैनन् । सरकारले खोपको कमी नभएको बताए पनि नागरिकले नै खोप लगाउन नचाहेका जनाएको छ । खोप नलगाएकाले मतदान गर्न पाउँदैनन् कि भन्ने जिज्ञासा धेरैमा छ । आयोगका सहायक प्रवक्ता अर्यालले खोप नलगाएको व्यक्तिलाई मताधिकारबाट बञ्चित गर्न नमिल्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘राज्यले खोप उपलब्ध गराउने हो, खोप लगाउने/नलगाउने अधिकार जनताको हो । उहाँलाई बाध्यकारी बनाउन मिल्दैन । राज्यले खोप दिँदादिँदै खोप लगाउन चाहनुहुन्न भने उहाँहरुको इच्छा हो । भोट हाल्न पाउने उहाँहरुको अधिकार हो । त्यसैले आयोगले भोट नहाल्न भन्न मिल्दैन ।’’
सत्यमोहन जोशी अस्पताल भर्ना
काठमाडौं, वैशाख २ गते। संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना हुनुभएको छ। स्वासप्रश्वासमा समस्या देखिएपछि उहाँ बिहीबार दिउँसो ४ बजे ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल अस्पताल भर्ना हुनुभएको पारिवारिक स्रोतले जानकारी दिएको छ। छोरी कादेवी जोशीका अनुसार सास फेर्न अप्ठेरो महसुस भएपछि उहाँलाई बिहीबार दिउँसो अस्पताल भर्ना गरिएको हो। ‘अहिले स्वास्थ्य अवस्था सामान्य छ। पिसाबमा इन्फेक्सन भएको चिकित्सकले बताउनुभएको छ’, चिकित्सकको भनाइ उद्धृत गर्दै छोरी कादेवीले भन्नुभयो। १०२ वर्षीय जोशीलाई यसअघि माघमा सास फेर्न समस्या भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएकाे थियाे ।
थप १४ जनामा सङ्क्रमण पुष्टि, ५५ सङ्क्रमण मुक्त
काठमाडौं, वैशाख २ गते । पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ३० जनामा एन्टीजेन परीक्षण गर्दा १४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।यसैगरी, ८७३ जनाको एन्टीजेन परीक्षण गर्दा कसैमा पनि सङ्क्रमण नदेखिएको मन्त्रालयले जनाएको छ । कुल ३९ सय तीन परीक्षण गर्दा १४ जना सङ्क्रमण पुष्टि भएको हो । २४ घण्टामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या भने शून्यमा झरेको छ । मन्त्रालयका अनुसार २४ घण्टामा ५५ जना कोरोना मुक्त भएका छन् भने हाल देशभर ४३८ जना सक्रिय सङ्क्रमित रहेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा ७८ सय ९४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
विसं २०७८ : खोप उपलब्धतामा उत्साहजनक प्रगति
काठमाडौं, वैशाख २ गते । खोप र भौतिक पूर्वाधारका दृष्टिकोणले २०७८ साल उत्साहजनक रह्यो । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि खोप उपलब्धतामा नेपालले उत्साहजनक प्रगति हासिल गरेको हो । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका बीचमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप र सङ्क्रमण न्यूनीकरणका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणमा उल्लेखनीय प्रगति गरेको देखिन्छ । विसं २०७८ मा नै कोरोना भाइरस सङ्क्रमणको दोस्रो र तेस्रो लहर व्यहोर्नुपर्यो । कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरको रोकथाम र नियन्त्रणका लागि चुनौती