काठमाडौ, असार ३१ गते । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकै दिन चार जनामा मिर्गौला प्रत्यारोपण भएको छ । केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा स्वस्थ व्यक्तिको दानवाट आएको मिर्गौला प्रत्यारोपण भएको हो । केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले दिनुभएको जानकारी अनुसार अर्घाखाँचीकी २६ बर्षीया छोरीले ४८ बर्षीया आमावाट मिर्गौला दान दिनुभएको छ । यस्तै दोलखाका २७ सौतेनी छोराले ३८ बर्षीया आमावाट मिर्गौला दान दिनुभएको थियो । तनहुँका ३६ बर्षीया श्रीमानले ३५ बर्षीया श्रीमतीवाट र काभ्रेका ३५ बर्षीय छोराले ५२ बर्षीय बुवावाट मिर्गौला दान गर्नुभएको थियो । नौ सय जनाको मिर्गौला प्रत्यारोपण सफल, छ सय जना प्रत्यारोपणको पर्खाइमा डा.श्रेष्ठका अनुसार प्रत्यारोपित तथा अङ्गदाता सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभयो । केन्द्रले यसै आर्थिक बर्ष सम्ममा जम्मा निशुल्क नौ सयजनाको मिर्गौला प्रत्यारोपण गरेको छ । ती मध्ये ९९ प्रतिशत सफलताका साथ सम्पन्न गरि सकेकोछ । उहाँले हाल छ सय जना मिर्गौला रोगी पालो कुरेर बसेको जानकारी दिनुभयो । केन्द्रको नेतृत्व परिवर्तनसंँगै वार्षिक करिव दुई सय जनाको दरले मिर्गौला प्रत्यारोपण भइरहेको छ । हप्ताको ६ देखी ८ जनाको हुने गरेको तथा थप संख्यामा प्रत्यारोपण गर्नका लागि तत्काल भौतिक पूर्वाधार विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । डा.श्रेष्ठको नेतृत्व आएको ९ महिना अवधीमा १३७ जनाको मिर्गौला प्रत्यारोपण भइसकेको छ । केन्द्रले मात्र माग धान्न नसक्ने हुँदा सातै प्रदेशमा मिर्गौला प्रत्यारोपण विस्तार गर्ने योजना रहेको छ । यस्तै गत असार ९ गतेबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा पनि मिर्गौला प्रत्यारोपण सुरु भइसकेको छ । यस्तै निकट भविश्यमा कर्णाली प्रदेशको सुर्खेत प्रदेशिक अस्पतालमा मृगौला प्रत्यारोपण सेवा विस्तार गर्ने तयारी भइरहेको छ । हालसम्म केन्द्रमा मस्तिष्क मृत्युवाट हुने अंङ्गदानवाट जम्मा ८ जनाको मिर्गौला र दुई जनाको कलेजो प्रत्यारोपण भएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले आगामी आर्थिक बर्षमा मस्तिष्क मृत्युवाट हुने अङ्गदान र प्रत्यारोपण कार्य तिब्र रुपमा अगाडी बढाउने योजना बनाएको छ ।नेपाल सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा केन्द्रलाई विस्तार गर्ने र बजेट भाषणमा उच्चस्तरको जनशक्ती उत्पादन गर्ने शैक्षिक प्रतिष्ठानको रुपमा विकास गर्ने घोषणा भएको थियो ।
उपत्यकाभित्र हैजाको प्रकोप बढिरहेको छ । बिहीबार पनि थप एक जना बिरामीमा हैजाको पुष्टि भएको छ । योसहित हाल टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र पाँच जना हैजा (कोलेरा)का बिरामी पुष्टि भएको छ ।
