सरकारले नुन आयातमा निजी क्षेत्रलाई प्रवेश गराएपछि बजारमा मापदण्डबमोजिम आयोडिनको मात्रा नभएको नुन व्यापक रूपमा बिक्रीवितरण हुँदा केही वर्षपछि नेपालमा आयोडिनको कमीले हुने स्वास्थ्य समस्या जटिल रूपमा देखिने खतरा बढेको छ ।
पुरुषको साझा समस्याका रूपमा प्रोस्टेट रोग रहेको छ । पछिल्लो समय युरोलोजिस्ट चिकित्सककहाँ प्रोस्टेट रोगका बिरामीको लाम लामो हुन्छ । नेपालका ७७ वटै जिल्लाबाट विभिन्न रोग उपचारका लागि सबैभन्दा पुरानो अस्पताल वीरमा दैनिक तीन हजार बिरामी आउने गर्छन् । तीमध्ये ४०० जना बिरामी युरो वार्ड ओपिडीमा आउने गर्छन् । अस्पतालका युरोलोजिस्ट वार्डका प्रमुख डा. रवीनबहादुर बस्नेतका अनुसार प्रोस्टेट भएर आउने बिरामी ८० देखि एक सय जना हुन्छन् । तीमध्ये उमेरका कारणले प्रोस्टेट भएका बिरामी ६० देखि ७० जना आउने गरेका छन् । यस्तै प्रोस्टेटको सङ्क्रमण भएर दैनिक १७ देखि २० जना आउने गरेका छन् । यसै गरी प्रोस्टेटका क्यान्सर भएर दैनिक चारदेखि छ जना बिरामी आउने गरेका छन् ।
स्रोतसाधन, भौगोलिक विकटता, जनशक्ति, स्वास्थ्यकर्मीको विदेश पलायनलगायतका समस्या स्वास्थ्य क्षेत्रले झेलिरहेको छ । यति हुँदाहुँदै पनि यस क्षेत्रमा केही उल्लेखनीय प्रगति हासिल भएको छ । सरकारको लक्ष्य अनुसार बाल तथा मातृ मृत्युदर घटाउने, खोपको पहुँच बढाउने, औसत आयु वृद्धि गर्ने जस्ता उपलब्धि हासिल भएका छन् । स्वास्थ्यसेवाको गुणस्तर, समान पहुँच, पर्याप्त लगानी र प्रभावकारी व्यवस्थापन अझै चुनौतीकै रूपमा रहेका छन् । २०४८ सालपछि स्वास्थ्य क्षेत्रमा सुरु भएका सुधारलाई आधार मान्ने हो भने सरकारले स्वास्थ्य क्षेत्रमा ठुलो फड्को मारेको छ । नेपालको संविधान २०७२ ले स्वास्थ्यला
नदी किनारबाट हटाइएका सुकुमवासीलक्षित सरकारले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बृहत् स्वास्थ्य शिविरको आयोजना गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा सञ्चालन भइरहेको शिविरमार्फत विस्थापित नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको हो । आइतबारसम्म शिविरमा ३०८ जनाको स्वास्थ्य परीक्षण भएको छ । शिविर सोमबारसम्म सञ्चालन हुने छ ।
सार्वजनिक स्थलमा धूमपान नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन काठमाडौँ महानगरपालिकाले नयाँ रणनीति अगाडि सारेको छ । काठमाडौँ, महानगरपालिकाले यसअघि पनि सार्वजनिक स्थलमा धूमपान गर्नेलाई एक सय रुपियाँ जरिबाना गर्ने गरेको थियो । काठमाडौँ महानगरपालिका र नेपाल प्रहरीबिच भएको सहकार्य अन्तर्गत धूमपान नियन्त्रण गर्ने योजना अघि बढाइएको हो । महानगरकी कार्यवाहक मेयर सुनिता डङ्गोलले धूमपान नियन्त्रणका लागि नेपाल प्रहरीसँग सहकार्य गरेर कानुन कार्यान्वयनलाई व्यावहारिक र प्रभावकारी बनाउने जानकारी दिनुभयो । डङ्गोलले धूमपान नियन्त्रणलाई केवल कारबाहीको विषयका रूपमा मात्र नभई जनस्वास्थ्यको मुद्दाका रूपमा लिनुपर्ने बताउनुभयो ।
सरकारले स्वदेशमै औषधी उत्पादन बढाएर आयातमा निर्भरता घटाउने उद्देश्यसहित दीर्घकालीन योजना अघि बढाएको छ । राष्ट्रिय तहमा सहमति जुटाई तयार गरिएको प्रतिबद्धतामा औषधी उद्योगको
बानेश्वरमा बस्दै आउनुभएका समीर शर्मा (नाम परिवर्तन) को चार वर्षका छोरा हुनुहुन्छ । एक वर्षअघिसम्म छोरालाई अटिजम भएको पत्ता लागेको थिएन । चार वर्षसम्म बोली नआएपछि र गतिविधिमा कुनै परिवर्तन नआएपछि चिकित्सककहाँ लगेपछि मात्र अटिजम पत्ता लागेको थियो । महँगो शुल्क तिरेर हेरचाहका लागि राख्नुपर्ने, घरमा हुँदा पनि एक जना बच्चाको हेरालु बस्नुपर्ने समस्याले शर्मालाई पिरोलिरहन्छ ।
