उपचारमा ५० प्रतिशत सहुलियत सुनिश्चित गर्न अनेरास्ववीयु माग
सरकारी र सामुदायिक विद्यालय तथा क्याम्पसका विद्यार्थीलाई अस्पतालहरुमा ओपीडी सेवा निःशुल्क र सबैखाले उपचारमा ५० प्रतिशत सहुलियत सुनिश्चित गर्न विद्यार्थीहरुले माग गरेका छन् ।
एकै दिन ३९१ जना सङ्क्रमण, सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार नाघ्यो
नेपालमा चौथो लहरमा प्रवेश गरेसँग कोरोना सङ्क्रमणदर बढ्दो क्रममा छ । एक महिना अघि १ प्रतिशतभन्दा काम भएको सङ्क्रमणदर बढेर १० प्रतिशत पुगेको छ ।
वंशाणुगत रोग केन्द्र स्थापना गर्न पहल थाल्छु : स्वास्थ्य राज्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्या राज्य मन्त्री हीराचन्द्र केसीले वंशाणुगत रोग केन्द्र स्थापनाको पहल थाल्ने बताउनुभएको छ ।
मिर्गौला ओसारपसार गर्ने गिरोहको निसानामा सडक बालबालिका
नेपालमा अहिलेको अवस्थामा मानव अङ्ग बेचबिखन भइरहने हो भने अबको केही समयमा स्थिति भयावह हुन सक्ने मानव बेचबिखन अनुसन्धान ब्यूरोका सूचना अधिकारी (एसपी) दानबहादुर मल्लले बताउनुभयो । मिर्गौला ओसारपसार गर्ने गिरोहको निसानामा पछिल्लो समय सडक बालबालिका परेको उहाँको भनाइ छ ।
सुदूरपश्चिममा कोरोना सङ्क्रमण बढ्दै
भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । यहाँ हाल दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री नेपालीमा कोरोना संक्रमण
काठमाडौं, साउन ३ गते। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ। मंगलबार पीसीआर परीक्षण गर्दा उहाँमा कोरोना पुष्टी भएको हो। उहाँलाई आइतबारदेखि सामान्य रुघा लागेको थियो भने सोमबार बिहानबाट हल्का ज्वरो आएको थियो। सोमबारदेखि नै चिकित्सकको निगरानीमा पुग्नु भएका पोखरेलले मंगलबार पीसीआर परीक्षणका लागि स्वाब दिनुभएको हो। उहाँलाई कोरोना संक्रमण भएको रिपोर्ट मंगलबार साँझ आएको हो। चिकित्सकका अनुसार उहाँलाई अहिले हल्का ज्वरो आए पनि अक्सिजनको मात्रा र छातीको अवस्था सामान्य छ। बुधबार बिहान उहाँको थप स्वास्थ्य परीक्षण गरिने भएको छ। हाल उहाँ पोखरास्थित सरकारी निवासमै आराम गरिरहनुभएको छ। कोरोना संक्रमण बढेकामा सतर्क रहन आग्रह गर्दै उहाँले मास्क, सेनिटाइजरको प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न अनुरोध गर्नुभएको छ।
कोरोना पुष्टि हुनेमा २१ देखि ३० वर्ष उमेर समूहका बढी
नेपालमा कोरोनाको चौथो लहर सुरु भएसँगै २१ देखि ३० वर्ष उमेर समूह व्यक्ति बढी सङ्क्रमित भएका छन् ।
थप ३५७ जनामा कोरोना पुष्टि
नेपालमा कोरोनाको चौथो लहरमा प्रवेश गरेसँग सङ्क्रमणदर बढ्दो क्रममा छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार पछिल्लो २४ घण्टामा ३५७ जनामा कोरोना सङ्कमित थपिएका जनाएको छन् ।
लुम्बिनी मेडिकल कलेजद्वारा स्वास्थ्य बीमाको सेवा स्थगित
जिल्लाको लुम्बिनी मेडिकल कलेजले स्वास्थ्य बीमा कार्यक्रमबाट दिँदै आएको सबै खालका सेवा स्थगित गरेको छ । नेपाल सरकारले आव २०७९÷०८० को नीति तथा कार्यक्रमबाट स्वास्थ्य बीमा कार्यक्रम सरकारी तथा सामुदायिक अस्पतालमा मात्र लागू हुने निर्णय गरेकाले सोमबार रातिदेखि लागू हुने गरी ओपिडी र इमर्जेन्सीलगायतका सेवा स्थगित भएको अस्पतालले जनाएको छ ।
कोरोनाको चौथो लहर : रुघाखोकी लागेका अधिकांशमा सङ्क्रमण
