डडेलधुरा, अमरगढी–५, तुफानडाँडाका मुकेश अवस्थी आउँदो माघ महिनामा सिभिल इन्जिनियर अध्ययनका लागि अस्ट्रेलिया जाने तयारीमा हुनुहुन्थ्यो । विडम्बना गत महिना भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएर उहाँको अस्ट्रेलिया जाने सपना चकनाचुर भएको छ । २२ वर्षीय मुकेशको अस्ट्रेलियाको भिसा लागिसकेको थियो । नेपालबाट सबइन्जिनियरको अध्ययन सकेर इन्जिनियरिङ अध्ययनका लागि उहाँ अस्ट्रेलिया जाने तयारीमा हुनुहुन्थ्यो ।
मानिस अस्वस्थ भएमा सबैभन्दा पहिले पुग्ने ठाउँ हो– फार्मेसी । मानिसहरू दाँत दुख्यो, पेट दुख्यो, ज्वरो आयो, खोकी लाग्यो, टाउको दुख्यो भन्दै सबैभन्दा पहिले फार्मेसी पुग्ने गर्छन् । सहर होस् या गाउँमा
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि दैनिक एक सयभन्दा बढी सङ्ख्यामा ज्येष्ठ नागरिक आउने गर्छन् । तीमध्ये तीन जना ज्येष्ठ नागरिकमा अल्जाइमरको समस्या देखिने गरेको छ ।
नेपालमा बालबालिकामा अटिजमको समस्या बढ्दो रूपमा देखा परेको छ । नेपालको जनगणना २०७८ अनुसार नेपालमा कुल चार हजार ८८६ जनालाई अटिजम भएको तथ्याङ्क सार्वजनिक भएको छ तर विश्व स्वास्थ्य सङ्गठन यो सङ्ख्या धेरै कम भएको बताउँछ । सङ्गठनका अनुसार नेपालमा तीन लाख जनसङ्ख्यामा अटिजम भएको अनुमान छ ।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा घाइते भई अस्पताल भर्ना भएका बिरामीलाई भेट्नुभएको छ । उहाँले शनिबार दिउँसो महाबौद्धस्थित राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल, सिभिल अस्पतालमा गई घाइतेहरूको अवस्थाबारे जानकारी लिनुभयो ।
‘जेनजी आन्दोलन’ का क्रममा मङ्गलबार काठमाडौँका दुई अस्पतालमा थप चार जनाको निधन भएको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा तीन जना र तारकेश्वर सिटी अस्पतालमा एक जनाको निधन भएको हो ।
काठमाडौँका सङ्कल्प खड्काले मस्तिष्क मृत्यु भएका व्यक्तिको कलेजो दान पाएर कलेजो प्रत्यारोपण गराउनुभएको एक महिना पूरा भएको छैन । उहाँले आफ्नो नातेदार, घरपरिवार, आफन्तकहाँ हारगुहार गर्दा पनि कलेजो दानका लागि नमिलिरहेको अवस्थामा गत महिना ललितपुरस्थित सुमेरु सिटी अस्पतालमा मस्तिष्क मृत्यु भएको व्यक्ति आएपछि उहाँलाई कलेजो प्रत्यारोपण सहजै भएको हो ।
भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एउटै व्यक्तिमा तीन पटक सफल मिर्गौला प्रत्यारोपण भएको छ । केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा एकै व्यक्तिमा तेस्रो पटक मिर्गौला प्रत्यारोपण सफल भएको हो ।
सरकारले शल्यक्रिया सेवा गाउँ गाउँमा विस्तार गर्ने भएको छ । अब प्रत्येक दुई लाख जनसङ्ख्याका लागि एउटा शल्यक्रिया कक्ष (सर्जरी सेवा) सञ्चालन हुने छ ।
नेपालमा बर्सैपिच्छे महामारीका रूपमा देखापर्ने हैजा (कोलेरा) को प्रमुख कारण खानेपानी रहेको छ । अघिल्ला वर्षहरूमा खानेपानीमा ढल मिसिएर, इनारमा ढलको पानी मिसावट भएर, पानीका पाइप फुट्न गई हैजाको भाइरस मिसिएर, भिब्रियो कोलेरा भएको तरकारी नपखाली खाँदा हैजा महामारीका रूपमा फैलने गरेको छ ।
पर्साको वीरगन्जमा फैलिएको हैजा नियन्त्रणउन्मुख छ । गत वर्ष काठमाडौँ उपत्यकामा समेत छिटपुट रूपमा हैजाका जीवाणु फेला परेपछि सरकारको उच्च सतर्कतासहितको सक्रियताले नियन्त्रण भएको थियो । हरेक वर्ष बर्सातमा मुलुकका केही स्थानमा हैजाका जीवाणु भेटिने र कतै कतै प्रकोपको रूप लिने गरेको छ । यो पटक वीरगन्जबाट फैलिएको हैजाले केहीको ज्यानै लिएको छ भने एक सयभन्दा बढी बिरामी परेका छन् ।
नेपाली महिलाको महान् चाड तिज व्रतमा केही नखाई (निराहार) बस्दा स्वास्थ्यमा प्रतिकूल असर पर्नेतर्फ सचेत गराइएको छ । तिजमा महिलाहरू पानीसमेत नपिएर पतिको दीर्घायुका लागि व्रत बस्ने गर्छन् । निराहार व्रतले स्वास्थ्यमा प्रतिकूल असर गर्छ भन्दै चिकित्सकले सचेत गराएका छन् । वरिष्ठ चिकित्सक लोचन कार्कीले दरमा अत्यधिक खाना खाने र अर्को दिन केही नखाई निराहार व्रत बस्दा स्वास्थ्यमा प्रतिकूल असर पर्ने बताउनुभयो । उहाँले निराहार व्रत बस्दा शरीरका लागि आवश्यक पानी, भिटामिन, ग्लुकोज जस्ता पदार्थ अपुग भएर असर गर्ने बताउनुभयो ।
औषधी व्यवस्था विभागबाट प्रतिबन्धित औषधी बजारमा खुलेआम बिक्रीवितरण भइरहेको पाइएको छ । विभागले बजारमा अनुगमन गर्दा ठुलो परिणाममा त्यस्ता औषधी अस्पतालमा समेत भेटिएका छन् । गुणस्तरहीन पाइएपछि विभागले आयात अनुमतिपत्र रद्द गरेका त्यस्ता औषधी नाफा कमाउने उद्देश्यबाट नेपालमा ल्याउने गरिन्छ ।
नेपालमा चिकित्सा पेसामा आकर्षण हुन छाडेको छ । न्यून तलब सुविधा, असुरक्षा, पढेको शुल्क उठ्न कठिन, रोजगार पाउन मुस्किल जस्ता समस्याले गर्दा चिकित्सा पेसामा आकर्षण हुन छाडेको हो ।
स्वास्थ्य सेवालाई प्रभावकारी, मितव्ययी, जनमैत्री र सबै नागरिकमा पहुँच विस्तार गर्ने उद्देश्यसाथ प्रारम्भ गरिएको स्वास्थ्य बिमा कार्यक्रम थला पर्ने स्थितिमा पुगेको छ । स्वास्थ्य बिमा बोर्डमा दक्ष जनशक्तिको अभाव, प्रविधिको अनुपलब्धता र आर्थिक पक्ष कमजोर हुँदा नागरिकमैत्री र जनजीवनसँग जोडिएको महत्वपूर्ण स्वास्थ्य बिमा कार्यक्रम एक दशकपछि सङ्कटपूर्ण अवस्थामा पुगेको हो ।