वार्षिक दुई हजारभन्दा बढी जनशक्ति उत्पादन गर्दै आइओएम
त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) ५० औं वर्षमा प्रवेश गरेको छ । चिकित्सा क्षेत्रमा हरेक वर्ष दुई हजार भन्दा बढी जनशक्ति उत्पादन गर्दै आएको आइओएमले ५० वर्ष पुगेको अवशरमा गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिदैँ नयाँ र समयनुकुल कार्ययोजना बनाएर अघि बढ्ने जनाएको छ ।
सनराइज बैंकद्वारा चुरे र बिर्तामोडमा निशुल्क आँखा शिविर संचालन
सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलाली जिल्लाको चुरे गाउँपालिकामा निशुल्क आँखा चेकजाँच शिविर संचालन गरेको छ । बैंकले अत्तरीया तथा चुरे शाखाको र नेपाल नेत्रज्योतीसंघ गेटा आँखा अस्पताल कैलालीको सहकार्यमा सामेबार चुरे गाउँपालिकामा रहेको सहजपुर स्वास्थ्यचौकीमा निशुल्क आँखा चेकजाँच शिविर गरिएको हो ।
२४ घण्टामा १६८ जना सङ्क्रमित, सक्रिय सङ्क्रमितको सङ्ख्या सात सय बढी
पछिल्लो केही दिनदेखि नेपालमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा नेपालमा १६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
निःशुल्क सेनेटरी प्याड, गुनासो सुन्ने टोल फ्रि र महिला सेल व्यवस्था गर्न माग
किशोरीलाई महिनावारी हुँदा सरकारी सबै कार्यालयहरु र सार्वजनिक स्थानहरुमा समस्या आउने गरेको भन्दै निःशुल्क रुपमा सेनेटरी प्याडको व्यवस्था गर्न माग गरिएका छन् ।
नाइराेबी फ्लाइको सङ्क्रमणद्वारा छालामा हुने एलर्जी कति घातक
पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालमा नाइराेबी फ्लाइको सङ्क्रमणले छालामा देखिएको विषय निकै भाइरल भइरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार महाशाखासँग एकिन तथ्याङ नभए पनि तराईका विभिन्न जिल्लामा नाइबेरी फ्लाईको सङ्क्रमणले गर्दा छालासम्बन्धी रोग लिएर अस्पताल जाने बिरामीको सङ्ख्या बढ्दै छ ।
काभ्रेमा पाँचजनामा कोरोना सङ्क्रमण
काभ्रेमा पछिल्लो २४ घण्टामा पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नमोबुद्ध नगरपालिकामा गरिएको दुई पिसिआर र २४ एन्टिजेन परीक्षणमा चार महिलासहित पाँचमा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।
बढ्दै सङ्क्रमण : २४ घण्टामा १२१ जनामा कोरोना पुष्टि
पछिल्लो केही दिनदेखि नेपालमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा १२१ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ।
दाङमा जङ्गली च्याउ खाँदा छ जना बिरामी
दाङमा जङ्गली च्याउ खाएर छ जना बिरामी परेका छन् । शनिबार बिहान स्थानीय जङ्गलबाट च्याउ खोजेर ल्याएका उनीहरूले पकाएर खाएको केही समयमै बिरामी परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभएको छ ।
२४ घण्टामा १०२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, असार २५ गते । पछिल्लो २४ घण्टामा थप १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ७२ र एन्टीजेन परीक्षण गर्दा ३० गरेर कुल १०२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १५ सय ३९ जनाको पीसीआर र एक हजार ७६ जनाको एन्टीजेन परीक्षण गरिएको थियो । अहिले देशभर ६०५ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्ला दिनमा संक्रमण बढ्दै गएको छ । मृत्युदर भने शून्य रहेको छ ।
सशस्त्र प्रहरीको उपचारमा मेडिकल कलेजले सहुलियत दिने
नेपालगञ्ज मेडिकल कलेज (एनजीएमसी) र सशस्त्र प्रहरी अस्पतालवीच सहुलियतमा सशस्त्र प्रहरीहरुको उपचार गर्ने सम्झौता भएको छ । सो सम्झौता सशस्त्र प्रहरी बल महिला संघको समन्वयमा भएको हो ।
नाइरोबी फ्लाइको कीराबाट निस्केको सङ्क्रमणले भए पाँच जना बिरामी
पछिल्लो केही दिनदेखि नेपालमा ‘नाइरोबी फ्लाई’ कीराको टोकाइबाट गम्भीर छालाको समस्या भएको सूचना सार्वजनिक भएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा अहिलेसम्म यस कीराबाट निस्केको सङ्क्रमणले अहिलेसम्म पाँचजना बिरामी अस्पताल पुगेको विवरण प्राप्त भएका छन् ।
भारतमा कोरोनाबाट थप झण्डै १९ हजार सङ्क्रमित
भारतमा कोरोना भाइरसबाट थप झण्डै १९ हजार जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार थप १८ हजार ८४० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् ।