थपिए पनि स्वास्थ्यकर्मीको अथक प्रयासले ठूलो क्षति हुन पाएन । दोस्रो लहरका बेला बनेका स्वास्थ्य संरचना र स्वास्थ्यकर्मीको सहयोगले तेस्रो लहरलाई सजिलै पराजित गर्न सफल भएको बताइएको छ । स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले २०७८ साल मन्त्रालयका लागि चुनौती र अवसरको वर्षका रुपमा रहेको बताउनुभयो । “महामारीको दोस्रो र तेस्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि हामीले ठूलो चुनौतीको सामना गर्नुपरेको थियो”, उहाँले भन्नुभयो, “तर हामीले हाम्रा स्वास्थ्यकर्मीको अथक प्रयासले दुवै लहरलाई नियन्त्रणमा लियौँ ।” उहाँले कोभिड–१९ को खोप प्रायः सबै नागरिकलाई लगायौँ र स्वास्थ्य क्षेत्रको भौतिक पूर्वाधारको विकासमा उल्लेखनीय प्रगति भएको बताउनुभयो । विसं २०७८ वैशाख १ गते कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप १८ लाख ७३ हजार ३७७ मात्रा लगाएको थियो भने २०७९ वैशाख १ गते चार करोड पाँच लाख १६ हजार २७९ मात्रा खोप लगाइएको मन्त्रालयले जनाएको छ । विसं २०७८ मा मात्र तीन करोड ८६ लाख ४२ हजार ९०२ मात्रा खोप लगाइएको छ भने २०७८ सालमा पाँच करोड एक लाख ३३ हजार ५७० मात्रा खोप प्राप्त भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, विसं २०७७ माघ १२ गतेदेखि नेपालमा कोरोना भाइरस सङ्क्रमण विरुद्धको खोप लगाउन थालिएको हो । अहिलेसम्म नेपालमा पाँच करोड ३३ लाख ८१ हजार ५७० मात्रा खोप आएको छ । नेपालमा कोभ्याक्स सुविधा, अनुदान र खरिद गरी खोप ल्याइएको छ । नेपालमा १२ वर्षदेखि माथिका सबैलाई खोप अभियान सञ्चालन गरिएको छ । अहिलेसम्म लक्षित जनसङ्ख्या (१८ वर्षभन्दामाथि) को ९४ प्रतिशतले पहिलो मात्रा र ८३.१ प्रतिशतले पूर्ण मात्रा खोप तथा कूल जनसङ्ख्याको ७५.९ प्रतिशतले पहिलो मात्रा र ६६.३ प्रतिशतले पूर्ण मात्राको खोप लगाएको छ । वैशाख महिनाभित्र लक्षित सबै नागरिकलाई खोप लगाइ सक्ने मन्त्रालयले जनाएको छ । यस्तै, १२ वर्षदेखि १७ वर्ष उमेर समूहका ९२ प्रतिशतले पहिलो मात्रा र ७५ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले २०७८ साल स्वास्थ्य क्षेत्रमा देखिएको चुनौतीलाई अवसरमा बदल्ने काम भएको बताउनुभयो । उहाँले २०७८ जस्तो भौतिक प्रगति कहिल्यै नै नभएको बताउनुभयो । “महामारीले स्वास्थ्य क्षेत्रको विकासमा ठूलो परिवर्तन ल्यायो”, उहाँले भन्नुभयो, “आधारभूत अस्पताल निर्माणदेखि श्यया, अक्सिजन प्लाट निर्माण गर्ने अवसर प्राप्त भयो ।”कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि सरकारले नै स्थानीय तहमा पाँच, १० र १५ श्ययाका अस्पताल निर्माणको सुरुआत गरिएको छ । मन्त्रालयले अस्पताल नभएका स्थानीय तहमा निर्माण सुरु गरेको हो । विसं २०७८ मा २५९ अस्पतालको निर्माण सुरु भएको छ । तीमध्ये ६६ वटा अस्पताल निर्माणका लागि बजेटसमेत निकास भइसकेको सहप्रवक्ता डा अधिकारीको भनाइ छ । यस्तै १६० अस्पताल प्रक्रियामा आएको, विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० प्रक्रियामा रहेका १२२, डिपिआर तयार भएको ९० अस्पताल छन् । विसं २०७७ मा निर्माण सुरु गरिएका ३९६ अस्पतालमध्ये ३०० को सम्झौता भई निर्माण सुरु भएको छ । तीमध्ये २७८ अस्पतालको रकमसमेत निकासा गरिएको बताइएको छ । कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका बीचमा मन्त्रालयले आइसोलेसन, साधारण श्यया, सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटरको क्षमता विस्तार गरेको छ । सहप्रवक्ता डा अधिकारीले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नै तीन हजार २३४ हाई डिपेडेन्सी युनिट (एचडियु) बनाइएको जानकारी दिनुभयो । यसअघि एचडियु कक्ष निर्माण गरिएको थिएन । विसं २०७८ मा आइसियु ५२२ श्यया, भेन्टिलेटर १२२ र आइसोलेशन एक हजार ६६१ थपिएका छन् । सबैभन्दा बढी संरचना दोस्रो लहरपछि नै थपिएको उहाँको भनाइ छ । विसं २०७७ भदौमा ५२४ आइसियु श्यया रहेकामा अहिले दुई हजार ९४४ श्यया पुगेको छ । यस्तै २२२ भेन्टिलेटरबाट एक हजार ३६ र एचडियु तीन हजार २३४ पुगेको छ । यसैगरी मुलुकमा १०७ अस्पतलामा अक्सिजन प्लान्ट निर्माण र २५ मा अक्सिजन टङ्याक, ६९३ अक्सिजन कन्सन्ट्रेटर र १३ हजार ९३९ अक्सिजन सिलिण्डर रहेको मन्त्रालयले जनाएको छ । विसं २०७८ लाई फर्केर हेर्दा स्वास्थ्य क्षेत्रमा अहिलेसम्म नभएको भौतिक प्रगति सो वर्ष भएको पाइएको छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि सरकारले स्वास्थ्य पूर्वाधारमा ठूलो लगानी गरेको छ ।
मोरङमा १५ देखि १५ वर्ष उमेरका बालबालिलाई टाइफाइडविरुद्ध खोप लगाइने
हरि कोइराला उर्लाबारी, वैशाख २ गते । मोरङको पथरीशनिश्चरे नगरपालिकामा १५ देखि १५ वर्ष उमेर समूहका बालबालिलाई टाइफाइडविरुद्ध खोप लगाइने भएको छ । यही वैशाख ११ देखि १८ गतेसम्म टाइफाइडविरुद्धको खोप लगाइने कार्यक्रम तय भएको नगर खोप समन्वय समितिले जनाएको छ । नगर खोप समन्वय समितिको बैठकले ५६ वटा खोप केन्द्र तय गरी टाइफाइडविरुद्धको खोप लगाउने निर्णय गरेको छ । एलर्जी, एचआइभी–एड्स, ज्वरोका विरामी र कोरोनासहितका अन्य खोप नलगाएका १४ महिना मुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन नमिल्ने स्वास्थ्य प्राविधिकले जनाएको छ ।
के हाे छालाकाे एलर्जी ?
काठमाडौं, वैशाख २ गते । हामी सबैले सुन्दै आएको शब्द हो, एलर्जी । सामान्यतः छालामा आउने समस्यालाई हामीले एलर्जीका रुपमा बुझ्छौं । यो जुनसुकै उमेरसमूहका मानिसलाई पनि हुने गर्छ । अध्ययनका अनुसार जीवनमा एक पटक जो कोही व्यक्तिलाई पनि एलर्जी हुने हुन्छ । सामान्य रुपमा लिइने एलर्जीलाई हेलचेक्राई गरियो भने ज्यान पनि लिन सक्ने चिकित्सक बताउँछन् । एलर्जी विभिन्न कारणले हुने चिकित्सक बताउँछन् । मानिसको छाला अनुसार एलर्जी पनि फरक फरक हुने चिकित्सक बताउँछन् । वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डा सन्जुबाबु श्रेष्ठका अनुसार खाना, धुलो, फुलको कण, बनस्पतिको पात र किराको टोकाईलगायतबाट एलर्जी हुन्छ । एलर्जी शरीरको जुनसुकै भागमा हुने