चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा अत्याधुनिक जलन उपचार कक्ष (बर्न वार्ड) बन्ने भएको छ । २०७२ वैशाखको भूकम्पपछि बन्द रहेको बर्न
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार बिहान शिक्षण अस्पताल महाराजगञ्ज पुगी यती एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएकाका परिवारसँग भेट गर्नुभयो। शव परीक्षण गरी परिवारलाई बुझाउन ढिलाइ भइरहेको सन्दर्भमा उहाँले शव परीक्षण (पोस्टमार्टम)को कार्य चाँडो गराउने पनि वचन दिनुभयो। उहाँले शव पहिचानको काम शीघ्र सम्पन्न गर्न, पहिचान वैज्ञानिक बनाउन र परिवारलाई छिटो हस्तान्तरण गर्न निर्देशन दिनुभयो। त्यसका लागि आवश्यक पर्ने सहयोग सरकारसँग माग्न पनि अस्पताल पदाधिकारीलाई उहाँले आग्रह गनुभयो। केही दिनदेखि पोस्टमार्टमको कामले गति लिन नसक्दा गुनासो बढेको सन्दर्भमा प्रधानमन्त्रीले यो निर्देशन दिनुभएको हो।
वीर अस्पतालका छवटा शल्यक्रिया कक्ष (अपरेसन थिएटर) प्रयोगविहीन भएका छन् । ती शल्यक्रिया कक्ष उपकरण बिग्रिएर नभई जनशक्ति अभावले प्रयोगविहीन भएका हुन् । वीर अस्पतालमा १५ वटा शल्यक्रिया कक्ष छन् । तीमध्ये नौवटा प्रयोगमा छन् । अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. भुपेन्द्रकुमार बस्नेतले भन्नुभयो, “जनशक्ति अभावले सबै अपरेसन थिएटरलाई सञ्चालन गर्न सकेका छैनौँ ।”
नेपालमा बढ्दै गइरहेको बाथ रोगको पहिचान तथा उपचारको पहुँचमा ल्याउनका लागि साताव्यापी निःशुल्क बाथ रोग शिविर सञ्चालन हुने भएको छ ।
भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षमा एक हजार बिरामीको मिर्गौला प्रत्यारोपण भएको छ । केन्द्रमा हाल दैनिक चार जनासम्मको मिर्गौला प्रत्यारोपण हुने गरेको छ ।
जाडो मौसमको सुरुवातसँगै अस्पतालमा मौसमी फ्लुका बिरामीको सङ्ख्या बढ्न थालेको छ । कतिपय बिरामी आफूलाई गाह्रो भएपछि मात्रै अस्पताल जाने गरेका छन् भने कतिपय बिरामी घरायसी उपचार गरेर बसेका छन् । टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, ग्रान्डी अस्पताल, ह्याम्स, ईशान, नर्भिकलगायतका अस्पतालमा जाडो मौसमसँगै रुघाखोकी, ज्वरो, दम, टाउको दुख्ने समस्या लिएर अस्पताल जाने गरेका छन् ।
छिमेकी मुलुकमा कोभिड–१९ सङ्क्रमण तीव्र रूपमा बढ्दै गएपछि नेपालमा पनि शून्यमा झरेको कोभिड–१९ का सङ्क्रमित बढ्न थालेका छन् । बिहीबार मात्र १४ जना व्यक्तिलाई कोभिड–१९ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले एकै दिन कोभिड–१९ सङ्क्रमित बढेकाले नेपालमा नयाँ भेरियन्ट हो भन्न नमिल्ने बताउनुभयो । उहाँले विगतमा पनि छिमेकी मुलुकमा कोभिड–१९ को सङ्क्रमण बढ्ने र विस्तारै नेपालमा भित्रिने गरेको स्मरण गर्दै नेपालमा पनि नयाँ देखिएको भेरियन्ट आउँदैन भन्न सक्ने अवस्था नरहेको बताउनुभयो ।
छिमेकी देशमा कोभिड–१९ को नयाँ स्वरूप पुष्टि भएसँगै सरकारले नेपालमा पनि सतर्कता अपनाउन सुझाव दिएको छ । साथै सरकारले कोभिडको नयाँ स्वरूपलाई लक्षित गर्दै फाइजरको नयाँ खोप ल्याउने प्रक्रिया अघि बढाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले स्वास्थ्य सेवा विभागले गाभीमार्फत १५ लाख डोज फाइजरको नयाँ खोप ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो । उक्त खोप नयाँ भेरियन्टका लागि प्रभावकारी रहेको पुष्टि भएको विश्व स्वास्थ्य सङ्गठनले प्रमाणित गरेपछि खोप ल्याउने तयारी भइरहेको हो ।