स्वास्थ्य बीमा आफैँ बिरामी परेको छ । कार्यान्वयनका केही समस्याका कारण अस्पतालहरूले स्वास्थ्य बीमासम्बन्धी सेवा बन्दको घोषणा गर्न थालेका छन् । मध्यम तथा आर्थिक रूपमा विपन्नलाई सो सेवा उपलब्ध गराएबापत प्राप्त गर्नुपर्ने भुक्तानी नपाएपछि हैरान भएर सेवा नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको अस्पतालका पदाधिकारीको भनाइ छ ।
दैलेखका विष्णु शाही ठकुरी भारतमा बस्दै आउनुभएको २० वर्ष भयो । हाल भारतको नयाँदिल्लीमै काम गरेर उहाँ बस्नुभएको छ । उहाँ बस्ने ठाउँमा बिहानदेखि बेलुकीसम्मै ३०÷४० जना नेपाली एकआपसमा भलाकुसारी गरेर बसिरहेका हुन्छन् । त्यहाँ भलाकुसारी गरेर बस्ने सबै नेपाली क्यान्सर रोगी र क्यान्सर रोगीका आफन्त मात्र हुन् । क्यान्सरको उपचारमा जाने र उपचारपछि नियमित फलोअपमा जाने धेरै नेपालीको बस्ती नै छ यहाँ । वास्तवमा विदेशमा गएर उपचार गर्नु भनेको धेरै कठिन काम हो । त्यो पनि एक÷दुई दिन होइन, दुई÷तीन महिनादेखि एक वर्षसम्म नै निरन्तर बस्नुपर्ने हुन्छ ।
सरकारले जटिल प्रकृतिका बिरामीका लागि मासिक पाँच हजार भत्ता उपलब्ध गराउने भएको छ । त्यसका लागि सरकारले एक अर्ब ५० करोड रुपियाँ बजेट छुट्याएको छ । अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत बजेटमा मिर्गौला प्रत्यारोपण तथा डायलासिस गराएका व्यक्ति, निको भएका क्यान्सरका बिरामी र मेरुदण्डको पक्षघात भएका बिरामीका लागि मासिक भत्ताको व्यवस्था गरिएको बताउनुभयो ।
पाँच वर्षभन्दा माथिका बालबालिकालाई लगाउन मिल्ने कोरोनाविरुद्धको खोप आउने भएको छ । कोभ्याक्स सुविधाअन्र्तगत अमेरिका सरकारले ८४ लाख मात्रा खोप फाइजर अनुदानमा दिन लागेको हो ।
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्यका कार्यक्रमलाई विशेष प्राथमिकता दिएको छ । मङ्गलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यका महत्त्वपूर्ण कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
नेपालमा अध्ययन गरेका धेरै नर्सको चाहना युरोप, अमेरिका, अस्ट्रेलियाजस्ता देशमा गएर कसरी राम्रो कमाइ गर्ने भन्ने छ । हुन पनि नेपालमा नर्सले १०/१२ हजार रुपियाँमा महिनाभरि काम गर्नुपर्ने बाध्यता छ । नर्सिङ पढ्नलाई झन्डै १० लाख रुपियाँभन्दा बढी खर्च हुन्छ । लगानीअनुसार पारिश्रमिक नपाउँदा उनीहरू विदेशिन बाध्य हुनुपरेको हो । त्यसमाथि कतिपयले त विदेशमा नर्सको भविष्य छ भनेर यो विषय अध्ययन गर्छन् र पढाइ सकिएपछि विदेशतिर लाग्छन् । उनीहरूले विदेशमा दुःख गरेर राम्रो कमाइ त गर्छन् तर खर्च पनि त्यहीअनुसार हुने र कर पनि त्यहीअनुसार तिर्नुपर्ने हुनाले कतिपय मुलुकमा भने बचत धेरै हुँदैन ।
स्थानीय तहको निर्वाचनमा प्रत्येक मतदान स्थलमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिने भएको छ । निर्वाचन आयोग र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा देशैभरका मतदान केन्द्रमा स्वास्थ्यकर्मी परिचालन गरिने भएको हो ।