गुल्मीमा ३३९ जना एचआइभी सङ्क्रमित
गुल्मीमा ३३९ जना एचआइभी सङ्क्रमित छन् । जिल्ला अस्पताल गुल्मीका अनुसार रेसुङ्गा नगरपालिकामा ३५ जना, मुसिकोट नगरपालिकामा ३९ जना, गुल्मी दरबार गाउँपालिकामा २४ जना, छत्र कोट गाउँपालिकामा ४५ जना, रुरु क्षेत्र गाउँपालिकामा ३७ जना, चन्द्रकोट गाउँपालिकामा १९ जना, काली गण्डकी गाउँपालिकामा ४ जना, सत्यवती गाउँपालिकामा ५९ जना, मालिका गाउँपालिकामा १९, इस्मा गाउँपालिकामा १९ जना, धुर्कोट गाउँपालिकामा २६ जना एचआइभी/एड्स सङ्क्रमित रहेका छन् ।
गुणस्तरीय स्वास्थ्य सेवामा जोड
स्वास्थ्य सेवाको पहुँच सबै नागरिकसम्म पु-याई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्नेमा जोड दिइएको छ। ‘स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस’का अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंले स्वास्थ्य सेवालाई सबैको पहुँचमा पु-याई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने बताउनुभयो।
एमडीबाट एमबीबीएसमा घटुवा
विश्वविद्यालय तथा अध्ययन प्रतिष्ठानहरूले मात्रै प्रदान गर्नसक्ने चिकित्साशास्त्रअन्तर्गत डक्टर अफ मेडिसिन (एमडी)को प्रमाणपत्र नेपाली विद्यार्थीले फिलिपिन्सको तालिम केन्द्रबाटै ल्याउने गरेको पाइएको छ। त्यस्ता तालिम केन्द्रबाट विगतमा हासिल गरेको प्रमाणपत्रको समकक्षता रद्द गर्ने र अबदेखि समकक्षता नदिने निर्णय त्रिभुवन विश्वविद्यालयले गरेको छ। विदेशमा पढेर आर्जेको प्रमाणपत्रलाई स्वदेशमा त्रिविअन्तर्गत रहेको पाठ्यक्रम विकास केन्द्रले समकक्षता दिँदै आएको छ। केन्द्रका निर्देशक प्राध्यापक डा. पारसनाथ यादवले भन्नुभयो, “विगतमा तालिम केन्द्रबाट प्राप्त प्रमाणपत्रलाई दिइएको समकक्षता पनि रद्द गर्ने निर्णय गरिएको छ।”
सान्थाक्रामा प्रसूति केन्द्र सञ्चालन
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका –२ सान्थाक्रामा प्रसुति केन्द्र (बर्थिङ सेन्टर) सञ्चालनमा ल्याइएको छ । सान्थाक्रा स्वास्थ्य चौकीको नयाँ भवन निर्माण सम्पन्न भएसँगै प्रसुति केन्द्र सञ्चालनमा ल्याइएको हो ।
‘स्वास्थ्य पहुँचमा दिगो विकास लक्ष्य हासिल गर्ने सही दिशा छैन’
नेपालमा स्वास्थ्यमा विश्वव्यापी पहुँचसँग सम्बन्धित दिगो विकास लक्ष्य हासिल गर्न सही दिशा नरहेको तथ्याङ्कले देखाएको छ ।
निः सन्तान समस्या महिला र पुरुष दुवैमा हुन्छ : डा. रिजाल
वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.भोला रिजालका अनुसार निः सन्तानको समस्या महिला र पुरुष दुवैमा बराबर हुन्छ । उहाँ भन्नुहुन्छ, “हाम्रो समाजमा महिलाका कारणले बच्चा भएन भनेर विभेद गरेको देख्न सकिन्छ ।
प्रहरी श्रीमती सङ्घद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