नेपालमा स्वास्थ्य क्षेत्रका सूचकाङ्कमा उल्लेख्य सुधार आएको छ । नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणका अनुसार नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार आएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा शुक्रबार सर्वेक्षण सार्वजनिक गर्दै योजना महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले मातृ तथा बाल स्वास्थ्यमा भएको प्रगतिलाई सर्वेक्षणले जोड दिएको जानकारी दिनुभयो । स्वास्थ्य सर्वेक्षणअनुसार नेपालका महिलाले औसतमा दुई सन्तान जन्माउने गरेका छन् ।
स्वास्थ्य बीमामा बीमितहरूले अनावश्यक परीक्षण गर्न चिकित्सकहरूलाई दबाब दिन थालेपछि स्वास्थ्य बीमा बोर्डले बीमित बिरामीबाटै थप १० प्रतिशत शुल्क लिने तयारी गरेको छ । स्वास्थ्य बीमा बोर्ड बैठकमा बीमितले अनावश्यक परीक्षणका लागि दबाब दिन थालेको भन्दै बीमितबाट थप १० प्रतिशत उठाउनुपर्ने प्रस्ताव आएको थियो ।
आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूले सार्वजनिक गरेका घोषणापत्रमा स्वास्थ्यको विषयलाई प्राथमिकतासाथ राखेका छन् । तर, कतिपय राजनीतिक दलले कार्यान्वयन भइसकेको विषयलाई प्राथमिकता दिँदै आफ्नो दल विजयी भएको अवस्थामा उक्त घोषणापत्र कार्यान्वयन गर्ने भनेका छन् ।
छ वर्ष लगाएर एमबीबीएस उत्तीर्ण भए पनि चिकित्सा पेसाका लागि लिइने ‘लाइसेन्स’ परीक्षामा विद्यार्थी (डाक्टर)हरू पटक–पटक असफल हुने गरेका छन्। डाक्टरहरू धेरै पटक असफल हुनथालेपछि नेपाल मेडिकल काउन्सिलले एमबीबीएस उत्तीर्ण तर लाइसेन्स (नाम दर्ता प्रमाणपत्र) परीक्षामा अनुत्तीर्ण विद्यार्थीले भविष्यमा चिकित्सा पेसा नगर्ने गरी उनीहरूलाई लाइसेन्स नचाहिने व्यवस्था गर्न लागेको छ।
बिरामीको उपचारमा व्यस्त भइरहने चिकित्सकलाई पनि चुनावको रन्कोले छोएको छ। विगतका चुनावमा एकाध चिकित्सक देखापर्थे भने यस पटक चुनावी मैदानमा थुप्रै चिकित्सक प्रतिस्पर्धामा उत्रिएका छन्। पद र पेसाबाट राजीनामा दिएर प्रतिस्पर्धामा होमिएका उहाँहरू आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि यतिबेला व्यस्त हुनुहुन्छ। चुनावी मैदानमा उत्रने केही चिकित्सक मुख्य राजनीतिक पार्टीबाटै चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ भने केहीले स्वतन्त्र रूपमा उम्मेदवारी दिनुभएको छ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत निर्देशकलगायत पाँच जना स्वास्थ्यकर्मी एकैपटक विदेश तथा स्वेदश भ्रमणमा जाँदा सेवाग्राही समस्यामा परेका छन्। प्रयोगशालामा रक्त क्यान्सर पत्ता लगाउने सेवा उपलब्ध हुँदाहुँदै एकसाथ त्यत्तिका स्वास्थ्यकर्मीको भ्रमणले बिरामी परीक्षणका लागि निजी प्रयोगशालामा पठाउने गरिएको छ। पाँच जनामध्ये तीन जना विदेश भ्रमणमा हुनुहुन्छ भने दुई जना स्वदेश भ्रमणमा हुनुहुन्छ।
केही दिनअघि थापाथलीस्थित परोपकार, प्रसूति तथा स्त्रीरोग अस्पतालमा नियमित जाँचमा आउने गर्भवती महिलाको कार्डमा डाक्टरले लेखिदिए ‘म चिकित्सकको सल्लाहविपरीत घर जाँदैछु । केही भइपरि आएमा आफैँ जिम्मेवारी हुनेछु ।’ त्यसमा बिरामीलाई सही गर्न लगाइयो । ललितपुर टीकाथली बस्ने गर्भवती नियमित परीक्षणका लागि अस्पताल जाँदा उहाँको स्वास्थ्यमा जटिलता आएपछि चिकित्सकले तत्काल अस्पताल भर्ना हुनुपर्ने सुझाव दिएका थिए तर ती महिलाले आफू एक्लै आएको हुनाले अस्पताल भर्ना हुन नमानेपछि चिकित्सकले केही भइहाले बिरामी आफैँ जिम्मेवारी हुने गरी हस्ताक्षर गरी घर पठाइदिएका हुन् ।