काठमाडौं, साउन ३ गते। नेपाल कोरोनाको चौथो लहर प्रवेश गरेको छ। कोरोनाको चौथो लहर प्रवेश गरेसँगै सङ्क्रमणको ग्राफ दैनिक उकालो लाग्दै गएको छ। सोमबार पीसीआर र एन्टिजेन गरेर चार हजार ६५१ नमुना परीक्षण गर्दा ९.८२ प्रतिशत अर्थात् ४५७ जनामा सङ्क्रमण देखिएको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ७७६ पुगेको छ। आइतबार कुल तीन हजार ४१ परीक्षण गर्दा १३५ जना अर्थात् ४.४३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको थियो। यो आइतबारको तुलनामा सोमबार दोब्बरमा सङ्क्रमण देखिएको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रुघाखोकी लागेका अघिकांशमा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार रुघाखोकी कोरोना सङ्क्रमणका लक्षणहरुमध्ये एक हो। ‘रुघाखोकी कोरोनासँग मिल्ने लक्षण हो। रुघाखोकी लाग्दा कोरोना परीक्षण गर्दा राम्रो हो। तर, रुघाखोकी लाग्ने सबैमा सङ्क्रमण पुष्टि नहुन पनि सक्छ’, उहाँले भन्नुभयो, ‘रुघाखोकी अरु कारणले पनि लाग्छ। रुघाखोकी लागेका सबै कोभिड होइनन् ।’पछिल्लो समय निकै सङ्क्रामक मानिएको ओमिक्रोनको उपप्रजाति ‘बीए.५’ का कारण सङ्क्रमण तीव्र रुपमा फैलिरहेको छ। यो भेरिएन्ट अहिलेसम्मकै कोरोना भेरिएन्टमध्ये छिटो फैलिने भनिएको छ। घाँटी दुख्ने, जीउ दुख्ने, थकित हुने, नाकबाट पानी बग्ने, खोकी लाग्ने, ज्वरो आउने, गन्ध र स्वाद थाहा नपाउने, पसिना आउनेलगायत बीए.५ का लक्षण हुन्। जुन फ्लुसँग मिल्दोजुल्दो छ। यता, स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. सङ्गीता कौशल मिश्राले कोभिड उपचारका लागि सबै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको बताउनुभएको छ। मिडिया ब्रिफिङमा उहाँले, ‘जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्नुहोला भनिरहेका छौं। अक्सिजनको उपलब्धता राखिराख्न तथा प्रमुख नाकामा शङ्कास्पद नमुना जाँचमा बढी निगरानी गरेका छौं’, उहाँले भन्नुभयो।असार महिना सुरु भएदेखि कोभिड सङ्क्रमणदर बढ्दै गइरहेको छ भने सङ्क्रमणबाट आइतबार र सोमबार गरी दुई जनाले ज्यान गुमाइसकेका छन्। करिब अढाई महिना सङ्क्रमण मृत्युदर शून्य रहेकामा पछिल्लो दुई दिनमा सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ। यसअघि गत वैशाख २१ गते कोरोनाबाट एक जनाको मृत्यु भएको थियो। त्यस यता मृत्युदर शून्य थियो। त्यस्तै, देशभर सङ्क्रमण पुष्टि हुनेमध्ये आधा काठमाडौं उपत्यकामा देखिएका छन्। आइतबार उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या ९९२ थियो भने सोमबार एक हजार १३३ पुगेको छ। जसमध्ये काठमाडौंमा एक हजार १३, भक्तपुरमा २८ र ललितपुरमा ९२ जना छन्।
दुई सय तेह्र जनामा डेङ्गुको सङ्क्रमण
जिल्लामा गत आर्थिक वर्षमा २१३ जनामा डेङ्गुरोगको सङ्क्रमण देखिएको छ । तीन हजार ५६४ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो ।
सुत्केरी महिलाको हवाई उद्दार
दैलेखमा सुत्केरी महिलाको हेलीकप्टर मार्फत उद्दार गरिएको छ । जिल्लाको आठबिस नगरपालिका–१ की डम्मकुमारी थापाको नेपाली सेनाको हेलीकप्टरबाट उद्दार गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ । सुत्केरी ब्यथाले च्यापेपछि थापालाई सात्तला स्वास्थ्य चौकीमा बिहान ६ बजे स्वास्थ्य संस्थामा लगिएको थियो ।
नेपालमा कोरोना सङ्क्रमणको चौथाे लहरको सङ्केत
नेपालमा कोरोना सङक्रमणदर पुनः बढ्दो क्रममा रहेको छ । सङ्क्रमण बढेसँगै कोरोना सङ्क्रमणको चौथो लहर सुरु भएको अनुमान चिकित्सकहरूको छ ।
थप एक जनामा हैजा पुष्टि, सङक्रमितको सङ्ख्या ३१ पुग्यो
काठमाडौंमा थप एकजनामा हैजा पुष्टि भएको छ । आइतबार गरिएको परीक्षणमा थप एकजनामा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै उपत्यमामा हैजा पुष्टि हुनेको सङ्ख्या ३१ पुगेको छ ।
