जाडो बढेसँगै बाँकेमा रुघाखोकी र ज्वरोका बिरामी बढे
जाडो बढेसँगै बाँकेमा मौसमी फ्लु, रुघाखोकी, कोल्ड डायरिया र निमोनियाका बिरामीहरू बढ्दै गएको विभिन्न अस्पतालले जनाएका छन् ।
जिल्ला अस्पताल मुगुको वार्षिक कार्ययोजना सार्वजनिक
जिल्ला अस्पताल मुगुले आर्थिक वर्षमा २०७९/८० मा सम्पादन गर्ने कार्य योजना सार्वजनिक गरेको छ । अस्पतालले मंगलबार कार्य योजना सार्वजनिक गर्दै लक्ष्य अनुसार काम सम्पादन गर्ने प्रतिबद्धता समेत जनाएको छ ।
काभ्रेपलान्चोकको महाभारतका दुई वडामा रेबिजको त्रास
पछिल्ला केही महिनादेखि काभ्रेपलाञ्चोक जिल्लाको विभिन्न स्थानीय तहमा रेबिज रोगको आतङ्क सुरु भएको छ । गत साउन महिनाको दोस्रो साता जिल्लाको भुम्लु गाउँपालिका–१ सापिङ आरनटोलमा रेबिजको आतङ्क फैलिएको थियो ।
स्वास्थोपचारमा सहुलियत
गोकर्णेश्वर नगरपालिकाले स्वास्थ्य उपचारमा सहुलियत प्रदान गर्र्ने भएको छ । नेपाल मेडिकल शिक्षण अस्पतालमा उपचार गराउँदा विभिन्न स्वास्थ्य उपचारमा यहाँका स्थायी बासिन्दालाई सहुलियत व्यवस्था गरेको नगरपालिकाले जनाएको हो । स्वास्थ्य सहुलियतअन्तर्गत ज्येष्ठ नागरिकलाई एक लाख रुपियाँसम्मको कुल खर्चमा ४० प्रतिशतसम्म अस्पतालले छुट दिनेछ र ३० प्रतिशत नगरपालिकाले बेहोर्नेछ भने बाँकी ३० प्रतिशत सम्बन्धित व्यक्तिले बेहोर्नुपर्नेछ ।
जन्ती गएका २५ जना अचानक बिरामी
प्युठान नगरपालिका वडा ६ माझकोट गुरुङ गाउँमा २५ जनाभन्दा बढी गाउँले अचानक बिरामी भएका छन् । बिरामीहरूलाई उपचारका लागि चार वटा एम्बुलेन्समार्फत प्युठान अस्पताल ल्याइएको प्युठान नगरपालिकाका उपमेयर देवेन्द्र बर्माले बताउनुभयो ।
“दिगो विकासको लक्ष्य हासिल गर्न स्वास्थ्य स्वयंसेविकाको योगदान महत्त्वपूर्ण”
दिगो विकासको लक्ष्य हासिल गर्न महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान महत्त्वपूर्ण भएको जिकिर गरिएको छ ।
‘समय नपुगी जन्मिने शिशुको स्याहारमा विशेष ध्यान दिनुपर्छ’
विश्वमा १० जना नवजात शिशुमध्ये एक जना अवधि नपुगी (महिना नपुगी )जन्मिने गर्दछन् । अध्ययनका अनुसार प्रत्येक वर्ष करिब १० लाख बालबालिकाको अवधि नपुग्दै जन्मिएका कारण मृत्यु हुन्छ।
काभ्रेमा तीन महिनापछि पुनः रेबिज भेटियो, सतर्क रहन आग्रह
काभ्रेमा तीन महिनापछि पुनः रेबिज रोग देखापरेको छ । जिल्लाको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाको पशुमा रेबिज रोगको सङ्क्रमण देखिएको हो । यसअघि गत भदौमा भुम्लु गाउँपालिकामा रेबिज रोगका कारण एक महिनाको अवधिमा चार दर्जनभन्दा बढी पशुचौपायाको मृत्यु भएको थियो ।
कपाल प्रत्यारोपणको बढ्दो क्रेज
मूलपानीका सुजित कार्की विवाहका लागि कपाल प्रत्यारोपण गर्न अमेरिकाबाट नेपाल आउनुभयो । माघ दोस्रो हप्ता उहाँको विवाहको साइत जुरेको छ । अगाडिको कपाल नभएपछि बिदा मिलाएर एक महिनापहिले नै नेपाल आउनु परेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अरू बेला त कपाल नहुँदा खासै चिन्ता थिएन तर विवाह पक्का भएपछि भने तालुपनाले साह्रै सताउँदो रहेछ ।”
घरदैलोमै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण
शारदा नगरपालिकाले ज्येष्ठ नागरिकको घरदैलोमै पुगेर निःशुल्क उपचार सुरु गरेको छ । स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई स्वास्थ्य पहुँच विस्तार अन्तर्गत घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण गरिएको हो ।
तकसेरा स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु
पुथाउत्तरगङ्गा गाउँपालिका –१० स्थित तकसेरा स्वास्थ्य चौकीमा ल्याब सेवा दिन थालिएको छ । गाउँपालिकामा पहिलो पटक शनिबारदेखि तकसेरा स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालन गरिएको हो ।
‘स्वास्थ्य क्षेत्रमा थप विकास जरुरी’
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले नेपालको स्वास्थ्य क्षेत्रमा अझै विकास हुनुपर्ने बताउनुभएको छ ।
छ प्रतिशतमा तीव्र किसिमको अपाङ्गता
नेपालमा छ प्रतिशत जनसङ्ख्यामा अति र तीव्र किसिमको अपाङ्गता भएको पाइएको छ । यस्तै २३ प्रतिशतमा मध्यम किसिमको अपाङ्गता रहेको छ । राष्ट्रिय जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्भे २०२२ अनुसार त्यस्ता व्यक्ति अपाङ्गताको मार तथा अन्य स्वास्थ्य समस्याबाट पनि पीडित रहेको पाइएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखा प्रमुख डा. प्रसन्न नापितले अपाङ्गता भएका व्यक्तिलाई मधुमेह हुने सम्भावना तीन गुणा बढी रहने बताउनुभयो । उहाँले अपाङ्गता भएका बालबालिकालाई कुपोषित हुने सम्भावना दुई गुणा बढी हुने बताउनुभयो ।
निमोनियालाई हेलचेक्राइँ गरे ज्यानै जान सक्छ
निमोनियाको कारण बर्सेनि धेरै बालबालिकाको मृत्यु हुने गर्छ । अस्पतालमा पनि जाडो मौसममा निमोनियाका बिरामी बढ्नुका साथै मृत्युदर पनि बढ्ने गर्छ ।
उपचार गर्दैनन् सङ्क्रमित
नेपालमा एचआइभी/एड्सप्रतिको विभेद नघटेकैका कारण सङ्क्रमितहरू खुलेर उपचारमा आउन सकेका छैनन् । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रकी निर्देशक डा. सुधा देवकोटाले समाजमा अझै एचआईभी सङ्क्रमित व्यक्तिलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेका कारण उनीहरू उपचारको पहुँचमा आउन नसकेको बताउनुभयो ।
एचआईभी सङ्क्रमितलाई समाजको विभेदमा कमी आएको छ : अध्ययन
एचआईभी सङ्क्रमितप्रति समाजले गर्ने विभेद र लान्छनामा कमी आएको एक अध्ययनले देखाएको छ।
निःशुल्क आँखा उपचारले नागरिक लाभान्वित
गुल्मीको रेसुङ्गा नगरपालिका बाख्रेछेडाका थानेश्वर पोखरेल उमेरले ७० वर्ष पुग्नुभयो । बुढ्यौली उमेरले च्यापेसँगै उहाँको आँखामा समस्या देखिन थाल्यो ।