स्वास्थ्य क्षेत्रमा देखिँदै आएका विकृति, विसङ्गति र अव्यवस्था अन्त्य गर्ने उद्देश्यसहित नयाँ सरकारले शासकीय सुधार अन्तर्गत स्वास्थ्य क्षेत्रका महत्वपूर्ण कार्यक्रम कार्यान्वयनमा ल्याउन थालेको छ ।
नेपालमा पछिल्ला वर्षहरूमा तीव्र रूपमा बढ्दै गएको बाथरोग नियन्त्रणले प्राथमिकता पाउन सकेको छैन । बाथरोगको पहिचान तथा उपचारमा प्राथमिकता दिन नसक्दा बिरामीहरू उपचारको पहुँचबाहिर रहेका छन् ।
दाँतको सरसफाइले मात्र मुख तथा दाँतको ९५ प्रतिशत रोग रोक्न सकिने भए पनि दन्त स्वास्थ्यमा मानिसको बेवास्ताले गर्दा रोग बढिरहेको छ । खानपान तथा जीवनशैलीका कारण दाँतका बिरामी दिनप्रतिदिन बढिरहेका छन् । दाँत किराले खाने समस्या नेपालमा मुखसम्बन्धी सबैभन्दा ठुलो समस्या देखिएको छ । त्यसपछि गिजासम्बन्धी समस्या पनि देखिएको छ । पानपराग, गुट्खा, सुर्तीजन्य पदार्थ सेवनले गर्दा पनि दाँतको रोग बढिरहेको छ ।
नेपाली औषधी उद्योगको बजार हिस्सा खुम्चँदै गएको छ । नेपाललाई औषधीमा आत्मनिर्भर बनाउन सरकारले गरेको प्रयत्न र नयाँ औषधी उद्योग थपिने क्रम जारी रहे पनि औषधीको बजार हिस्सा भने अत्यन्तै न्यून अङ्कमा सीमित हुन पुगेको छ ।
नेपालमा नसर्ने रोगको समस्या दिनप्रतिदिन बढ्दै जाँदा मिर्गौलाको समस्या जनस्वास्थ्य समस्याका रूपमा देखा परेको छ । नेपालमा मात्र वार्षिक तीन हजार जनाको मिर्गौला फेल हुने गरेको छ । तीमध्ये केही बिरामीको मात्र नेपालमा प्रत्यारोपण गर्न सकिने अवस्था छ । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रकी कार्यकारी निर्देशक डा. कल्पनाकुमारी श्रेष्ठले नेपालमा प्रत्येक वर्ष झन्डै तीन हजार जनाको मिर्गौला पूर्ण रूपमा काम गर्न नसक्ने अवस्थासम्म पुग्ने गरेको जानकारी दिनुभयो । उहाँले बिरामीलाई जीवनरक्षा गर्न नियमित डायलासिस वा मिर्गौला प्रत्यारोपण आवश्यक
प्रतिनिधि सभा निर्वाचन २०८२ मार्फत चिकित्सा पेसासँग आबद्ध व्यक्ति पनि संसद्मा पुग्ने हुने भएका छन् । विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका चिकित्सा पेसासँग आबद्ध व्यक्ति निर्वाचित भएका हुन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि उम्मेदवार बनेका आठ जना पूर्वस्वास्थ्यमन्त्री पराजित हुनुभएको छ । पराजित हुनेमा नेपाली कांग्रेसका सभापति तथा पूर्वस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गगनकुमार थापा; पूर्वउपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव; नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेल; पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाल, गिरिराजमणि पोखरेल, शेरबहादुर तामाङ, पदम गिरी र प्रदीप यादव हुनुहुन्छ ।
बिहीबार सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्थामा प्रभावकारी स्वास्थ्य सेवा सञ्चालन गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले निर्वाचनमा हुन सक्ने झडपलाई आकलन गरेर आकस्मिक कक्षमा जनशक्ति बढाउने भएको छ । आकस्मिक कक्षमा जनशकित बढाउनुका साथै विशेषज्ञ सेवा आकस्मिक कक्षमै व्यवस्थापन गरेको छ । मन्त्रालयले स्वास्थ्य संस्थामा स्वास्थ्य सेवा नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्न विशेष तयारी गरेको जानकारी दिएको छ ।