एकै दिन ४५७ जनामा सङ्क्रमण, एकको मृत्यु
नेपालमा कोरोना सङ्क्रमणदर दैनिक बढ्दै गइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५७ जना कोरोना सङ्क्रमित थपिएका छन् । सो समयमा एकजना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयद्वारा जारी तथ्याङ्कमा उल्लेख छ ।
गुल्मीमा कोरोना सङ्क्रमणको दर बढ्दै
शुन्य भएको कोरोना सङ्क्रमण गुल्मीमा फैलिन थालेको छ । सोमबार गुल्मी जिल्लामा पाँच जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले जानकारी दिनुभयो ।
अस्पतालमा बिरामीको चाप बढ्दो
तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा गर्मी बढेसँगै झाडापखला र टाइफाइटका बिरामीको सङ्ख्या बढ्दै गएको छ ।
कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा
देशका २७ जिल्लाका पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाकालाई कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा आज लगाइँदै छ ।
औषधिको मूल्य समायोजन मूल्यवृद्धि होइन : महानिर्देशक भट्टराई
औषधि व्यवस्था विभागले मूल्य समायोजन प्रक्रिया अगाडि बढाएको छ । लामो समयदेखि औषधिको मूल्य समायोजन हुन नसकेको भन्दै विभागले मूल्य समायोजन प्रक्रिया अगाडि बढाएको विभागका महानिर्देशक भरत भट्टराईले बताउनुभयो ।
उपत्यकाको फोहाेर स्रोतमै वर्गीकरण अन्तिम समाधान हो त ?
पेचिलो सवाल बन्दै आएको सङ्घीय राजधानी काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन वर्ष बित्दै जाँदा थप चुनौतीपूर्ण बन्दै गएको छ । उपत्यकाका सडकमा थुपारिने फोहर हप्तौँसम्म नउठ्ने र त्यसबाट दुर्गन्ध फैलिने समस्या उपत्यकावासीका लागि काँडो झैँ बिझेको छ । कहिले आन्दोलन त कहिले वर्षालगायत विविध कारणले उपत्यकाका चोक गल्लीमा दुर्गन्धित फोहरका डङ्गुर भेटिँदै आएको छ । यसले वातारवरण र मानव स्वास्थ्यलाई नै नराम्ररी प्रभावित पारेको छ ।
२७ जिल्लाका बालबालिकालाई भोलि देखि कोभिड–१९ विरुद्ध दोस्रो मात्रा खोप
सरकारले ५ वर्ष देखि १२ वर्ष मुनिका बालबालिकाहरुलाई कोभिड–१९ विरुद्धको दोस्रो मात्रा खोप भोलिबाट दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोभिड–१९ विरुद्धको पहिलो मात्रा फाइजर खोप लगाएका २७ जिल्लाका बालबालिकालाई साउन २ देखि ८ गतेसम्म सञ्चालन गर्ने भएको हो ।
स्वास्थ्यमा क्रियासिल संगठनको माग सम्बोधन गर्न कार्यदल बन्ने
स्वास्थ्य सेवामा क्रियासिल ट्रेड युनियन र पेशागत संघ संगठनहरुको माग सम्बोधनका लागि सात सदस्यीय कार्यदल बन्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले माग सम्बोधनका लागि स्वास्थ्य मन्त्रालयका अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरिन लागिएको बताउनुभयो ।
थप दुई जनामा हैजा पुष्टि, सङ्ख्या ३० पुग्यो
काठमाडौंमा थप दुई जनामा हैजा पुष्टि भएको छ । शुक्रबार गरिएको परीक्षणमा थप दुई जनामा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाको छ । यो सँगै उपत्यकामा हैजा पुष्टि हुनेको सङ्ख्या ३० पुगेको छ ।
वैशाख २१ पछि पहिलो पटक कोरोनाले एक जनाको मृत्यु : २४ घण्टामा थपिए १३५ सङ्क्रमित
नेपालमा पछिल्लो केही दिनदेखि कोरोना सङ्क्रमणदर बढ्दै गइरहेको छ। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयाका अनुसार लामो समयपछि २४ घण्टामा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ।