• २० असार २०८१, बिहिबार

स्वास्थ्य चौकीमा पहिलो बच्चा जन्माउने मण्डललाई नगद उपहार

blog

पहिलो सेवा लिनुभएकी सविया मण्डलाई प्रोत्साह स्वरुप नगद प्रदान गरिँदै । तस्बिर : गोरखापत्र

जयकृष्ण यादव 

इनरुवा, मंसिर २१ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा हालै सञ्चालन भएको नरसिंह स्वास्थ्य चौकीको प्रसूति गृहमा एक महिलाले बच्चा जन्माउनुभई पहिलो सेवा लिनुभएको छ ।

नियमित रूपमा गर्भ र स्वास्थ्य जाँच गर्ने क्रममा मंगलबार नरसिंह स्वास्थ्य चौकीको प्रसूति गृहमा भोक्राहा नरसिंह गाउँपालिका ७ मण्डल टोलकी २१ वर्षीया सविया मण्डलले पहिलो पटक बच्चा जन्माउनुभई सेवा लिनुभएको हो ।

स्वास्थ्य चौकीमा नियमित गर्भ जाँच गराउँदै आउनुभएकी मण्डलले नरसिंह स्वास्थ्य चौकीको उद्घाटन भएपनि प्रसूति गृहमा स्वतथ्य बच्चा स्वास्थ्यकर्मीको सहयोगमा जन्माउनुभएको भोक्राहा नरसिंह स्वास्थ्य शाखा प्रमुख हिरा साहले जानकारी दिनुभयो ।

साहका अनुसार उद्घाटन पछि जानकारी र सूचना प्रवाहको क्रममा रहेकोमा मण्डलले पहिलो पटक प्रसूति गृहमा नै बच्चा जन्माउनुभएको र आफ्नै वडाको प्रसूति गृहमा आमाहरूले सेवा पाउने र त्यसमा पहिलो सेवा लिनुभएकी मण्डललाई भोक्राहा नरसिंह ७ का वडा अध्यक्ष बौवालाल यादवले नगद पाँच हजार रुपियाँ प्रोत्साहन स्वरूप प्रदान गर्नुभएको छ । 

यादवले स्वास्थ्य संस्थामै प्रसूति गराउन प्रेरित गर्ने उद्देश्यले नरसिंह स्वास्थ्य चौकीको प्रसूति गृहमा पहिलो सेवा लिनुहुँदै बच्चा जन्माउनुभएकी मण्डललाई नगद उपहार दिएको बताउनुभयो । स्वास्थ्य चौकीका इन्चार्ज रामाशंकर साहले प्रसूति गृहमा सेवा लिने पहिलो लाभग्राही मण्डललाई सरकारी सुविधा पनि प्रदान गरेको जानकारी दिनुभएको छ । 

प्रसूति गृहमा आएकाहरूलाई गर्भावस्थादेखि नै जाँच गराई सुत्केरी पनि स्वास्थ्य संस्थामै गराउन आग्रह गर्दै आएको स्वास्थ्यकर्मी मिठु श्रेष्ठले जानकारी दिनुभयो । प्रसूति गराउनुभएका आमाको समेत स्वास्थ्य अवस्था, बच्चालाई खोप लगायतको कुरा, खानपान, मानसिक, शारीरिक अवस्था हेरेर स्वास्थ्य परामर्श समेत प्रदान गर्दै आएको जनाएको छ ।