स्वास्थ्यमा अब कुल बजेटको १० प्रतिशत
सरकारले चार महत्त्वपूर्ण नीति पारित गरेको छ। गृहमन्त्री बालकृष्ण खाणको संयोजकत्वमा रहेको मन्त्रिपरिषद् सामाजिक समितिको मङ्गलबार बसेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पेस गरेका दुई र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पेस गरेका दुई नीति पारित गरेको हो।
बाथरोगलाई हेलचेक्राइँ गरे अङ्गभङ्ग हुनसक्छ
जाडो मौसममा हाड जोर्नी दुख्ने, हातखुट्टा कक्रक र अररो हुनेजस्ता समस्या देखिन्छन् ।
अब स्वास्थ्यमा बजेटको १० प्रतिशत लगानी गर्नुपर्ने
सरकारले चार महत्वपूर्ण नीति पारित गरेको छ ।
एकीकृत समाजवादीका अध्यक्ष नेपाल अस्पताल भर्ना
नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल स्वास्थ्य उपचारका क्रममा मंगलबार अस्पताल भर्ना हुनुभएको छ।
नाइजेरियामा हैजाबाट ५१ जनाको मृत्यु
नाइजेरियामा फैलिएको हैजाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या ५१ जना पुगेको छ । यहाँका स्वास्थ्य अधिकारीहरूले यहाँ हैजाबाट कम्तीमा पनि ५१ को ज्यान गएको जानकारी गराएका छन् ।
४६ जनाको निःशुल्क आँखा शल्यक्रिया
सुनकोसी गाउँपालिका–१ मा अवस्थित एकएक पाइला ठोकर्पा आधारभूत अस्पतालले ग्रामीण भेगका ४६ जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरेको छ ।
नाइजेरियामा हैजाको प्रकोप, कम्तीमा २० जनाको मृत्यु
नाइजेरियामा पछिल्ला केही महिनायता हैजाको प्रकोप बढेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । हैजाको प्रकोपमा परी यहाँका कम्तीमा पनि २० जनाको ज्यान गएको बताइएको छ ।
गाउँमै विशेषज्ञ सेवाबाट बिरामी लाभान्वित
चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ की ८५ वर्षीया अम्मा थापालाई पेट दुख्ने र मुटु फुल्ने समस्याले सताएको थियो । उहाँ उपचारका लागि पाल्पा वा बुटवल जान पनि भ्याउनुभएको थिएन ।
डा. अनील सम्मानित
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनील सम्मानित हुनुभएको छ। नेपाल हृदयरोग निवारण प्रतिष्ठानले यस वर्षको ‘मृगेन्द्र सम्झना चिकित्सा गुठी वक्ता (ओरेसन) सम्मान–२०७९’द्वारा उहाँलाई सम्मानित गरिएको हो। प्रतिष्ठानको ३१औँ वार्षिक साधारण सभामा आयोजित कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, मृगेन्द्र सम्झना चिकित्सा गुठीका अध्यक्ष डा. मृगेन्द्रराज पाण्डे र प्रतिष्ठानका अध्यक्ष बलराम न्यौपानेले डा. अनीललाई सम्मान गर्नुभयो। प्रतिष्ठानका अध्यक्ष न्यौपानेले मुटुरोग नियन्त्रण गर्न डा. अनीलले ठूलो सहयोग गरेको बताउँदै सामान्य नागरिकलाई पनि मुटुरोगबारे सचेत गराइरहने भएकाले सम्मान गरिएको बताउनुभयो।
विद्यालयमा 'एक विद्यालय एक नर्स कार्यक्रम' माग
कपिलवस्तुका विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालनका लागि लुम्बिनी प्रदेश सरकारसँग माग गरिएको छ । बृहत्तर यौनिकता तथा स्वास्थ्य शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन सो कार्यक्रम माग गरिएको हो ।
वीर अस्पतालका १२ कर्मचारीलाई ३० दिनभित्र हाजिर हुन आग्रह
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर र कोभिड – १९ युनिफाइड केन्द्रीय अस्पतालले लामो समयदेखि अस्पतालमा सम्पर्कविहीन भएका कर्मचारीलाई ३० दिन हाजिर हुन आउन आग्रह गरेको छ ।
क्यान्सर बिरामीका लागि दमकमा निःशुल्क क्रायोथेरापी सेवा
पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको सुरुवाती उपचार दमकका दुई अस्पतालमा निशुल्क हुने भएको छ । दमक नगरपालिकाको पहलमा दमकस्थित सामुदायिक आम्दा अस्पताल र सरकारी दमक अस्पतालमा यसको उपचार निशुल्क हुने भएको हो ।
डायलासिस मेसिन सञ्चालनमा नआउँदा बिरामीलाई समस्या
नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई महिना अघि जडान गरिएका ६ थान डायलासिस मेसिन हालसम्म पनि सञ्चालनमा नआउँदा मिर्गौलाका बिरामीलाई समस्या भएको छ ।
चिसो र यसबाट लाग्ने दीर्घरोगबाट बच्ने यस्ता छन् उपाय
जाडो मौसममा विभिन्न स्वास्थ्य समस्या देखिने गर्छन् । जाडोमा ब्याक्टेरिया र भाइरस सक्रिय हुने हुँदा विभिन्न स्वास्थ्य समस्या देखिने हुनाले विशेष ध्यान दिनुपर्ने चिकित्सकहरुको भनाइ छ । चिकित्सका अनुसार जाडोमा मौसम परिवर्तनसँगै इन्फ्ल्युन्जाका र भाइरसका किटाणु सक्रिय हुन्छन् । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जाडो मौसममा सरुवा रोगमा श्वासप्रश्वास र पेट सम्बन्धी समस्या बढी देखिने बताउनुभयो ।
उपत्यकामा खोजिँदै क्षयरोगका बिरामी
काठमाडौं उपत्यकामा लुकेका क्षयरोगीलाई खोज्न सुरु गरिएको छ । जापान क्षयरोग निवारण संस्था र जापान नेपाल क्षयरोग अनुसन्धान संस्थाले संयुक्त रुपमा उपत्यकामा क्षयरोगका बिरामीलाई खोज्न सुरु गरेको हो ।
हृदयाघात भएकी राजकुमारीको अवस्था सामान्य
थाईल्याण्डको राजकुमारीलाई बुधबार बिहान हृदयाघात भएको राजदरबार स्रोतले जनाएको छ ।
बाँकेमा ५३८ जना एचआइभी सङ्क्रमितले नियमित उपचार गराउँदै
एचआइभी एड्सबाट सङ्क्रमित भएका बाँकेका ५३८ जनाले नेपालगन्जस्थित भेरी अस्पतालमा नियमित उपचार गराइरहेका छन् ।
चिसो बढेसँगै सतर्कता अपनाउन मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकासँगै मुलुकभर चिसो बढेसँगै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।
नेपाली सेनाद्वारा स्वास्थ्य शिविर सञ्चालन
बुधबार २८ औँ महानगर दिवसको अवसरमा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
एचआइभी सङ्क्रमित एकल महिलालाई समस्या
डोटीको पूर्वीचौकी गाउँपालिकाकी दुर्गा विष्ट (नाम परिवर्तन) लाई एचआइभी सङ्क्रमण भएको १० वर्ष भयो ।
ठेकेदारले काम छाडेपछि पालिकास्तरीय अस्पताल भवन अलपत्र
ठेकेदारले काम छाडेपछि पालिका स्तरीय निर्माणाधीन ताकम अस्पताल भवन अलपत्र परेको छ । धवलागिरि गाउँपालिका स्तरीय ५ शैयाको अस्पताल भवनको ठेक्का लिएको निर्माण कम्पनीले बीचमै काम छाडेपछि भवन निर्माण अलपत्र परेको हो ।
एक सय नागरिकको शरिरबाट झिकियो स्टिल र रड
आर्थिक अभावले नसक्दा शरिरका अंगमा राखिएका स्टिल र रड झिक्न नसकेका सर्व साधारणलाई लक्षित गर्दै पाँचथरको फिदिममा आयोजिते हाड जोर्नी अप्रेसन सम्वन्धि शिविरबाट एकसय जना लाभान्वित भएका छन् ।
अपाङ्ग र ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले घर–घरमा पुगेर अपाङ्ग तथा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने कार्यलाई निरन्तरता दिएको छ। गाउँपालिकाले ‘क’ र ‘ख’ वर्गका अपाङ्ग तथा ६८ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकको निरन्तर स्वास्थ्य परीक्षण गर्दै आएको हो।
भूकम्पमा क्षति पुगेका दुई दर्जन स्वास्थ्य संस्थाको पुनर्निर्माण धमाधम
वि.सं. २०७२ को विनाशकारी भूकम्पबाट क्षति पुगेका काभ्रेपलाञ्चोक जिल्लाका दुई दर्जन स्वास्थ्य संस्था पुनर्निर्माणको कामले गति लिएको छ ।