प्रविधिको विकाससँगै स्वास्थ्यमा सबैको पहुँच पु-याउन ‘डिजिटल हेल्थ’ को अवधारणा अघि सारिएको छ । सरकारले गत वर्ष नीति तथा कार्यक्रममा डिजिटल हेल्थ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको थियो । सोही घोषणा अनुसार नेपालमा राष्ट्रिय डिजिटल स्वास्थ्य दिवस मनाउन सुरु गरिएको छ ।
महाराजगन्जस्थित मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मात्र वार्षिक २५० जना बालबालिकाको मुटुको शल्यक्रिया हुँदै आएको छ। सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा अरू दुई सय जनाको शल्यक्रिया हुन्छ। शल्यक्रियाबाहेक वार्षिक पाँचदेखि सात सय बाथ मुटुरोग भएका बालबालिकाको उपचार हुने गरेको छ। यो तथ्याङ्कले बालबालिकामा मुटुरोगको समस्या बढ्दो क्रममा देखाउँछ। बाल मुटुरोगमा जन्मजात मुटुको समस्या र मुटुमा प्वाल हुने देखिएका छन्। प्वालको उपचार शल्यक्रिया हो।
नेपालमा अत्यधिक सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्ति नसर्ने रोगको सिकार हुने गरेका छन्। वीर, पाटन, त्रिवि शिक्षण अस्पताल, कान्ति अस्पतालमा आउने यस्ता रोगका बिरामीमध्ये अधिकांशले सुर्तीजन्य पदार्थ सेवन गरेको पाइएको छ। नियमित सुर्ती, चुरोट, बिँडी, हुक्का सेवन गर्ने व्यक्तिलाई क्यान्सर, मुटुरोग, श्वासप्रश्वाससम्बन्धी रोग, मधुमेह, कलेजो, फोक्सो, दम, खोकीलगायतका नसर्ने रोग लाग्ने गर्छ। वीर अस्पतालमा कार्यरत छातीरोग विशेषज्ञ डा. अशेष ढुङ्गानाले अस्पतालमा दैनिक ३० जनासम्म बिरामी श्वासप्रश्वास (दम)को समस्या लिएर आउने गरेको जानकारी दिँदै तीमध्ये ८० प्रतिशतले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको पाइएको बताउनुभयो। उहाँले चुरोट र सुर्ती सेवनले श्वासप्रश्वाससम्बन्धी रोग मात्र नभई, जटिल किसिमका नसर्ने रोग लाग्ने बताउनुभयो। दम, खोकी प्रमुख समस्या रहेकामा २७ प्रतिशत पुरुष र छ
नेपालमा पहिलो पटक मङ्कीपक्स देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले ६० वर्षीया एक जना महिलामा मङ्कीपक्स पुष्टि भएको जानकारी दिनुभयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना परीक्षण गर्दा ती महिलामा मङ्कीपक्स भाइरसबाट हुने ‘एमपक्स’ देखिएको हो ।
सन् २०२६ सम्ममा दादुरा निवारण गर्ने नेपालको लक्ष्यमाथि चुनौती थपिएको छ । पाँच महिनाअघि नेपालगन्जबाट सुरु भएको दादुराले अहिले देशव्यापी रूप लिँदा चुनौती थपिएको हो । हाल काठमाडौँसहित सुर्खेत, बाँके, बर्दिया, कैलाली, बाजुरालगायतका जिल्लामा दादुराको प्रकोप फैलिएको छ ।
रौतहट गढिमाई नगरपालिका–९ का रामजी रामको विद्यालयमा अध्ययन गर्दा ठुलो सपना थिएन । भारतको पन्जाबमा गएर धान या उखु काट्ने काम गर्ने र आमाबुबालाई राम्रोसँग पाल्ने मात्र उहाँको लक्ष्य थियो । समाजका सबै मानिस जागिरका लागि पन्जाब जान्थे, धान काट्थे र पैसा कमाएर ल्या
सरकारले वीर अस्पतालको जलन उपचार कक्ष (बर्न युनिट) लाई जलन उपचार केन्द्रका रूपमा विकास गर्ने भएको छ । सोमबार सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले वीर अस्पतालको जलन कक्षलाई स्तरोन्नति गरी सुविधा सम्पन्न जलन उपचार केन्द्रका रूपमा विकास गर्ने बताउनुभयो ।
आयुर्वेदिक चिकित्सालय नरदेवीले स्वास्थ्य सेवा थप गरेसँगै बिरामीको भिड बढ्न थालेको छ । अस्पतालको सेवामा सुधार गरी थप सेवा विस्तार भएसँगै अस्पतालमा बिरामीको भिड बढ्न थालेको हो । पछिल्लो समय अस्पतालमा दैनिक तीन सय बिरामी ओपिडीमा आउने गरेका छन् ।