२४ घण्टामा दुई जना डेंगु सङ्क्रमितको मृत्यु
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा दुई जना डेंगु सङ्क्रमितको मृत्यु भएको हो ।
सङ्क्रमितको सङ्ख्या २१ वर्षमा ८४ प्रतिशतले घट्यो
एचआईभी सङ्क्रमितको सङ्ख्या २१ वर्षमा ८४ प्रतिशतले घटेको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सन् २०२१ मा ६८० नयाँ सङ्क्रमित थपिएको अनुमान गरेको छ । यो सन् २००० को तुलनामा ८४ प्रतिशतले कमी हो ।
विषाक्त रसायनयुक्त औषधि उत्पादनमा रोक
औषधि व्यवस्था विभागले इनाथाइल ग्लाइकोल र डाइइथानाइल ग्लाइकोल मिसावट भएका औषधि उत्पादन, बिक्रीवितरण नगर्न निर्देशन दिएको छ। विभागले औषधि उत्पादक, आयातकर्ता तथा वितरकलाई यस्ता विषाक्त रसायन मिसावट भएका औषधि बिक्रीवितरण नगर्न निर्देशन दिएको हो। विभागका प्रवक्ता सन्तोष केसीले बालबालिकाका लागि प्रयोग हुने कतिपय झोल औषधिहरूमा यस्ता विषाक्त रसायन मिसिएको हुन सक्ने भएकाले बिक्रीवितरण नगर्न विभागले निर्देशन दिएको बताउनुभयो। उहाँले इन्डोनेसिया, जाम्भियालगायतका देशमा इनाथाइल ग्लाइकोल र डाइइथानाइल ग्लाइकोल मिसावट औषधि सेवनबाट बालबालिकाको मृत्यु भएको पुष्टि भएको बताउनुभयो। उहाँले नेपालमा सचेतनाका लागि त्यस्ता औषधि आयात नगर्न विभागले निर्देशन दिएको जानकारी दिनुभयो। ती औषधिको यकिन गरेर मात्रै बिक्रीवितरण गर्न निर्देशन दिएको उहाँको भनाइ छ।
आँखा अस्पतालमा अत्याधुनिक शल्यक्रिया कक्ष स्थापना गरिने
नेपाल नेत्र ज्योति सङ्घका अध्यक्ष प्रा.डा. चेतराज पन्तले भैरहवास्थित आँखा अस्पताल परिसरभित्र अत्याधुनिक मोडुलर शल्यक्रिया कक्षसहितको भवन छिट्टै शुभारम्भ हुने बताउनुभएको छ ।
बीपी कोइराला क्यान्सर अस्पतालमा चिकित्सक भेट्नै मुस्किल
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर देख्न र सुन्नमा जति सुन्दर छ त्यहाँ उपचार गर्न आउने बिरामीले पाउने दुःख र सास्ती त्यति नै छ ।
लयमा फर्किए व्यायामशाला
दैनिक जीवनमा मानिसलाई तन्दुरस्त र फुर्तिलो राख्न सघाउने फिटनेस सेन्टर (व्यायामशाला)हरू कोरोना कालमा थला परे। कोरोना सर्ने भयले दैनिक व्यायाम गर्नेहरू जिम छिर्न छोडेका थिए। कोरोनाले थलिएका विराटनगरका फिटनेस सेन्टर अब भने विस्तारै आफ्नो व्यवसायको लय समात्दै लगेका छन्। फिटनेस सेन्टरहरूको मुख्य याम फागुनदेखि सुरु भएर कात्तिकमा सकिन्छ तर विराटनगरमा भने अहिले जाडो मौसममा पनि चलिरहेको छ। कोरोनाले थलिन बाध्य बनाएका फिटनेस सेन्टर त्यसैको ज्ञानले भरिदिएको ऊर्जाका कारण जाडो मौसममा पनि उत्तिकै चल्ने अवस्थामा पुगेको सञ्चालकहरूको बुझाइ छ।
झडपमा घाइते भएका नगरप्रहरीको नर्भिकमा निःशुल्क उपचार
थापाथलीका सुकुम्वासी र काठमाडौं महानगरपालिकाका नगर प्रहरीबीचको झडपमा घाइते सबैजनाको नर्भिक इन्टरनेशनल हस्पिटलले निःशुल्क उपचार गरिदिएको छ ।