• १३ वैशाख २०८१, बिहिबार

स्वास्थ्य परीक्षणमा विद्यार्थीलाई छुट

blog

काठमाडौँ, असोज ११ गते । विद्यार्थीले ओपीडी शुल्कमा ५० प्रतिशत र प्रयोगशाला परीक्षणमा १५ प्रतिशत छुट पाउने भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै विद्यार्थीलाई सङ्घीय अस्पतालमा उपचार गर्न जाँदा ओपीडी शुल्कमा ५० प्रतिशत र प्रयोगशाला परीक्षणमा १५ प्रतिशत छुट दिने निर्णय गरेको हो। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीका विज्ञ सल्लाहकार डा. रमेश ढकालले सङ्घीय अस्पतालमा मात्र विद्यार्थीले ओपीडीमा ५० र प्याथोलोजीमा १५ प्रतिशत छुट पाउने निर्णय भएको जानकारी दिनुभयो। उहाँले परीक्षण गर्न जाँदा विद्यार्थीले आफ्नो परिचयपत्र देखाए पुग्ने बताउनुभयो। 

यसअघि विभिन्न विद्यार्थी सङ्गठनले स्वास्थ्यमन्त्रीसमक्ष विद्यार्थीलाई अस्पतालमा छुट दिनुपर्ने भन्दै ज्ञापनपत्र बुझाएका थिए।