भएपनि खुला भागमा बढी एलर्जी देखिने डा श्रेष्ठ बताउनुहुन्छ । छालाको एलर्जी के हो ? “कुनै पनि चिजको सम्पर्कमा आउनेबित्तिकै शरीरमा उल्टो असर देखिने अवस्था नै एलर्जी हो,” उहाँ भन्नुहुन्छ, “एलर्जी तब हुने गर्छ, जब शरीरले कुनै कुराप्रति तत्काल प्रतिक्रिया जनाउँछ । शरीरमा एलर्जी पैदा गर्ने पद्धार्थलाई एलर्जन भन्ने गरिन्छ, जुन शरीरभन्दा बाहिरका बस्तुबाट बन्छ ।” एलर्जी हुनुको मुख्य कारण चिकित्सकका अनुसार विभिन्न किसिमको धातु, वनस्पति, दूध वा रसायनका कारण पनि मानिसलाई एलर्जी हुने गर्दछ । किन हुन्छ एलर्जी ? चिकित्सकका अनुसार छालामा एलर्जी भयो भने चिलाएर डाबर आउने, नाकमा भयो भने हाछ्यूँ आउने, श्वास नलीमा भए खोकी र दम हुने, छालामा भए चिलाएर डाबर आउने र आँखामा एलर्जी भए आँसु आउने हुन्छ । कहिलेकाँही खानेकुरा, कीराको टोकाइ, कुनै धातुको प्रयोगले एलर्जी हुने गर्दछ । छालाको एलर्जी रगतको जाँच गरे पनि पत्ता लगाउन सकिन्छ । कुनै बेला एलर्जीक टेस्ट गरे पनि के कारणले गर्दा एलर्जी भएको भन्ने पहिचान हुने चिकित्सक श्रेष्ठ बताउनुहुन्छ । उपचार सुरुमा एलर्जी हुनुको कारण पत्ता लगाउनुपर्छ । त्यसपछि मात्रै एलर्जीको उपचारमा सहज हुने चिकित्सक बताउँछन् ।
२४ घण्टामा तीन सङ्क्रमित थपिए, ४४ सङ्क्रमण मुक्त
काठमाडौं, वैशाख १ गते । पछिल्लो २४ घण्टामा थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २२ सय ६२ जनामा एन्टीजेन परीक्षण गर्दा तीन जनामा सङ्क्रमण पुष्टि भएको हो ।यसैगरी, एक हजार आठ जनाको एन्टीजेन परीक्षण गर्दा एक जनामा सङ्क्रमण देखिएको छ । कुल ३३ सय ४२ परीक्षणमा चार जना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । २४ घण्टामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या भने शून्यमा झरेको छ । मन्त्रालयका अनुसार २४ घण्टामा ४४ जनाले कोरोना जितेका छन् ।यसैगरी, हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४७९ रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ६१ हजार २७८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
नयाँ वर्षको खाना: मिठा परिकार खाँदा होश गर्न चिकित्सकको सुझाव
सिर्जना खत्री काठमाडौं, वैशाख १ गते । आजबाट हामीले नयाँ वर्षलाई स्वागत गरेका छौँ। २०७९ सालको स्वागतका लागि नेपाली पर्वकै रुपमा हामी मनाउँदैछाैँ । नयाँ वर्षसँगै आउने नयाँ उमङ्ग र उल्लासको अवसरमा नयाँ योजनाका साथै नयाँ कामहरुको थालनी गर्ने दिनका रुपमा लिइन्छ । वर्षभरि रमाइलो होस् भन्ने कामनाका साथ पछिल्लो समय नयाँ वर्षलार्ई धूमधाममा साथ मनाउने प्रचलन नेपालीहरुका बीचमा बढ्दै गएको छ । नयाँ वर्षलाई मित्रता एकता तथा सद्भावको पर्वका रुपमा पनि लिइन्छ । यो दिन आफन्तहरु भेला भएर विभिन्न मिठा परिकार पकाएर खाने गरिन्छ । त्यस्तैगरी, नयाँ वर्षमा परिवार–परिवार मिलेर घुम्न जाने, पिक्निक जाने प्रचलन बढ्दै गइरहेको छ । घरबाट बाहिर गएको बेलामा घरमा बनाएर खाना लैजानुभन्दा पनि बजारमा पाइने विभिन्न