• १२ साउन २०८१, शनिबार

एकीकृत समाजवादीका अध्यक्ष नेपाल अस्पताल भर्ना

blog

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल । फाइल तस्बिर

काठमाडौं, पुस ५ गते। नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल स्वास्थ्य उपचारका क्रममा मंगलबार अस्पताल भर्ना हुनुभएको छ। 

अध्यक्ष नेपाललाई रुघाखोकी, ज्वरो र छातीमा सामान्य सङ्क्रमण देखिएपछि त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज भर्ना गरिएको उहाँको निजी सचिवालयले जनाएको छ। 

छाती रोग विशेषज्ञ डा. सन्तकुमार दासको टोली उहाँको उपचारमा संलग्न हुनुहुन्छ। चिकित्सकको सुझाव अनुसार अध्यक्ष नेपालको सबै भेटघाट बन्द गरिएको सचिवालयले जनाएको छ।