बिहीबार सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्थामा प्रभावकारी स्वास्थ्य सेवा सञ्चालन गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले निर्वाचनमा हुन सक्ने झडपलाई आकलन गरेर आकस्मिक कक्षमा जनशक्ति बढाउने भएको छ । आकस्मिक कक्षमा जनशकित बढाउनुका साथै विशेषज्ञ सेवा आकस्मिक कक्षमै व्यवस्थापन गरेको छ । मन्त्रालयले स्वास्थ्य संस्थामा स्वास्थ्य सेवा नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्न विशेष तयारी गरेको जानकारी दिएको छ ।
नेपालीहरूको रङ्गीन पर्व फागु (होली) मा प्राकृतिक रङ प्रयोग गर्न चिकित्सकहरूले सुझाव दिएका छन् । यो पर्वमा खेलिने रङको सही प्रयोग नगर्दा स्वास्थ्यमा समस्या देखिने गरेको छ । त्रिगुणा लामालाई गत वर्ष कलेजमा होली खेल्दा साथीहरूले मिसावटयुक्त रङको प्रयोग गर्दा अस्पताल जानु परेको थियो । होली खेल्दा रङ लगाएको केही घण्टापछि उहाँको शरीरमा फोका आउन सुरु ग¥यो । ती फोका चिलाउने, पोल्ने र फुट्ने गर्दा झनै पीडादायी भयो । दुई दिनसम्म पनि ठिक नभएपछि उहाँले विशेषज्ञ चिकित्सककहाँ गएर उपचार गराउनुभएको थियो । त्रिगुणाको मात्र समस्या होइन, होलीमा धेरै मानिसले सही रङको प्रयोग नगर्दा समस्या हुने गरेको छ । बजारमा पाइने रङको गुणस्तर र त्यसले पार्ने स्वास्थ्य असरबारे धेरैलाई जानकारी नहुँदा छालासम्बन्धी रोग बढिरहेको छ ।
पोखराबाट काठमाडौँका लागि छुटेको यात्रुवाहक बस धादिङमा आइतबार राति दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । २५ जना घाइते भएका छन् । घाइतेको उपचार महाबौद्धस्थित राष्ट्रिय ट्रमा सेन्टर, नेसनल अस्पताल कलङ्की र त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भइरहेको छ ।
आउँदो फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलले स्वास्थ्यका विषयलाई पनि प्राथमिकता दिएका छन् । राजनीतिक दलले सार्वजनिक गरेको घोषणापत्रमा स्वास्थ्यका विषयलाई प्राथमिकता दिँदै स्वास्थ्य बिमालाई थप सुदृढ बनाउने उल्लेख गरेका छन् । यसअघिका चुनावमा समेत राजनीतिक दलले स्वास्थ्यलाई प्राथमिकता दिए पनि दलको घोषणापत्र अनुसार स्वास्थ्यका विषयले कार्यान्वयनमा प्राथमिकता पाउन सकेको छैन ।
सहरी क्षेत्रमा अध्ययनरत विद्यार्थी धूमपान तथा सुर्तीसेवनको कुलतमा फसिरहेका छन् । तीनकुनेस्थित एक चिया पसलमा खाजा तथा चिया पिउने अन्य ग्राहक नगन्य मात्रामा देखिन्छन् । त्यहाँ कलेजको पोसाकमा विद्यार्थी चुरोट तानिरहेका हुन्छन् । उक्त खाजाघरको माथिल्लो तलामा समेत बस्ने ठाउँ छ । माथिल्लो तलामा समेत विद्यार्थी कलेजको पोसाकमै चुरोट तानिरहेको देख्न सकिन्छ । उक्त खाजाघरमा बिहान दिउँसोको समयमा चुरोट सेवन गर्नेहरू भेटिने गरेका छन् ।
स्वास्थ्य बिमा बोर्डले फागुन १ गतेबाट बहिरङ्ग (ओपिडी) सेवा २५ हजारसम्म मात्र लिन मिल्ने व्यवस्था कायम गर्दा वास्तविक बिरामी यो निर्णयबाट समस्या परेका छन् ।
स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा गरेका बिमितले २५ हजारसम्मको मात्र बहिरङ्ग (ओपिडी) सेवा लिन पाउने भएका छन् । स्वास्थ्य बिमा बोर्ड धराशायी बन्दै गएपछि अबदेखि खर्च जोगाउन बोर्डले यस्तो निर्णय गरेको हो । ओपिडीमा २५ हजारसम्मको सीमा आउँदो फागुन १ गतेदेखि लागु हुने छ ।
पहिले पहिले क्यान्सर रोगलाई लुकाइन्थ्यो तर समय बदलिँदै गएपछि क्यान्सर रोग लागेर विजेता क्यान्सरविरुद्धको जनचेतनामा सक्रिय भएर लाग्न थालेका छन् । क्यान्सरलाई जनचेतनाले रोग लाग्नबाट बचाउन सकिन्छ भन्ने उद्देश्यसाथ क्यान्सरको उपचारपछि विजेता भएका जनचेतनामा क्रियाशील हुन थालेका छन् ।