परिकारका खाद्यान्नको उपभोग बढी हुने गर्छ । बच्चाहरुलाई भुलाउन आइसक्रिम, केक, पाउरोटीजस्ता खानेकुरा दिइन्छ । बेकरी आइटमहरु केक, पाउरोटी, आइसक्रिमका साथै फास्टफुड र चिल्लोमा तारेर बनाइने मिठाइ, समोसा, पुरीलगायतका खानेकुरा खाने प्रचलन नेपाली समाजमा झन् बढ्दै गएको छ । यस्ता खानेकुरा खाँदा स्वास्थ्यमा समस्या आई वर्षभर नै अस्पताल धाउनुपर्ने अवस्था आउन सक्ने चिकित्सक बताउँछन् । नेपालमा प्रयोग हुने हानिकारक तेलजन्य परिकारका कारण कम उमेरमा नै हृदयाघात, मतिष्कघात, उच्च रक्तचाप, मघुमेह, मोटोपन र अन्य धेरै रोगको समस्या देखिनुका साथै अकालमै मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ । बजारमा उपलब्ध कतिपय तेलकै कारण अस्पतालमा मुटु र मिर्गौलाका समस्या लिएर आउने बढेको चिकित्सकको अनुभव छ । यसको प्रमुख कारण मानिसहरुले दैनिक उपभोग गरिने हानिकारक चिल्लोयुक्त खाना र यसको अधिक प्रयोगका साथै शारीरिक व्यायामको कमीले हो । चिल्लोयुक्त खानामा अत्यधिक मात्रामा ट्रान्सफ्याट हुनेहुँदा यस्ता खानेकुरा नखान सुझाव दिनुहुन्छ, वरिष्ठ कार्डियोभास्कुलर सर्जन डा. प्रेम राज वैद्य । प्राकृतिक स्रोतबाट प्राप्त हुने ट्रान्सफ्याटको अनुपातमा निकै कम हुन्छ । रातो मासुमा ५ देखि १० प्रतिशतसम्म ट्रान्सफ्याट हुन्छ । दूध, दही, घिउमा एक–दुई प्रतिशत मात्र ट्रान्सफ्याट हुन्छ, जसलाई खानु सुरक्षित मानिन्छ । डा. वैद्यका अनुसार, यस्ता खानेकुराले मानिसको शरीरमा कोलेस्ट्रोलको सन्तुलनमा गडबडी ल्याउँछ । “यस्ता खानाले स्वास्थ्यमा फाइदा गर्ने एचडिएल कोलेस्ट्रोल घटाउँछ र खराब गर्ने एलडिएच कोलेस्ट्रोल बढाउँछ,” उहाँले भन्नुभयो । कोलेस्ट्रोल जमेर धमनीमा अवरोध भएर हृदयाघात हुने वैद्य बताउनुहुन्छ । उहाँले भन्नुभयो, “धमनीको अवरोध भएपछि रक्तचाप पनि बढ्छ, जसका कारण स्ट्रोक मतिस्क घात र हृदयाघात पनि हुन सक्छ ।” विश्व स्वास्थ्य सङ्गठनको र विश्वव्यापी मान्यता अनुसार ट्रान्सफ्याट हुँदै नभएको वा दुई प्रतिशत भन्दा कम भएको खानेकुरा हानिकारक हुँदैन ।ट्रान्सफ्याट मिसिएका खाना खाँदा मानिसको मुटु, रक्तनली, मिर्गौला र मस्तिष्कमा गम्भीर असर पु¥याउने र यसले मानिसको मुत्युदर पनि बढाउन थालेको अनुसन्धानमा पनि पत्ता लागेको छ । त्यसैगरी, विश्वभर नै ट्रान्सफ्याट भएका खाद्यान्नलाई प्रतिबन्ध लगाउने अभियान शुरु गरिएको छ । नेपालमा प्रयोग हुने हानिकारक तेलजन्य परिकारका कारण कम उमेरमा नै हृदयाघात, मतिष्कघात, उच्च रक्तचाप, मघुमेह, मोटोपन र अन्य धेरै रोगको समस्या देखिनुका साथै अकालमै मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ । नयाँ अध्ययन अनुसार, ट्रान्सफ्याटयुक्त खानाको प्रयोगका कारण विश्वमा पाँच लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ । विश्व बजारमा उपलब्ध गराइने खाद्यवस्तुलाई कारखानामा उत्पादन गरिएको ट्रान्सफ्याक्टमुक्त बनाई त्यसमा स्वस्थकर तेल उपलब्ध गराउन सकिएमा प्रतिवर्ष पाँच लाख मानिसको जीवन बचाउन सकिने तथ्य अध्ययनले देखाएको छ ।त्यसैले, सन् २०२३ सम्ममा औद्योगिक ट्रान्सफ्याटको मात्रा दुई प्रतिशतमा झार्ने लक्ष्य विश्व स्वास्थ्य संगठनको छ । अहिले विश्वका ४० मुलुकले ट्रान्सफ्याट दुई प्रतिशतमा झारिसकेका छन् । ट्रान्सफ्याट भनेको के हो ?चिकित्सकका अनुसार ट्रान्सफ्याटलाई हानिकारक चिल्लोको रुपमा लिइन्छ । यसलाई ट्रान्सफ्याट्टी एसिड पनि भन्ने गरिन्छ । मुख्यतः खानामा दुई किसिमको ट्रान्सफ्याट पाइन्छ । प्राकृतिक ट्रान्सफ्याट जनावरको रातो मासु, दूध, घिउ आदिमा पाइन्छ । जनावरबाट उत्पादन हुने ट्रान्सफ्याट धेरै मात्रामा हुने भएकाले ठिक्क मात्रामा प्रयोग गर्दा खासै हानि नगर्ने चिकित्सक वैद्य बताउनुहुन्छ । कृत्रिम ट्रान्सफ्याट भने वनस्पति तेलमा हाइड्रोजनको मिश्रणबाट कारखानामा बनाइन्छ । यसको थोरै प्रयोगले पनि मानिसको शरीरमा हानि पु¥याउँछ । उहाँका अनुसार यस्तो ट्रान्सफ्याट सामान्य कोठाको तापक्रममा पनि जम्ने गर्दछ । चिकित्सकका अनुसार वनस्पती घिउमा ३५ देखि ६५ प्रतिशतसम्म ट्रान्सफ्याट भएको पाइन्छ । यसको तुलनामा प्राकृतिक स्रोतबाट प्राप्त हुने ट्रान्सफ्याटको अनुपातमा निकै कम हुन्छ । रातो मासुमा ५ देखि १० प्रतिशतसम्म ट्रान्सफ्याट हुन्छ । दूध, दही, घिउमा एक–दुई प्रतिशत मात्र ट्रान्सफ्याट हुन्छ, जसलाई खानु सुरक्षित मानिन्छ । ट्रान्सफ्याटयुक्त तेल खानै नहुने चाँहि होइन । पूरा तेलको २ प्रतिशतभन्दा कम ट्रान्सफ्याट भएको तेल खाँदा उपयुक्त हुने वरिष्ठ कार्डियोभास्कुलर सर्जन डा. वैद्यको सुझाव छ । कारखानामा बनाइएको बाक्लो तेल वा डाल्डा घिउमा ४५ प्रतिशतसम्म ट्रान्सफ्याट हुने भएकाले यो स्वास्थ्यका लागि धेरै हानिकारक मानिन्छ । यस्ता ट्रान्सफ्याटयुक्त घिउमा बनाइएका मिठाई, सेल माल्पुवा, ग्वारामरी, पुरी, स्वारी, हलुवालगायत अन्य तयारी जंक फुडहरु नखान चिकित्सकको सुझाव छ । कम उमेरमै हृदयाघात बढ्नुको कारण ४० वर्ष नाघेपछि हृदयाघातको खतरा प्राय सबैमा हुन्छ । तर नेपालमा ४० वर्षभन्दा कम उमेरका मानिसको हृदयाघातबाट मृत्यु हुनेको संख्या बढ्दै गएको अस्पतालको तथ्यांकले देखाउँछ । डा वैद्यका अनुसार, उमेरकै कारणले बढ्दै जाने यो खतरा रोक्न नसकिए पनि ट्रान्सफ्याक्टको कारण हुने हृदयाघातलाई रोक्न सकिन्छ । “खराब कोलेस्ट्रोल वृद्धि गर्ने र राम्रो कोलेस्ट्रोल घटाउने यो ट्रान्सफ्याक्टको कारण हुने हृदयाघातलाई रोक्न सकिन्छ । खराब कोलेस्ट्रोल वृद्धि गर्ने र राम्रो कोलेस्ट्रोल घटाउने यो ट्रान्सफ्याक्टलाई नियन्त्रणमा राख्नुपर्छ,” उहाँले भन्नुभयो ।मानिसलाई कोलेस्ट्रोल नभइ नहुने वस्तु हो । हामीलाई फाइदा गर्ने कोलेस्ट्रोल शरीरमा धेरै हुनुपर्छ र हानि गर्ने कोलेस्ट्रोल कम हुनुपर्छ । शरीरमा बन्ने सबै हार्मोनहरु कोलेस्ट्रोलकै कारण बन्ने हुन्छ । घामको किरण मानिसको छालामा परेपछि त्यही कोलेस्ट्रोलबाट भिटामिन डी बन्ने गर्छ । यदि हाम्रो शरीरमा खराब कोलेस्ट्रोल धेरै भयो भने धमनी भित्र जम्छ र यसैको कारणले कम उमेरकाहरुमा हृदयाघात, मतिष्कघात हुन जान्छ,” वरिष्ठ कार्डियोभास्कुलर सर्जन डा. बैद्यले भन्नुभयो । जंक फूडमा किन ट्रान्सफ्याक्ट बढी प्रयोग गरिन्छ ?