उपत्यकाभित्र हैजाको प्रकोप बढिरहेको छ । बिहीबार पनि थप एक जना बिरामीमा हैजाको पुष्टि भएको छ । योसहित हाल टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र पाँच जना हैजा (कोलेरा)का बिरामी पुष्टि भएको छ ।
स्वास्थ्य बीमा आफैँ बिरामी परेको छ । कार्यान्वयनका केही समस्याका कारण अस्पतालहरूले स्वास्थ्य बीमासम्बन्धी सेवा बन्दको घोषणा गर्न थालेका छन् । मध्यम तथा आर्थिक रूपमा विपन्नलाई सो सेवा उपलब्ध गराएबापत प्राप्त गर्नुपर्ने भुक्तानी नपाएपछि हैरान भएर सेवा नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको अस्पतालका पदाधिकारीको भनाइ छ ।
दैलेखका विष्णु शाही ठकुरी भारतमा बस्दै आउनुभएको २० वर्ष भयो । हाल भारतको नयाँदिल्लीमै काम गरेर उहाँ बस्नुभएको छ । उहाँ बस्ने ठाउँमा बिहानदेखि बेलुकीसम्मै ३०÷४० जना नेपाली एकआपसमा भलाकुसारी गरेर बसिरहेका हुन्छन् । त्यहाँ भलाकुसारी गरेर बस्ने सबै नेपाली क्यान्सर रोगी र क्यान्सर रोगीका आफन्त मात्र हुन् । क्यान्सरको उपचारमा जाने र उपचारपछि नियमित फलोअपमा जाने धेरै नेपालीको बस्ती नै छ यहाँ । वास्तवमा विदेशमा गएर उपचार गर्नु भनेको धेरै कठिन काम हो । त्यो पनि एक÷दुई दिन होइन, दुई÷तीन महिनादेखि एक वर्षसम्म नै निरन्तर बस्नुपर्ने हुन्छ ।
सरकारले जटिल प्रकृतिका बिरामीका लागि मासिक पाँच हजार भत्ता उपलब्ध गराउने भएको छ । त्यसका लागि सरकारले एक अर्ब ५० करोड रुपियाँ बजेट छुट्याएको छ । अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत बजेटमा मिर्गौला प्रत्यारोपण तथा डायलासिस गराएका व्यक्ति, निको भएका क्यान्सरका बिरामी र मेरुदण्डको पक्षघात भएका बिरामीका लागि मासिक भत्ताको व्यवस्था गरिएको बताउनुभयो ।
पाँच वर्षभन्दा माथिका बालबालिकालाई लगाउन मिल्ने कोरोनाविरुद्धको खोप आउने भएको छ । कोभ्याक्स सुविधाअन्र्तगत अमेरिका सरकारले ८४ लाख मात्रा खोप फाइजर अनुदानमा दिन लागेको हो ।
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्यका कार्यक्रमलाई विशेष प्राथमिकता दिएको छ । मङ्गलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यका महत्त्वपूर्ण कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
नेपालमा अध्ययन गरेका धेरै नर्सको चाहना युरोप, अमेरिका, अस्ट्रेलियाजस्ता देशमा गएर कसरी राम्रो कमाइ गर्ने भन्ने छ । हुन पनि नेपालमा नर्सले १०/१२ हजार रुपियाँमा महिनाभरि काम गर्नुपर्ने बाध्यता छ । नर्सिङ पढ्नलाई झन्डै १० लाख रुपियाँभन्दा बढी खर्च हुन्छ । लगानीअनुसार पारिश्रमिक नपाउँदा उनीहरू विदेशिन बाध्य हुनुपरेको हो । त्यसमाथि कतिपयले त विदेशमा नर्सको भविष्य छ भनेर यो विषय अध्ययन गर्छन् र पढाइ सकिएपछि विदेशतिर लाग्छन् । उनीहरूले विदेशमा दुःख गरेर राम्रो कमाइ त गर्छन् तर खर्च पनि त्यहीअनुसार हुने र कर पनि त्यहीअनुसार तिर्नुपर्ने हुनाले कतिपय मुलुकमा भने बचत धेरै हुँदैन ।
स्थानीय तहको निर्वाचनमा प्रत्येक मतदान स्थलमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिने भएको छ । निर्वाचन आयोग र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा देशैभरका मतदान केन्द्रमा स्वास्थ्यकर्मी परिचालन गरिने भएको हो ।