वीर अस्पतालमा विश्वमै दुर्लभ न्युरो शल्यव्रिmया सफल भएको छ । अस्पतालका न्युरो विभाग प्रमुख डा. राजीव झाको नेतृत्वमा काठमाडौँ कोटेश्वर निवासी १०३ वर्षीय तोरणकुमारी बानियाँको सफल शल्यक्रिया भएको हो ।
जेनजी आन्दोलनका क्रममा घाइते हुनुभएका प्रकाश बोहोरा राष्ट्रिय ट्रमा सेन्टरको चौथोतलामा पाँच महिनादेखि उपचार गराइरहनुभएको छ । गत भदौ २३ गते जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरमा घाइते हुनुभएका बोहोरालाई चिकित्सकले उहाँको उपचारका लागि पाँच वर्षको उपचार योजना सुनाएपछि भविष्यप्रतिको चिन्ताले उहाँका मनमा गम्भीर चिन्ता छाएको छ ।
स्वास्थ्य बिमामा दीर्घरोगीको मात्र आकर्षण बढेको छ । स्वस्थ व्यक्तिले सकभर स्वास्थ्य बिमा नगर्ने, बिमा गरिहालेको अवस्थामा नवीकरण गर्न रुचि नदेखाउने गरेका छन् । मानिसलाई जब दीर्घरोगले समात्छ, अनि स्वास्थ्य बिमा गर्न उत्साही हुने गरेका छन् । यो गलत प्रवृत्तिका कारण स्वास्थ्य बिमा बोर्ड कमजोर बन्दै गएको छ ।
बाथरोग लागेका बिरामी अन्तिम अवस्थामा अस्पताल आउँदा जीवनभर औषधी सेवन गर्न बाध्य भएका छन् । समयमै उपचार नगर्दा वा लक्षण सहेर बेवास्ता गर्दा उनीहरूले जीवनभर बाथरोगको औषधी सेवन गर्नु परेको हो ।
जेनजी आन्दोलनका घाइते दीपेन्द्र बस्नेतले डा. सन्दुक रुइतसँग आँखाको उपचार गराउनुभएको छ । ‘‘डा. रुइतलाई आँखा देखाउन पाए तेरो आँखाको दृष्टि (भिजन) बचाउन सकिन्छ भन्ने सबैको सल्लाह थियो,” दीपेन्द्रले भन्नुभयो, गोरखापत्रमा समाचार प्रकाशित भएपछि स्वास्थ्य मन्त्रालयबाट र तिलगङ्गा आँखा अस्पतालबाट फोन आयो ।” घाइते बस्नेतको समाचार पुस ३ गतेको गोरखापत्रमा प्रकाशित भएको थियो ।
टाउकोमा गोलीको छर्रा, शरीरको अर्को भाग प्यारालाइसिस अनि दायाँ आँखा पूर्ण बन्द र बाँया आँखाको ६६ प्रतिशत मात्र भिजनको भरमा अस्पताल धाइरहनुभएका जेनजी आन्दोलनका घाइते दीपेन्द्र बस्नेत समुन्नत नेपाल हेर्ने प्रतीक्षामा हुनुहुन्छ ।
धादिङको ‘बैरेनी आयुर्वेद औषधालय’ तर त्यहाँ आयुर्वेद मात्र होइन, एलोपेथिक उपचार पनि हुने गरेको छ । खुट्टा फ्याक्चर भएर औषधालयमा आउनुभएकी सुषमा अधिकारीले यही आयुर्वेदिक औषधालयबाट सम्पूर्ण उपचार पाउनुभयो । अहिले उहाँको खुट्टा पूर्ण रूपमा निको भएको छ । अधिकारीले एक्सरेदेखि प्लास्टरसम्मको उपचार यही औषधालयमा गर्नुभयो । प्लास्टर गरिसकेपछि हिँडडुल गर्नका लागि वैशाखी पनि यही औषधालयले निःशुल्क उपलब्ध गरायो ।
न्यून यातायात खर्च, वार्षिक एक पटक पोसाक खर्च र खोपलगायत कार्यक्रम चलेका बेला खाजा खर्चबाहेक पारिश्रमिक हात नपर्ने महिला स्वास्थ्य स्वयंसेविकाहरू नेपालको आधारभूत स्वास्थ्य सेवालाई सर्वसाधारणको पहुँचमा पुर्याउने वाहक बनेका छन् । उनीहरूकै परामर्श सेवा अनि सङ्कलन हुने सूचनाका कारण हजारौँ मातृ तथा शिशुको जीवन रक्षा तथा राज्यको स्वास्थ्यसम्बन्धी सन्देश प्रवाह र स्वास्थ्य कार्यक्रम प्रवर्धन हुन सकेको छ तर उनीहरूको स्वयम्सेवालाई कानुनले चिन्दैन । रणनीतिका भरमा यो कार्यक्रम चलेको छ ।