बिस्कुट, कुकिज, केक, पफ, दुनोट, दालमोठ, चाउचाउ, आलुचिप्स, चिजबल, फेन्च फ्राई बर्गर, चाउमिन, माइक्रोेओभनमा बनाइएको पप कर्न, फ्रोजन पिज्जालगायत तारेका अन्य परिकारहरु, कफीमा राखिने तयारी क्रिम आदिमा पनि प्रशस्त मात्रामा ट्रान्सफ्याक्टयुक्त तेल राखिएको हुन्छ । किनभने यस्ता खानेकुराहरु लामोसम्म खान मिल्नेगरी बनाइएको हुन्छ । हाइड्रोजन मिश्रित ट्रान्सफ्याक्टयुक्त तेल नबिग्रिने भएकाले रेस्टुराँहरु, खाद्य पसल, पार्टी प्यालेस होटलहरुले हाइड्रोजन मिश्रित घिउ तेल राखेर परिकारहरु तयार गर्ने अध्ययनहरुले देखाएको छ । यस्ता खानेकुराहरु डाल्डा घिउमा पकाएको हुन्छ, जसमा ट्रान्सफ्याट धेरै हुन्छ । हाइड्रोजन बनाइएको वनस्पति तेल वा घिउ सस्तो हुनुका साथै परिकार पनि स्वादिष्ट हुनाले व्यापारीहरुले यसको प्रयोग गर्ने चिकित्सक बताउँछन् । बजारमा मिठाई पसलहरुमा अधिकांशले मिठाई बनाउन ट्रान्सफ्याक्टयुक्त वनस्पति घिउ तेल नै प्रयोग गर्दछन् । यसले गर्दा नेपालमा वनस्पति तेल घिउको बजार ठूलो छ । कुन तेल चाँहि उपयुक्त हो ? खसी, बाख्राजस्ता चौपायाको रातो मासु र गाईभैँसीको दूधमा हुने प्राकृतिक ट्रान्सफ्याटले खासै हानि नगर्ने चिकित्सक बताउँछन् । त्यस्तै, उद्योगहरुबाट उत्पादन हुने कृत्रिम ट्रान्सफ्याटले धेरै हानि गर्न सक्दछ । वनस्पति तेललाई धेरैबेर र धेरैपल्ट तताउँदा त्यसमा ट्रान्सफ्याटको मात्रा बढ्दै जान्छ र त्यसमा पकाएका खानेकुरा हानिकारक हुने चिकित्सक बताउँछन् । हाइड्रोजेनेसन नगरिएको शुद्ध वनस्पति तेल प्रयोग गर्नुपर्छ । घरमै बनाएको भए धेरै राम्रो । चिल्लो पद्धार्थको प्रयोग गरेपछि त्यही अनुसार व्यायाम गर्नुपर्ने चिकित्सकको सुझाव छ ।
स्वास्थ्यकर्मी र कर्मचारीको करार अवधि तीन महिना थप्न निर्देशन
काठमाडौं, वैशाख १ गते । सरकारले कोरोना महामारीको समयमा करारमा भर्ना भएका स्वास्थ्यकर्मी तथा कर्मचारीको करार अवधि तीन महिना थप गर्न निर्देशन दिएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्यामा कमी भएको बताउँदै शिक्षण अस्पताल, प्रतिष्ठान, अस्पताल तथा प्रयोगशालालाई पत्रचार गरी २५ प्रतिशत कर्मचारीको मात्रै म्याद गर्न निर्देशन दिएको हो।मन्त्रालयले सचिवस्तरिय निर्णय गर्दै हाल कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीको एक चौथाई नबढ्ने गरी २०७९ वैशाख महिनादेखि असार मसान्त अर्थात् तीन महिनासम्म थप्न सकिने निर्णय गरेको हो । म्याद थप्दा एक चौथाई नबढ्ने गरी थप गर्न मन्त्रालयले निर्देशन दिएको छ।
२४ घण्टामा २३ जना सङ्क्रमित, ३७ सङ्क्रमण मुक्त