भारत तथा बङ्गलादेशमा निपाह भाइरस देखिएपछि नेपालमा फैलन सक्ने सम्भावना बढेको छ । ४० देखि ७५ प्रतिशत मृत्युदर रहेको निपाह भाइरस फैलिन नदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निपाह भाइरसको नमुना सङ्कलन तथा परीक्षणका लागि अन्तरिम निर्देशिकासमेत जारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भारत तथा बङ्गलादेशमा समेत निपाह भाइरस देखिसकेको अवस्थामा नेपालमा फैलन सक्ने सम्भावना रहेकोले अन्तरिम निर्देशिका जारी गरेको जानकारी दिनुभयो । “निपाह भाइरस हालसम्म नेपालमा देखा परेको छैन,” उहाँले भन्नुभयो, “फैलन सक्ने जोखिम विद्यमान छ, त्यसैले त्यही जोखिमलाई ध्यान दिँदै नमुना सङ्कलन र परीक्षणका लागि अन्तरिम निर्देशिका सार्वजनिक गरेका हौँ ।” डा. बुढाथोकीले दिनुभएको जानकारी अनुसार अन्तरिम निर्देशिकामा ज्वरो तथा श्वासप्रश्वासमा गम्भीर समस्या
नेपालमा दैनिक प्रयोग हुने सौन्दर्य सामग्रीमा अत्यधिक मात्रामा सिसा (लिड) को मिसावट गर्ने गरेको पाइएको छ । मानिसले प्रयोग गर्ने दन्तमञ्जन (टुथपेस्ट) तथा महिलाले दैनिक प्रयोग गर्ने सिन्दूर र गाजलमा समेत अत्यधिक सिसाको प्रयोग गरिएको पाइएको हो ।
नेपालमा नर्सिङ अध्ययन गरेका अधिकांश विद्यार्थी स्वदेशमा राम्रो अवसर नभएपछि विदेश जाने सोचले निर्देशित हुने गरेका छन् । नर्सिङ तेस्रो वर्षमा अध्ययनसँगै उनीहरू विदेश जानका लागि तयारी गरिरहेका हुन्छन् । यस्तैमध्येका एक हुनुहुन्छ– रियासा खड्का । उहाँले पढाइसँगसँगै विदेश जानका लागि तयारी थालिसक्नुभयो । यस्तै पिसिएल नर्सिङ अध्ययन सकेर छ महिनाको अनुभवपछि सरु रुपाखोतीले अमेरिकाका लागि पहल गर्नुभयो । उहाँको भिसा लाग्यो । अमेरिका गएर थप अध्ययन गरेपछि यतिखेर सरुको कमाइ राम्रो छ । “एक घण्टाको ६५ डलर कमाउँछु,” रुपाखेतीले भन्नुभयो, “यहाँ जति अनुभव बढ्दै गयो, तलब त्यति बढ्दै जान्छ ।”
आगामी फागुन २१ मा सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनमा विगतमाभन्दा धेरै चिकित्सकले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी तथा स्वतन्त्र ढङ्गले उम्मेदवारी दिनेमा चिकित्सक पनि छन् । विगतको तुलनामा यो पटक विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारका रूपमा चिकित्सक चुनावी मैदानमा धेरै उत्रिएका छन् । स्वास्थ्य क्षेत्रको विकास, जनस्वास्थ्य नीति, स्वास्थ्य शिक्षालगायतका विषयमा प्रत्यक्ष अनुभव बोकेका चिकित्सकले उम्मेदवारी दिनुलाई यस पटकको निर्वाचनमा महìवकासाथ हेरिएको छ ।
नेपालमै उनन्सय प्रतिशत क्यान्सरको उपचार सम्भव छ । क्यान्सर उपचारमा बर्सेनि नयाँ नयाँ प्रविधिहरू आइरहेका छन् । विश्वमा क्यान्सर उपचारमा नयाँ प्रविधि विकास भए पनि नेपालमा भने त्यस्ता प्रविधि भित्र्याउन सकिएको छैन । “विश्व स्तरको क्यान्सरको उपचार नेपालमा नै हुन्छ,” भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले भन्नुभयो, “नेपालमा सम्भव नहुने केही क्यान्सरको उपचारका लागि मात्र बिरामीहरू भारतलगायत मुलुकमा जाने गरेका छन् ।”
विश्वभर सुर्ती उद्योगले सुर्तीजन्य पदार्थ बजारीकरण गर्दा कानुनलाई चुनौती दिँदै हस्तक्षेप गरेको पाइएको छ । यसमा नेपाल पनि १४ औँ स्थानमा परेको छ । स्वास्थ्य मन्त्रालय र स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण राष्ट्रिय सञ्जालले गरेको अध्ययनले सुर्ती उद्योगले नेपालमा सामाजिक उत्तरदायित्वको नाममा कानुनविपरीत अनेक उपहार तथा प्रायोजन गरी सुर्ती उद्योगले कानुनलाई चुनौती दिएको पाइएको हो ।
नेपालमा प्रत्येक वर्ष तीन हजारभन्दा बढी नयाँ सङ्क्रमित कुष्ठरोगी देखापर्ने गर्छन् । नेपालले सन् २०१० मा कुष्ठरोग निर्मूलीकरण भएको घोषणा गरेको थियो तर त्यो घोषणा घोषणामा मात्रै सीमित भएको छ ।