नेपालमा नर्सिङ अध्ययन गरेका अधिकांश विद्यार्थी स्वदेशमा राम्रो अवसर नभएपछि विदेश जाने सोचले निर्देशित हुने गरेका छन् । नर्सिङ तेस्रो वर्षमा अध्ययनसँगै उनीहरू विदेश जानका लागि तयारी गरिरहेका हुन्छन् । यस्तैमध्येका एक हुनुहुन्छ– रियासा खड्का । उहाँले पढाइसँगसँगै विदेश जानका लागि तयारी थालिसक्नुभयो । यस्तै पिसिएल नर्सिङ अध्ययन सकेर छ महिनाको अनुभवपछि सरु रुपाखोतीले अमेरिकाका लागि पहल गर्नुभयो । उहाँको भिसा लाग्यो । अमेरिका गएर थप अध्ययन गरेपछि यतिखेर सरुको कमाइ राम्रो छ । “एक घण्टाको ६५ डलर कमाउँछु,” रुपाखेतीले भन्नुभयो, “यहाँ जति अनुभव बढ्दै गयो, तलब त्यति बढ्दै जान्छ ।”
आगामी फागुन २१ मा सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनमा विगतमाभन्दा धेरै चिकित्सकले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी तथा स्वतन्त्र ढङ्गले उम्मेदवारी दिनेमा चिकित्सक पनि छन् । विगतको तुलनामा यो पटक विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारका रूपमा चिकित्सक चुनावी मैदानमा धेरै उत्रिएका छन् । स्वास्थ्य क्षेत्रको विकास, जनस्वास्थ्य नीति, स्वास्थ्य शिक्षालगायतका विषयमा प्रत्यक्ष अनुभव बोकेका चिकित्सकले उम्मेदवारी दिनुलाई यस पटकको निर्वाचनमा महìवकासाथ हेरिएको छ ।
नेपालमै उनन्सय प्रतिशत क्यान्सरको उपचार सम्भव छ । क्यान्सर उपचारमा बर्सेनि नयाँ नयाँ प्रविधिहरू आइरहेका छन् । विश्वमा क्यान्सर उपचारमा नयाँ प्रविधि विकास भए पनि नेपालमा भने त्यस्ता प्रविधि भित्र्याउन सकिएको छैन । “विश्व स्तरको क्यान्सरको उपचार नेपालमा नै हुन्छ,” भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले भन्नुभयो, “नेपालमा सम्भव नहुने केही क्यान्सरको उपचारका लागि मात्र बिरामीहरू भारतलगायत मुलुकमा जाने गरेका छन् ।”
विश्वभर सुर्ती उद्योगले सुर्तीजन्य पदार्थ बजारीकरण गर्दा कानुनलाई चुनौती दिँदै हस्तक्षेप गरेको पाइएको छ । यसमा नेपाल पनि १४ औँ स्थानमा परेको छ । स्वास्थ्य मन्त्रालय र स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण राष्ट्रिय सञ्जालले गरेको अध्ययनले सुर्ती उद्योगले नेपालमा सामाजिक उत्तरदायित्वको नाममा कानुनविपरीत अनेक उपहार तथा प्रायोजन गरी सुर्ती उद्योगले कानुनलाई चुनौती दिएको पाइएको हो ।
नेपालमा प्रत्येक वर्ष तीन हजारभन्दा बढी नयाँ सङ्क्रमित कुष्ठरोगी देखापर्ने गर्छन् । नेपालले सन् २०१० मा कुष्ठरोग निर्मूलीकरण भएको घोषणा गरेको थियो तर त्यो घोषणा घोषणामा मात्रै सीमित भएको छ ।
सेवाप्रदायक संस्थालाई भुक्तानी दिन नसक्दा स्वास्थ्य बिमा बोर्ड सङ्कटमा पुगेको छ । अस्पतालहरूले धमाधम स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्न थालेपछि सङ्कटमा पुगेको हो
