• ११ मंसिर २०८१, मङ्गलबार

हृदयाघात भएकी राजकुमारीको अवस्था सामान्य

blog

हृदयघात भएकी राजकुमारी बज्रकिटियाभा

गोरखापत्र समाचारदाता

 काठमाडौँ, मङ्सिर २८ गते । थाईल्याण्डको राजकुमारीलाई बुधबार बिहान हृदयाघात भएको राजदरबार स्रोतले जनाएको छ । 

राजा वाजिरालोन्क्रोर्नका जेठी छोरी राजकुमारी बज्रकिटियाभा राजधानी बैंककको उत्तरी पूर्व क्षेत्रमा कुकुरहरूलाई प्रशिक्षण दिइरहेको बेला हृदयाघात कारण ढल्नुभएको थियो ।  

४४ वर्षीय राजकुमारीलाई नजिकै रहेको अस्पतालमा सामान्य उपचारपछि हेलिकप्टरबाट बैंककमा ल्याएर उपचार भइरहेको छ ।

दरबारका अनुसार अहिले उहाँको स्वास्थ्यस्थित केही हदसम्म सामान्य रहेको छ । बीबीसी