• १५ चैत २०८०, बिहिबार

२४ घण्टामा थप ५४ जनामा कोरोना पुष्टि

blog

काठमाडौं, असोज ११ गते । पछिल्लो २४ घण्टामा थप ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ८२९ जनको कोरोना परीक्षण गर्दा ५४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार एक हजार ७२९ जनाको पीसीआर परीक्षण गर्दा ४२ जना र  दुई हजार एक सय एन्टीजेन परीक्षण गर्दा १२ जनामा सङ्क्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा ७६ जना सङ्क्रमण मुक्त भएका छन् भने सो समयमा मृत्युदर शून्य रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, हाल मुलुकमा एक हजार १४४ जना सक्रिय सङ्क्रमित छन् ।