सरकारले प्रत्येक आधारभूत अस्पतालमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ र एमडिजिपी चिकित्सक रहने योजना सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०८०/ ८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी दिनुभएको छ। शुक्रबार सार्वजनिक सरकारको नीति तथा कार्यक्रममा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ र एमडीजीपी चिकित्सक राख्ने घोषणा गरिएको छ। अस्पतालमा कम्तीमा तीन जना मेडिकल अधिकृत रहने बताउनुभयो। यस्तै आधारभूत अस्पतालमा आवश्यक नर्सलगायतका प्राविधिक जनशक्ति, प्रयोगशालाका लागि आवश्यक उपकरण तथा सामग्री, एक्स–रे, अल्ट्रासाउन्ड, इको, इसिजी लगायतका उपकरण हुनेछ।
सरकारले किशोरीलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप उपलब्ध गराउने भएको छ । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख डा सुरेन्द्र चौरसियाले असारसम्म ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) विरुद्धको खोप ल्याउन लागेको जानकारी दिनुभयो । उहाँले एचपिभी खोप सुरुमा परीक्षणका रूपमा १५ वर्षसम्मका किशोरीलाई लगाइने जानकारी दिनुभयो ।
नेपालमा ल्याप्रोस्कोपी विधिबाट गरिने शल्यक्रिया प्रभावकारी बन्दै गएको छ। विदेशमा अत्यधिक प्रयोग भइरहेको ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया नेपालमा भने कम हुने गरेको छ। नेपालमा निजी अस्पताल तथा केही सरकारी अस्पतालबाट ल्याप्रोस्कोपी विधिबाट सर्जरी गर्ने गरिएको छ।
चिकित्सकहरूको परामर्श (ओपीडी) शुल्कमा पुनरवलोकन गरिएको छ। जेठ १ गतेदेखि लागू हुनेगरी चिकित्सकहरूको ओपीडी शुल्कमा वृद्धि गरिएको हो। चिकित्सकहरूको योग्यताका आधारमा नयाँ शुल्क पुनरवलोकन गरिएको हो। स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले दुई वर्षअगाडि नै मन्त्रालयले चिकित्सक सङ्घलाई दुई–दुई वर्षमा शुल्क पुनरवलोकन हुनेगरी सहमति दिइसकेको बताउनुभयो। नेपाल चिकित्सक सङ्घ र निजी अस्पतालहरूको सङ्गठन (अफिन)को संयुक्त बैठकले शुल्क पुनरवलोकन गरी बढाउने निर्णय गरेको हो।
“यो एम्बुलेन्स कैलालीमा गुडिरहेको छ । यसले बिरामी पनि बोकेको छ,” स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मन्त्रालयको नियन्त्रण कक्षमा रहेको कम्प्युटरको ठूलो स्क्रिनमा देखाउँदै भन्नुभयो । एम्बुलेन्सहरूको मनोमानी बढेको र बिरामीले समयमा नै सुलभ र प्रभावकारी सेवा नपाएको गुनासो व्यापक रूपमा आएपछि सरकारले देशैभरमा सञ्चालन हुने एम्बुलेन्सको एकीकृत निगरानी गर्ने प्रणाली लागू गरी अनुगमन थालेको छ ।
तीन महिनाभित्र वीर अस्पतालमा जलन उपचार कक्ष (बर्न वार्ड) सञ्चालन गर्ने घोषणा भएको समय व्यतीत हुन लाग्दा सामान्य भौतिक पूर्वाधार मात्र तयार भएको छ। दुई महिनामा सामान्य भौतिक पूर्वाधार तयार भएको छ भने आवश्यक उपकरण र जनशक्तिको व्यवस्था अझैसम्म भएको छैन।
कान्ति बाल अस्पताल ‘बाल स्वास्थ्य अध्ययन संस्थान’मा परिणत हुने भएको छ । कान्ति बाल अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले कान्ति बाल अस्पताललाई ‘बाल स्वास्थ्य विज्ञान संस्थान’मा परिणत गर्न विस्तृत आयोजना प्रतिवेदन तयार भएको जानकारी दिनुभयो । उहाँका अनुसार डीपीआर निर्माणका लागि २८ करोड रुपियाँ खर्च भएको छ ।