‘नाइरोबी फ्लाई’ डरलाग्दो र भयानक रोग होइन : डा. ढकाल
झापामा विगतको तुलनामा ‘नाइरोबी फ्लाई’ नामक किराको सङ्क्रमण बढे पनि डरलाग्दो अवस्था भने नभएको बताइएको छ ।
स्वास्थ्य बीमा र अस्पताल, स्थानीय पालिकाको प्राथमिकता
झापामा नेपाल सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवा लिन समस्या हुन थालेपछि स्थानीय तहहरुले बीमाको उपचारमा सहजताका लागि विशेषज्ञसहितको अस्पताल बनाउने कार्यलाई प्राथमिकताका साथ आफ्नो नीति तथा कार्यक्रम र बजेटमा समावेश गनै थालेको पाईएको छ ।
निःसन्तान दम्पती लक्षित ‘आइभिएफ’ सेवा सञ्चालन
कीर्तिपुर नगरपालिकाकी २८ वर्षीया एक महिला जति खुसी देखिन्छिन् त्यतिकै बैतडीकी ३३ वर्षीया महिलाकाे अनुहारमा पनि चमक छ । निःसन्तान उनीहरुमा अहिले सन्तानका लागि ‘आइभिएफ’(इनभिट्रो फर्टिलाइजेसन) पद्धतिमार्फत गर्भाधान सफल भएपछि उहाँहरुमा खुसी देखिएको हो ।
बढ्न थाले हैजाका बिरामी
काठमाडौँमा हैजाका बिरामी बढ्न थालेका छन् । अघिल्लो दिन तीन जनामा पुष्टि भएको हैजा शुक्रबार थप चार जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा हैजा पुष्टि हुनेको सङ्ख्या २७ पुगेको छ ।
थारु समुदायमा सिकलसेलका विरामी बढे
थारु समुदायमा बढी देखिएको सिकलसेल एनिमियाका बिरामीको सङ्ख्या रुपन्देहीमा बढ्दै गएको छ । जिल्लामा खासगरी थारु समुदायको बाहुल्य रहेको क्षेत्रमा यो रोग बढ्दै गएको हो । स्वास्थ्य कार्यालय रुपन्देहीले सिकलसेल तथा थालसेमिया रोगसम्बन्धी कार्यक्रममा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार जिल्लामा २७ रोगी रहेका छन् ।
सुशील कोइराला अस्पतालका लागि बजेट व्यवस्थापन गर्ने राज्यमन्त्रीको प्रतिवद्धता
स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री हिराचन्द्र केसीले बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल अनुगमन गर्नुभएको छ।
ललितपुर महानगरपालिका प्रमुख महर्जनलाई कोरोना संक्रमण
काठमाडौं, असार २४ गते। ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ। ललितपुर महानगरका प्रवक्ता राजु महर्जनका अनुसार नगर प्रमुख महर्जनमा शुक्रबार कोरोना पुष्टि भएको हो। उहाँ अहिले घरमै स्वास्थ्य लाभ गरिरहनुभएको प्रवक्ता महर्जनले जानकारी दिनुभएको छ। महर्जनको स्वास्थ्य अवस्था सामान्य छ। ललितपुर महानगरपालिकाले विज्ञप्ति सार्वजनिक गर्दै उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
बाल सुधार गृहमा पाँच दिने योग शिविर सुरु
बाँकेको डुडुवा गाउँपालिका–६ मा रहेको जयेन्दु बाल सुधार गृहमा योग शिविर सुरु भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र प्रिजन फाउण्डेसनको सहयोग, जयेन्दु बाल सुधार गृहको समन्वयमा द आर्ट अफ लिभिङ नेपालगञ्जले पाँच दिने नव चेतना शिविर सञ्चालन गरेको हो ।
थप ९८ जनामा सङ्क्रमण पुष्टि, ५६४ सक्रिय सङ्क्रमित
शुक्रबार परीक्षण गरिएकामध्ये ४.५४ प्रतिशतमा कोरोना पुष्टि भएको छ । बिहीबार परीक्षण गरिएकामध्ये २.२१ प्रतिशतमा कोरोना पुष्टि भएको थियो । जुन हिजोको तुलनमा २.३३ प्रतिशतले बढी हो ।
थप तीनजनामा हैजा पुष्टी, सङ्क्रमित हुनेको सङ्ख्या २६ पुग्यो
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबार मात्रै तीनजनामा हैजा पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २६ पुगेको हो ।
झापामा ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला
विगत सात वर्षदेखि औषधि पसल सञ्चालन गर्दै आउनुभएका निरौलाले पहिलोपटक यति धेरै मात्रमा एन्टिभाइरल क्रिम बिक्री गरेकोसमेत जानकारी दिनुभयो । उहाँले एक हप्ताको अन्तरालमा झण्डै ४०० बढीलाई सो क्रिम बिक्री गरेको जानकारी दिनुभयो ।
टीकापुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा
कैलालीको टीकापुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । हालै यहाँ आयोजित कार्यक्रममा नगरप्रमुख रामलाल डगौरा थारूले नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका एवं दिगोपना घोषणा गर्नुभएको हो ।