सर्लाहीका विदुर सुवेदी कुखुरापालक किसान हुनुहुन्छ । उहाँले कुखुरालाई एन्टिबायोटिकको प्रयोग गरेर तौल बढाउनका लागि पशु प्राविधिकको सल्लाह लिनुहुन्छ । उहाँ जस्ता हजारौँ किसान कसरी कम समयमा कुखुराको तौल बढाउने र आम्दानी गर्ने भन्नेमा बढी तल्लीन हुन्छन् ।
चिसो मौसम बढेसँगै अस्पतालहरूमा बिरामीको चाप बढ्न थालेको छ । उपत्यकाका वीर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा चिसोका कारण हुने बिरामीको चाप बढेको हो ।
अधिकांश दुर्घटनाका घाइतेको शल्यक्रिया हुने राष्ट्रिय ट्रमा सेन्टरमा मोडुलर ओटी (आधुनिक एकीकृत शल्यक्रिया) कक्ष सञ्चालनमा आएपछि सङ्क्रमण घट्दै गएको छ । सेन्टरले अत्याधुनिक पाँच वटा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष सञ्चालनमा ल्याएपछि सङ्क्रमण घट्दै गएको हो ।
वीर अस्पतालमा विश्वमै दुर्लभ न्युरो शल्यव्रिmया सफल भएको छ । अस्पतालका न्युरो विभाग प्रमुख डा. राजीव झाको नेतृत्वमा काठमाडौँ कोटेश्वर निवासी १०३ वर्षीय तोरणकुमारी बानियाँको सफल शल्यक्रिया भएको हो ।
जेनजी आन्दोलनका क्रममा घाइते हुनुभएका प्रकाश बोहोरा राष्ट्रिय ट्रमा सेन्टरको चौथोतलामा पाँच महिनादेखि उपचार गराइरहनुभएको छ । गत भदौ २३ गते जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरमा घाइते हुनुभएका बोहोरालाई चिकित्सकले उहाँको उपचारका लागि पाँच वर्षको उपचार योजना सुनाएपछि भविष्यप्रतिको चिन्ताले उहाँका मनमा गम्भीर चिन्ता छाएको छ ।
स्वास्थ्य बिमामा दीर्घरोगीको मात्र आकर्षण बढेको छ । स्वस्थ व्यक्तिले सकभर स्वास्थ्य बिमा नगर्ने, बिमा गरिहालेको अवस्थामा नवीकरण गर्न रुचि नदेखाउने गरेका छन् । मानिसलाई जब दीर्घरोगले समात्छ, अनि स्वास्थ्य बिमा गर्न उत्साही हुने गरेका छन् । यो गलत प्रवृत्तिका कारण स्वास्थ्य बिमा बोर्ड कमजोर बन्दै गएको छ ।
बाथरोग लागेका बिरामी अन्तिम अवस्थामा अस्पताल आउँदा जीवनभर औषधी सेवन गर्न बाध्य भएका छन् । समयमै उपचार नगर्दा वा लक्षण सहेर बेवास्ता गर्दा उनीहरूले जीवनभर बाथरोगको औषधी सेवन गर्नु परेको हो ।
जेनजी आन्दोलनका घाइते दीपेन्द्र बस्नेतले डा. सन्दुक रुइतसँग आँखाको उपचार गराउनुभएको छ । ‘‘डा. रुइतलाई आँखा देखाउन पाए तेरो आँखाको दृष्टि (भिजन) बचाउन सकिन्छ भन्ने सबैको सल्लाह थियो,” दीपेन्द्रले भन्नुभयो, गोरखापत्रमा समाचार प्रकाशित भएपछि स्वास्थ्य मन्त्रालयबाट र तिलगङ्गा आँखा अस्पतालबाट फोन आयो ।” घाइते बस्नेतको समाचार पुस ३ गतेको गोरखापत्रमा प्रकाशित भएको थियो ।
टाउकोमा गोलीको छर्रा, शरीरको अर्को भाग प्यारालाइसिस अनि दायाँ आँखा पूर्ण बन्द र बाँया आँखाको ६६ प्रतिशत मात्र भिजनको भरमा अस्पताल धाइरहनुभएका जेनजी आन्दोलनका घाइते दीपेन्द्र बस्नेत समुन्नत नेपाल हेर्ने प्रतीक्षामा हुनुहुन्छ ।