राष्ट्रिय यौन तथा एड्स रोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा हालसम्म एक हजार ५८ जना बालबालिकालाई एचआइभी सङ्क्रमण भएको छ । तीमध्ये औषधी सेवन गर्ने ८५० जना छन् ।
काठमाडौँमा गरिएको एक अध्ययनले ४० वर्षमाथिका ९७ प्रतिशत व्यक्तिमा आँखासम्बन्धी कुनै न कुनै समस्या देखाएको छ । विज्ञको भनाइ छ, ‘जनचेतना फैलाउन सके आँखासम्बन्धी समस्या ९० प्रतिशत कम गर्न सकिन्छ ।’
मिर्गौला प्रत्यारोपण गरेपछि पनि आत्मनिर्भर भएर परिवार पाल्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ– गजेन्द्र मुडभरी । कैलालीका मुडभरीले मिर्गौला प्रत्यारोपणपछि पनि व्यवसाय गर्दै परिवारको सम्पूर्ण जिम्मेवारी समाल्दै आउनुभएको छ ।
केही वर्ष पहिलेसम्म वीर अस्पतालको डायबिटिज एन्ड एन्डोक्राइन विभागमा ५० देखि ७० वर्षसम्मका बिरामी मात्र आउने गर्दथे तर अहिले वीरमा ३० देखि ३५ वर्षभित्रका २० प्रतिशत बिरामी आउने गर्छन् । नेपालमा युवा अवस्थामै मधुमेहका बिरामी बढिरहेको यही तथ्याङ्कले देखाउँछ । वीरमा मात्र होइन, अन्य अस्पतालमा समेत अवस्था यस्तै छ ।
काठमाडौँ, चाबहिलकी शोभा कार्की आत्मबल भएमा क्यान्सरलाई सजिलै पराजित गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ । २३ वर्षअघि सन् २००२ मा शोभाको शरीरभर नीलो डाम देखियो । लक्षण त्यतिमा मात्र सीमित भएन । पेट फुलेर ठुलो हुन थाल्यो । त्यो बेला उहाँ त्रिचन्द्र क्याम्पसमा अध्ययन गर्नुहुन्थ्यो । उहाँमा पेट ठुलो हुँदा मानिसले गर्भवती भन्ने हुन् कि भन्ने त्रास थियो । काकाले तँलाई क्षयरोग भए जस्तो छ, अस्पताल गएर देखाउनु भनेपछि उहाँ वीर अस्पताल जानुभयो ।
निजी अस्पतालमा कार्यरत नर्सले अब सरकारी सरह तलब पाउने भएका छन् । शनिबार बेलुकी भएको वार्तामा आन्दोलनरत नर्ससँग २३ बुँदे सम्झौता भएको छ । सम्झौतामा नेपाल नर्सिङ सङ्घ, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, निजी मेडिकल कलेज सञ्चालकका प्रतिनिधि, निजी अस्पतालका प्रतिनिधिलगायत १४ जनाले हस्ताक्षर गर्नुभएको छ । वार्ता सफल भएसँगै महिना दिनदेखि आन्दोलनरत नर्सको आन्दोलन पनि स्थगित हुने भएको छ । आन्दोलन फिर्ताबारे विस्तृत जानकारी नेपाल नर्सिङ सङ्घले आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिने भएको छ ।
आन्दोलनरत नर्सले बुधबार दुई घण्टा आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरेका छन् । देशभरका नर्स पारिश्रमिक वृद्धिको माग गर्दै आन्दोलनरत छन् । माग सम्बोधन नभए बिहीबारदेखि आन्दोलन थप सशक्त बनाउने उनीहरूले बताएका छन् । यद्यपि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले गोरखापत्रसँगको कुराकानीमा नर्सको आन्दोलन एक/दुई दिनभित्र समाधान भइसक्ने जानकारी गराउनुभयो । “सम्भवतः बिहीबारसम्ममा निष्कर्षमा पुग्न सकिन्छ,” मन्त्री शर्माले भन्नुभयो, “सबै पक्षको छलफलपछि एउटा विन्दुमा पुगिसकेका छौँ ।”