• १२ जेठ २०८१, शनिबार

स्वास्थ्य सूचकाङ्कमा उल्लेख्य सुधार

blog

काठमाडौँ, मङ्सिर २४ गते । नेपालमा स्वास्थ्य क्षेत्रका सूचकाङ्कमा उल्लेख्य सुधार आएको छ । नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणका अनुसार नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार आएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा शुक्रबार सर्वेक्षण सार्वजनिक गर्दै योजना महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले मातृ तथा बाल स्वास्थ्यमा भएको प्रगतिलाई सर्वेक्षणले जोड दिएको जानकारी दिनुभयो । स्वास्थ्य सर्वेक्षणअनुसार नेपालका महिलाले औसतमा दुई सन्तान जन्माउने गरेका छन् । 

यस्तै नेपालमा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदरमा उल्लेख्य कमी आएको छ । सन् १९९६ मा पाँच वर्षमुनिका बालबालिकाको प्रतिएक लाख जीवित जन्ममा ११८ को मृत्यु हुने गरेकोमा हाल उक्त सङ्ख्या २१ मा झरेको छ । यस्तै पाँच वर्षमुनिका बालबालिकामध्ये ३३ जनाको मृत्यु हुने गरेको छ ।  साढे दुई दशकयता नेपालमा प्रजनन दर आधाले घटेको छ । 

यसैगरी नेपालमा गर्भवती सेवामा पनि सुधार हुँदै गएको छ । नेपालमा १५ देखि ४९ वर्षसम्मका ४३ प्रतिशत महिलाले परिवार नियोजनका साधन प्रयोग गर्ने गर्दछन् । यस्तै १० मध्ये दुईभन्दा बढी महिलाले दक्ष सेवा प्रदायकबाट गर्भवती सेवा पाइरहेका छन् ।

नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार दुई वर्षभित्रको समय अवधिमा जीवित जन्मेकामध्ये ७९५ बच्चा स्वास्थ्य संस्थामा जन्मेका छन् । सन् १९९६ मा ८४ बच्चा मात्र स्वास्थ्य संस्थामा जन्मिने गरेका थिए । ७० प्रतिशत महिलाले सुत्केरी भएको दुई दिनभित्र सुत्केरी परीक्षण गराउने गरेका छन् । 

सन् १९९६ देखि यता १२ देखि २३ महिनाभित्र आधारभूत खोप लगाउने दर पनि बढेको छ । सन् २०११ मा ८०५ रहेको आधारभूत खोपको प्रतिशत घटेर सन् २०१६ मा ७८५ हुन आएको थियो । सन् २०२२ मा पनि ८०५ हुन गएको छ । नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणको नतिजाअनुसार सन् १९९६ मा ५७५ रहेको पुड्कोपन घटेर सन् २०२२ मा २५५ मा झरेको छ । 

स्वास्थ्यसम्बन्धी सर्वेक्षणले नेपालमा १५ देखि १९ वर्ष उमेर समूहका १४ प्रतिशत किशोरी कुनै न कुनै बेला गर्भवती भइसकेको देखाएको छ । सर्वेक्षणअनुसार सबैभन्दा बढी कर्णाली प्रदेशमा २१ प्रतिशत र सबैभन्दा कम बागमती प्रदेशमा आठ प्रतिशत १९ वर्षमुनिका किशोरी गर्भवती भएका छन् । 

सर्वेक्षणअनुसार मधेश प्रदेशमा २० प्रतिशत, गण्डकी, प्रदेश १ र सुदूरपश्चिममा १३ प्रतिशत र लुम्बिनीमा १० प्रतिशत किशोरी गर्भवती भएको पाइएको छ । नेपालमा सन् १९९६ देखि सर्वेक्षण सुरु भएको थियो । सन् २०२२ सम्म आउँदा छैटौँ पटक जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण भएको छ ।    

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।