नेपाल प्रहरी श्रीमती सङ्घ र सशस्त्र प्रहरी परिवार महिला सङ्घको संयुक्त आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । कलेज अफ मेडिकल साइन्स भरतपुरका चिकित्सकहरूद्वारा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका कर्मचारी, उहाँहरूका आश्रित परिवार लगायत स्थानीयसमेतलाई सहयोग पुग्ने गरी शिविर आयोजना गरिएको नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष कुशुमलता सिंहले जानकारी दिनुभयो ।
गर्भ जाँच गर्न मोबाइलबाट कल गर्ने व्यवस्था
गर्भवती महिलाको गर्भ जाँच गर्न स्वास्थ्य चौकीहरूले मोबाइलबाट कल गर्ने व्यवस्था गरिएको छ । सबै चरणका गर्भ जाँच गर्न गर्भवती महिला नछुटुन भन्नका लागि स्वास्थ्य चौकीले सो व्यवस्था गरेका हुन ।
बालबालिका र पौष्टिक आहार
पोषण शरीरका लागि अनिवार्य छ । बालबलिकाका लागि पर्याप्त पौष्टिक आहारा चाहिन्छ । यस्तो पौष्टिक आहारा सामान्यतया दुर्गम क्षेत्रका बच्चामा कमी हुने गरेको छ भनिन्छ । पोषण नपाएका बालबालिका बढी देखिएका छन् पनि । पछिल्लो समय गाउँघर तथा दुर्गम क्षेत्र मात्र होइन राजधानी काठमाडौँका बालबालिकामा पनि देखिएको छ । जसले गर्दा बालबालिकामा मोटोपनाको उच्च जोखिम देखिएको छ ।
बालबालिकामा मोटोपन कसरी ?
हरेक आमाबुवाको चाहना हुन्छ, आफ्नो बालबच्चा रुष्टपुष्ट (मोटो पुक्क परेको) हुन् भन्ने । मोटो बच्चा शारीरिक हिसाबले स्वस्थ हुन्छ भन्ने आम मानिसको बुझाइ छ । बालबालिका पुक्क परेको रुष्टपुष्ट राम्रो हुन्छ भनेर बस्दा कतै तपाईंका बालबालिका मोटोपनको सिकार त भएका छैनन् ? के तपाईंलाई थाहा छ ? मोटोपन एक प्रकारको कुपोषण हो । कुपोषणले दुब्लो मात्र होइन मोटोपनको समस्या निम्त्याउने चिकित्सक बताउँछन् । हाम्रो शरीरमा कार्बाेहाइड्रेड, प्रोटिन फ्याट, भिटामिन सबै प्रकारको प्रोटिन तìव आवश्यक हुन्छ । यदि शरीरमा आवश्यक पर्ने उक्त तìवको सन्तुलन बिग्रिएको खण्डमा बालबालिकामा मोटोपनको समस्या निम्तिन्छ । त्यसका अलवा प्रोटिनको कमीले पनि मोटोपन हुने गर्छ ।
अस्पताल आफैँले पैसा थपेर पाठेघरको अप्रेसन
धौलागिरि अस्पताल बागलुङले पाठेघरको अप्रेसनको लागि आफैँ पैसा थप गरेर ३६ जना महिलाको निःशुल्क पाठेघरको अप्रेसन गरेको छ ।
फ्लुबाट अमेरिकामा सात हजार तीन सयको मृत्यु
संयुक्त राज्य अमेरिकामा डिसेम्बर ३ सम्ममा फ्लुका सात हजार तीन सय जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।
सुरक्षित गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि
कलिलै उमेरमा आमा बनेकी कैलालीको घोडाघोडी नगरपालिका १ का माया (परिवर्तित नाम) अहिले २५ वर्षको हुनुभयो । उहाँको अहिले चारजना छोरी छन् भने पाँचपटक गर्भपतन गराइसक्नुभएको छ ।
स्वास्थ्य सूचकाङ्कमा उल्लेख्य सुधार
नेपालमा स्वास्थ्य क्षेत्रका सूचकाङ्कमा उल्लेख्य सुधार आएको छ । नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणका अनुसार नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार आएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा शुक्रबार सर्वेक्षण सार्वजनिक गर्दै योजना महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले मातृ तथा बाल स्वास्थ्यमा भएको प्रगतिलाई सर्वेक्षणले जोड दिएको जानकारी दिनुभयो । स्वास्थ्य सर्वेक्षणअनुसार नेपालका महिलाले औसतमा दुई सन्तान जन्माउने गरेका छन् ।
