‘बेबी मिल्क बैंक’ स्थापना : स्तनपान गराउनेमा कर्णाली प्रदेश अगाडि
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले बुद्धिजीवीहरु, धनाढ्य व्यक्तिहरुबाट नै बच्चालाई आमाको स्तनपान गराउने कुरामा बेवास्ता गरिरहेको बताउनुभएको छ । मंगलबार प्रशुति गृह थापाथलीमा ‘बेबी मिल्क बैंक’ स्थापना कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री खापुङले विकास निर्माणको अग्रसरतामा पछि परेको कर्णाली प्रदेशमा बच्चालाई स्तनपान गराउने संख्या बढी देखिएकोले बच्चा हुर्काउने र बच्चालाई स्तनपान गराउने मामिलामा बागमती प्रदेश भन्दा कर्णाली प्रदेश नै बौद्धिक देखिएको जिकिर गर्नुभयो ।
मौवाहीका ४०१ बालबालिकाको निःशुल्क आँखा जाँच
सखुवानन्कारकटि गाउँपालिका वडा नम्बर –१ मैवाहीका ४०१ बालबालिकाको निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । साउन १६ गते सोमबार सम्पन्न शिविरमा मोबाइलको बढी प्रयोग गर्नाले बालबालिकाको आँखामा समेत असर परेको चिकित्सकहरुले बताएका छन् ।
मुख्यमन्त्री राई कोरोना सङ्क्रमित
प्रदेश नं १ का माननीय मुख्यमन्त्री राजेन्द्रकुमार राई कोभिड सङ्क्रमित हुनुभएको छ । सोमबार मुख्यमन्त्रीसहित उहाँका परिवारका सदस्यहरू, सचिवालयका सदस्यहरू, निवासका सुरक्षाकर्मी, कर्मचारीहरूलगायत १६ जनाको पीसीआर परीक्षण गर्दा मुख्यमन्त्रीसहित तीन जनामा कोभिड संक्रमण देखिएको हो ।
१७ अस्पतालबाट कोभिड सङ्क्रमितको उपचार निःशुल्क
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार सरकारले मध्यम र गम्भीर अवस्थामा भएका सङ्क्रमितको उपचार गर्दा शुल्क तिर्नु नपर्ने गरी १७ अस्पताल तोकेको हो ।
थप ८९५ जनामा कोरोना पुष्टि, एकको मृत्यु
पछिल्लो २४ घण्टामा थप ८९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभरका ल्याबबाट कुल पाँच हजार ९०९ जनाको परीक्षण गर्दा ८९५ जनामा कोरोना पुष्टि भएको हो ।
ललितपुरका दुई पालिकामा डेङ्गु सङ्क्रमित
ललितपुर महानगरपालिकाका साथै महालक्ष्मी नगरपालिकामा पनि डेङ्गु सङ्क्रमित भेटिएका छन् । पानी जम्मा हुने स्थानमा सरसफाइमा ध्यान नदिएका कारण रोगका बिरामी भेटिएका हुन् ।
स्तनपान गराउँदा १६ देखि २२ प्रतिशतसम्म नवजात शिशुको मृत्युदर घटाउन सकिन्छ
बच्चा जन्मिएको एक घण्टाभित्रमा स्तनपान गराउँदा १६ देखि २२ प्रतिशतसम्म नवजात शिशुको मृत्युदर घटाउन सकिने विभिन्न अध्ययनले देखाएको छ ।
बङ्गलादेशमा अध्ययन गरेका डाक्टरहरुबीच पुनर्मिलन कार्यक्रम
बगलादेशमा चिकित्सा शिक्षा अध्ययन पुरा गरी आएका डाक्टरहरुबीच पुर्नमिलन कार्यक्रम भएको छ ।
चिकित्सा क्षेत्रको गुणस्तरमा ध्यान दिन आवश्यक
बङ्गलादेशमा चिकित्सा शिक्षा अध्ययन पूरा गरी आएका चिकित्सकहरूबीच पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ। बङ्गलादेशमा अध्ययन गरेर फर्केका चिकित्सकहरूबीच आपसमा सहयोग तथा सद्भावको भावनाले पुनर्मिलन कार्यक्रमको आयोजना गरिएको हो। ‘सोसाइटी फर नेप्लिज डाक्टर्स अफ बङ्गलादेश’का अध्यक्ष तथा बालरोग विशेषज्ञ डा. दिनेश कोइरालाले नेपालमा बङ्गलादेशबाट अध्ययन पूरा गरेका चिकित्सक पाँच हजार रहेको जानकारी दिनुभयो।
२४ घण्टामा थप ६२० जनामा कोरोना पुष्टि : एक जनाको मृत्यु
पछिल्लो २४ घण्टामा थप ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
एसिडपीडितको निःशुल्क उपचार
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एसिड आक्रमणमा परेका व्यक्तिको उपचार उपत्यकाका चार अस्पतालबाट निःशुल्क उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मन्त्रालयले आकस्मिक उपचारपछि थप उपचारका लागि उपत्यकाका चार अस्पतालबाट एसिड आक्रमणमा परेका व्यक्तिको निःशुल्क उपचार व्यवस्था गरिएको बताउनुभयो । एसिड आक्रमणमा परेका पीडितको उपचारसम्बन्धी कार्यविधिअनुसार एसिड आक्रमणमा परेका व्यक्तिको उपचार निःशुल्क गरिने व्यवस्था गरिएको छ ।
कांग्रेस नेता गिरीको स्वास्थ्य अवस्था सुधारउन्मुख