काठमाडौं, चैत २९ गते । पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २८ सय ६६ जनामा एन्टीजेन परीक्षण गर्दा २३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।यसैगरी, १२ सय १२ जनाको एन्टीजेन परीक्षण गर्दा तीन जनामा सङ्क्रमण देखिएको छ । २४ घण्टामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या भने शून्यमा झरेको छ ।मन्त्रालयका अनुसार २४ घण्टामा ३७ जनाले कोरोना जितेका छन् ५५४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।त्यस्तै, पछिल्लो २४ घण्टामा ४१ हजार ४०७ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन् ।
खोप लाउने मानिस नहुँदा खेर जान थाल्याे
काठमाडौँ, चैत २४ गते । केही समय पहिलेसम्म कोरोनाविरुद्धको खोप लगाउन तँछाड मछाड हुन्थ्यो । भीड नियन्त्रण गर्न खोप केन्द्रमा प्रहरी नै खटाइनुपथ्र्यो । खोप लगाउनकै लागि ठूलो पहुँच पनि चाहिन्थ्यो तर अहिले अवस्था परिवर्तन भएको छ । खोप लगाउने मानिस नहुँदा धेरै मात्रामा खोप खेर जान थालेको छ ।काठमाडौँ स्वास्थ्य कार्यालयका प्रमुख वसन्त अधिकारीले पछिल्लो समय खोप लगाउन मानिस नआउँदा खोप खेर जान थालेको बताउनुभयो । विशेष गरी भण्डारणको व्यवस्थाका कारण मोडर्ना खोप धेरै खेर गएको उहाँले बताउनुभयो । तीन हजार मात्रा खोप मानिसले लगाउन नआउँदा खेर गएको बताउनुभयो । स्वास्थ्य कार्यालय प्रमुख अधिकारीले पछिल्लो समय मानिस खोप लगाउनै नआएको बताउनुभयो ।मोर्डना खोप माइनस २५ डिग्रीमा राख्नुपर्ने हुन्छ । उक्त खोप माइनस २५ डिग्रीबाट निकालिसकेपछि माइनस दुईदेखि आठ डिग्रीमा राखेर एक महिनाभित्र लगाउनुपर्ने हुन्छ । स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागका अनुसार देशभर १० हजार मात्रा मोडर्ना खोप खेर गएको छ । त्यसमध्ये काठमाडौँ उपत्यकामा मात्र तीन हजार मात्रा मोर्डना खोप खेर गएको छ ।यो खोप माइनस २५ डिग्रीको भण्डारणबाट निकालेर २ देखि ८ डिग्रीमा भण्डारण गर्न थालेपछि एक महिनाभित्र लगाइसक्नुपर्छ, नत्र खोप स्वतः खेर जान्छ । यसरी एक महिनासम्म नलगाउँदा केही ठाउँमा केही मात्रामा खोप खेर गएको हो । जिल्ला स्वास्थ्य कार्यालय काठमाडाँैका अनुसार खोप निकालेको एक महिनासम्म पनि मानिस मोर्डना खोप लगाउन नआएका कारण प्रयोग गर्न नमिल्ने भएको हो ।काठमाडौँ जिल्लाका लागि लगाउन छुट्याइएको तीन हजार मात्रा मोडर्ना खोप लगाउने मानिस नहुँदा खेर गएको हो । “पछिल्लो समय खोप केन्द्रमा खोप लगाउन आउनेको सङ्ख्या एकदमै कम छ”, अधिकारीले भन्नुभयो, “मानिस नआउँदा खोप खेर गइरहेको छ ।”सरकारले मानिस कोरोनाविरुद्धको खोप लगाउन नआएका कारण बुस्टर डोज पूर्ण खोप लगाएको तीन महिनामै लगाउन पाइने निर्णय गरेको छ । यसअघि पूर्ण मात्रा खोप लगाएको छ महिनापछि मात्र बुस्टर डोज खोप लगाउन मिल्दथ्यो । खोप शाखा प्रमुख सागर दाहालले चार करोड खोप अभियान सञ्चालन गर्दा पाँचदेखि १० प्रतिशत खोप खेर जानु सामान्य भएको बताउनुभयो । उहाँले खोप अभियानमा शतप्रतिशत खोप प्रयोग कतै पनि नहुने बताउनुभयो ।हालसम्म नेपालमा ३७ लाख मात्रा मोडर्ना खोप नेपाल आइसकेको छ । नेपालमा १२ देखि १८ वर्षसम्मका बालबालिकाहरूलाई मोडर्ना खोप दिइएको थियो । १८ वर्षमाथिका उमेर भएका मानिसले पनि मोडर्ना खोप लगाउन सक्छन् ।