बीमित बिरामीबाट पनि शुल्क लिने तयारी
स्वास्थ्य बीमामा बीमितहरूले अनावश्यक परीक्षण गर्न चिकित्सकहरूलाई दबाब दिन थालेपछि स्वास्थ्य बीमा बोर्डले बीमित बिरामीबाटै थप १० प्रतिशत शुल्क लिने तयारी गरेको छ । स्वास्थ्य बीमा बोर्ड बैठकमा बीमितले अनावश्यक परीक्षणका लागि दबाब दिन थालेको भन्दै बीमितबाट थप १० प्रतिशत उठाउनुपर्ने प्रस्ताव आएको थियो ।
नेपालमा मातृ तथा बाल स्वास्थ्यमा सुधार
नेपालमा मातृ तथा बाल स्वास्थ्यमा सुधार तथ्यांकले देखाएको छ।
ताप्लेजुङमा मोतियाबिन्दु भएका १०८ जनाको शल्यक्रिया
ताप्लेजुङमा मोतियाबिन्दु भएका एक सय आठ जना बिरामीको आँखाको शल्यक्रिया गरिएको छ।
कोभिडविरुद्धको खोप शतप्रतिशत पुर्याउन अभियान
नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले कोभिड-१९ विरुद्धको खोप शतप्रतिशत पुर्याउन अभियान खोप अभियान सञ्चालन गर्ने भएको छ ।
इबोला परीक्षण खोपको १२ सय मात्रा प्राप्त
दक्षिणमा रहेको सरकारी स्वामित्वको ‘नेशनल मेडिकल स्टोर’मा आयोजित कार्यक्रममा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट परीक्षण खोपको १२ सय मात्र प्राप्त भएको बताउनुभयो ।
गाउँपालिकाद्वारा स्वास्थ्यकर्मी सम्मानित
कामको मूल्याङ्कन गर्दै पुरस्कृत भएपछि स्वास्थ्यकर्मीहरुले काम गर्ने हौसला बढेको बताएका छन् । पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा कार्यक्रममा राम्रो काम गरेको भन्दै गाउँपालिकाको स्वास्थ्य शाखाले स्वास्थ्यकर्मीलाई सम्मानित गरेको थियो ।
‘कोठा तातो बनाउँदा अकालमै ज्यान जान सक्छ’
देशैभर चिसो बढ्दै गएको छ । चिसोबाट बच्न हामीले विभिन्न उपाय अपनाउने गर्दछौँ । चिसोबाट बच्ने उपाय भनेको कोठा र शरीरलाई न्यानो बनाउन मकलमा आगो बाल्ने तथा हिटर बाल्ने र बाथरुममा ग्यास गिजरको प्रयोग गरेर नुहाउने चलन सहरी क्षेत्रमा छ ।
ताप्लेजुङमा मोतिया विन्दुका रोगी धेरै
ताप्लेजुङमा मोतिया विन्दुका रोगी उल्लेख्य पाइएको छ । सदरमुकाम फुङ्लिङमा मङ्गलबारदेखि सुरु भएको तीन दिने नि:शुल्क आँखा शिविरमा मोतिया विन्दुका रोगी (बिरामी) उल्लेख्य आएका छन् ।
पोलियो भाइरसविरुद्धको खोपको क्लिनिकल ट्रायलको लागि अनुमति दिने निर्णय
सरकारले पोलियो भाइरसविरुद्धको खोपको क्लिनिकल ट्रायलका लागि अनुमति प्रदान गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य चौकीमा पहिलो बच्चा जन्माउने मण्डललाई नगद उपहार
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा हालै सञ्चालन भएको नरसिंह स्वास्थ्य चौकीको प्रसूति गृहमा एक महिलाले बच्चा जन्माउनुभई पहिलो सेवा लिनुभएको छ ।