काठमाडौं, साउन १४ गते । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य सुधारउन्मुख रहेको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहनुभएका उहाँको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. जयेन्द्र बज्राचार्यले जानकारी दिनुभयो । “उहाँको स्वास्थ्य अवस्था सामान्य छ”, डा. बज्राचार्यले भन्नुभयो, “अहिले अस्पतालमा राखेर उपचार भइरहेको छ ।” अस्पतालका डा पंकज वर्मनको नेतृत्वको चिकित्सक समूहले गिरीको उपचार गरिरहेको छ । नेता गिरीलाई गत सोमबार अस्पतालमा भर्ना गरिएको थियो । यसअघि उहाँको उपचार भारतमा भएको थियो । रासस
सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार
दार्चुलाको लेकम गाउँपालिकाबाट एक जना सुत्केरी महिला र नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । लेकम गाउँपालिका –२ गराडी भाटाइजर बस्ने ३० वर्षिया काली सार्कीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
सुदूरपश्चिममा सङ्क्रमित सङ्ख्या बढ्यो
सुदूरपश्चिम प्रदेशमा कोरोना सक्रिय सङ्क्रमितको सङ्ख्या बढेको छ । जेठमा शून्य सक्रिय सङ्क्रमित रहेकोमा पछिल्लो समय सङ्क्रमण बढेपछि सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्न थालेको हो ।
थप ४३८ जना सङ्क्रमित, दुईको मृत्यु
पछिल्लो २४ घण्टामा ४३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ६९९ कोरोना परीक्षण गर्दा ४३८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
सङ्खुवासभामा ११ परीक्षण गर्दा ८ जनामा कोरोना पोजेटिभ
सङ्खुवासभामा पनि कोरोना भाईरस संक्रमित बिरामी फेला परेको छ । मादीको नगर अस्पतालमा संकास्पद ११ बिरामीको परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय सङ्खुवासभाले जनाएको छ ।
५७७ सङ्क्रमित थपिए, दुईको मृत्यु
पछिल्लो २४ घण्टामा ५७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार २८२ कोरोना परीक्षण गर्दा ५७७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
मङ्कीपक्स भित्रिन नदिन सरकारले थाल्यो तयारी
प्रायः मध्य तथा पश्चिम अफ्रिकी देशहरुमा मात्र हुनेगरेको मङ्कीपक्स हाल यसको प्रकोप विश्वका धेरै देशमा दु्रत गतिले फैलिरहेको छ । सन् २०२२ मे १३ पछि यो संक्रमण अन्य देशहरुमा फैलियो । विभिन्न देशमा जनस्वास्थ्यको जोखिम बढ्दै गएपछि साउन ७ गते विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मङ्कीपक्सलाई जनस्वास्थ्य आपतकाल घोषणा गर्यो ।
चिकित्सक र नर्स कोठामा थुनिए
उपचारमा लापरवाही भएर बालकको मृत्यु भएको भन्दै विरामीका आफन्तले भरतपुर अस्पतालका चिकित्सक र नर्सलाई कोठामा थुनेका छन् । भरतपुर महानगरपालिका १५ पार्वतीपुरका शोभा लम्साल र राम लम्सालको ३ महिने छोराले दुध खान नमानेपछि आज विहीबार विहान ९ः३० बजे उपचार गर्न अस्पताल ल्याउनुभएको थियो ।
आइसीयू/भेन्टिलेटरमा ३६ सङ्क्रमित, कुन प्रदेशमा कति ?
सक्रिय सङ्क्रमितमध्ये चार हजार ८० जना होम आइसोलेसनमा छन् भने १५६ जना संस्थागत आइसोलेसनमा उपचाररत छन् । संस्थागत आइसोलेसनमा उपचाररत सङ्क्रमितमध्ये ३३ जना आइसीयू र तीनजना भेन्टिलेटरमा छन् ।
एकैदिन ७१० सङ्क्रमित, दुईको मृत्यु
नेपालमा कोरोना सङ्क्रमणदर उकालो लाग्ने क्रममा रहेको छ । पछिल्लो २४ घण्टामा ७१० जनामा सङ्क्रमण पुष्टि भएको छ भने दुईजना सङ्क्रमितको मृत्यु भएको छ ।
कोभिड महामारी पूर्णरुपमा नियन्त्रण गर्नुपर्छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड महामारीलाई पूर्णरुपमा नियन्त्रण गर्नुपर्ने आवश्यकता रहेको औंल्याउनुभएको छ । केही समय मत्थर हुँदै गएको कोभिड महामारी पुनः विस्तार हुँदै जाने खतरा देखिएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री देउवाले त्यसलाई पूर्णरुपमा नियन्त्रण गर्नुपर्ने खाँचो रहेको बताउनुभयो ।
कोरोना सङ्क्रमित बढे, सतर्कता अपनाउन आग्रह
केही समयदेखि कोभिडका बिरामी शून्य रहेको स्याङ्जामा पछिल्लो समय सक्रिय सङ्क्रमित ह्वात्तै बढेका छन् । जिल्लास्थित विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीको कोरोना परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या बढेको हो ।
भारतबाट आउने व्यक्तिमा कोरोना सङ्क्रमण
इलाममा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । केही समय सङ्क्रमितको सङ्ख्या शून्य भए पनि पछिल्लो समय बढ्दै गएको हो । जिल्लामा भारतबाट आउने नागरिकमा सङ्क्रमण देखिएसँगै सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ ।