जीवन रक्षक खोप
कतिपय रोग लाग्नबाट बच्न हामीले खोप लगाउनुपर्छ । लागत प्रभावकारिताको हिसाबले पिउने पानी पछिको दोस्रो नम्बरमा खोपलाई विश्व समुदायले लिने गर्दछ । खोपलाई एक उत्तम खरिद वस्तु मानिन्छ । विश्वबाट हालसम्म उन्मूलन भएको एक मात्र रोग बिफर खोपले गर्दा नै सम्भव भएको थियो । पोलियो रोगलाई चाँडै उन्मूलन गर्ने अभियान चलिरहेको छ ।
थप २३ जनामा सङ्क्रमण पुष्टि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९३७ जनाको पीसीआर परीक्षण गर्दा २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
नेपाल प्रहरी र परिवारलाई चितवन मेडिकल कलेजमा छुट
। नेपाल प्रहरी श्रीमती सङ्घ र चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी) बीच सम्झौता भएको छ ।
बाँकेमा ५४ हजार बालबालिकाले कोभिड खोप लगाए
५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि सुरु गरिएको कोभिड विरुद्धको खोप अभियानमा प्रभावकारी भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
रक्त क्यान्सर उपचार सम्भव छ
कान्ति बाल अस्पतालमा अङ्कोलोजी विभागको इमर्जेन्सी कोठाको दायाँतर्फ रहेको शय्यामा एक जना दस वर्षे बालक मोबाइल फोनमा रमाउँदै भिडियो हेर्दै गरेको देख्दा लाग्छ, उनलाई खासै गम्भीर समस्या छैन । नजिकै कुर्सीमा बसेका १६ वर्षीय युकेश राई एक टक लगाएर बालकलाई नियालिरहेका छन् । इच्छाबहादुरको कुरुवा हुन् दाइ युकेश ।गएको वैशाखमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएपछि नै युकेश भाइको रेखदेखमा जुटेका छन्, यसको कारण अरू केही होइन उनको भाइलाई एक खालको रक्त क्यान्सर भएको छ ।करिब पाँच महिना अगाडि खाना खान मन नलाग्ने भएपछि एक दिन इच्छाबहादुरको नाकबाट अचानक रगत बग्न थाल्यो, परिवारजन चिन्तित भए । ओखलढुङ्गाका अस्पताल हुँदै काठमाडौँ आइपुगेको उनको परिवारजनले रोगको पहिचान हुँदासम्म दुई लाखभन्दा बढी रुपियाँ खर्चिसकेको थियो । कान्ति बाल अस्पताल आइपुगेपछि इच्छाबहादुरलाई क्यान्सर भएको पत्ता लाग्यो । अङ्कोलोजी डिपार्टमेन्टकी वरिष्ठ नर्सिङ निरीक्षक निलकुमारी थापाका अनुसार इच्छाबहादुरलाई अक्युट लिम्फोब्लास्टिक ल्युकेमिया (एएलएल) भएको छ । ‘एएलएल’ भनेको रक्त क्यान्सरको प्रकार हो । रगत र ‘बोन म्यारो’मा ह्वाइट ब्लड सेल (डब्ल्यूबीसी) अर्थात् सेतो रक्तकोषको मात्रा अस्वाभाविक घटीबढी भएको अवस्थासँग यो रोग सम्बन्धित छ । अस्पतालको सामाजिक सुरक्षा एकाइका अनुसार गएको दस महिनामा क्यान्सरका २६७ नयाँ बिरामी औषधि उपचार कार्यक्रमबाट लाभान्वित भएका छन् । मानेभन्ज्याङका इच्छाबहादुरको उपचारमा हालसम्म करिब दस लाख रुपियाँ खर्च भइसकेको परिवारजनको भनाइ छ । ‘केमोथेरापी’को तेस्रो चक्रका लागि उनी हाल अस्पतालमा भर्ना छन् । कान्ति अस्पतालको सो डिपार्टमेन्टमा उपचारका लागि हाल १५ बालबालिका भर्ना छन् । जसमध्ये चार जना रक्त क्यान्सरबाट पीडित छन् र अधिकांशलाई ‘केमोथेरापी’ गरिएको छ । दिवा सेवामा उपचार गराएर घर फर्किनेको छुट्टै एकाइ भुईंतल्लामा छ । त्यस डिपार्टमेन्टमा १४ वर्ष उमेरसम्मका क्यान्सर पीडित बालबालिकाको उपचार गरिन्छ । उपचारको क्रममा शय्या, ल्याब, एक्स रे, सिटी स्क्यानलगायतको सुविधा अस्पतालले निःशुल्क गरेको छ । अस्पतालको सामाजिक सुरक्षा एकाइका अनुसार गएको दस महिनामा क्यान्सरका २६७ नयाँ बिरामी औषधि उपचार कार्यक्रमबाट लाभान्वित भएका छन् । उक्त सङ्ख्या आर्थिक वर्ष २०७७/०७८ मा २६० थियो । सरकारले क्यान्सर बिरामीलाई ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम’बाट उपचार खर्चमा सहयोग गर्दै आएको छ । एकाइका सहजकर्ता सन्तोष घिमिरेले वैशाख महिनासम्म सिफारिसका आधारमा राज्यकोषबाट २६७ जना बिरामीलाई ४४ लाख १९ हजार बराबरको सहयोग उपलब्ध गराइएको छ ।रक्त क्यान्सरका कति बिरामी ?एक अध्ययनअनुसार नेपालमा वार्षिक लगभग सात सय ल्युकिमिया, दुई सय लिम्फोमा र ७० मल्टिपल माइलोमाका नयाँ बिरामी थपिँदै आएका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को तथ्याङ्कले के देखाउँछ भने सन् २०१९ मा नेपालको नौ जिल्लामा मात्रै रक्त क्यान्सरका ४५७ नयाँ बिरामी फेला परेका थिए । एक वर्षअघि ४३८ जना रक्त क्यान्सरका नयाँ बिरामीको पुष्टि भएको थियो । परिषद्ले जनसङ्ख्यामा आधारित क्यान्सर रजिस्टी« (पीबीसीआर) कार्यक्रम सञ्चालन गर्दै आएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्ला, मधेश प्रदेशको आठमध्ये सप्तरी, सिरहा, धनुषा र महोत्तरी तथा पूर्वी र पश्चिमी रुकुममा पीबीसीआर अध्ययन भइरहेको छ । कार्यक्रमकी अनुसन्धान अधिकृत उमा काफ्लेले माथिका नौ जिल्लामा सन् २०१९ मा क्यान्सरका जम्मा तीन हजार दुई सय ९५ र सन् २०१८ मा तीन हजार तीन सय ४९ नयाँ बिरामीको पुष्टि भएको जानकारी दिएकी छन् । पहिलो पटक सन् २०१८ मा उक्त अनुसन्धान सुरु गरिएको थियो । अधिकृत काफ्ले भन्छिन्, “सन् २०१९ पछि कोभिड–१९ को प्रकोपले बिरामीको यथार्थ चित्रण आउन नसकेको हो कि जस्तो लाग्छ तर अघिल्लोे वर्षको तुलनामा सन् २०१९ को चित्र बढी वस्तुपरक छ ।”तथ्याङ्कको विश्लेषण गर्दा सन् २०१९ मा नौ जिल्लामा पुष्टि भएका क्यान्सरका नयाँ बिरामीमध्ये करिब १४ प्रतिशत रक्त क्यान्सरका बिरामी हुन् । एक वर्षअघि रक्त क्यान्सरका बिरामी करिब १३ प्रतिशत थिए । काठमाडौँस्थित निजामती कर्मचारी अस्पताल नेपालमा रगतको क्यान्सरको विशिष्टिकृत उपचार थलो हो । अस्पताल प्रशासनका अनुसार हाल रक्त क्यान्सरका ३० बिरामी अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् । वार्षिक करिब चार सय रक्त क्यान्सरका रोगीको पहिचानपछि निजामती अस्पतालमा उपचार गरिँदै आएको छ । रगतको रोग के हो ?रगतमा दुई प्रकारका पदार्थ हुन्छन्, कोष र प्लाज्मा । कोष र प्लाज्मामध्ये कुनैमा गडबडी भयो भने रगतसम्बन्धी रोग लाग्छ । कोषमा रातो रक्तकोष(आरबीसी), सेतो रक्तकोष (डब्ल्यूबीसी) र प्लेटलेट्स हुन्छ । आरबीसी कम हुनु पनि रोग हो, बढी हुनु पनि रोग हो । रगतमा हेमोग्लोबिन पनि हुन्छ ।फलाम तìवकोे कमी हुनु, रक्तअल्पता, भिटामिन बी१२ को कमी हुनु, कलेजो, मिर्गौला वा मुटुको रोगले हेमोग्लोबिन कम हुन सक्छ । हेमोग्लोबिनको कमी भएमा रगतको क्यान्सर पनि हुन सक्छ । धेरैजसो रगतको क्यान्सर हेमोग्लोबिनको कमीले गर्दा हुन्छ । हेमोग्लोबिन बढी हुनु पनि रोग हो । कसैको हेमोग्लोबिन २० वा २२ हुन्छ । केटा मान्छेमा हेमोग्लोबिन अधिकतम १६.५ भन्दा बढी हुनुहँुदैन भन्छौँ हामी । केटी मान्छेमा हेमोग्लोबिन १६ भन्दामाथि हुनुहुन्न । मुटु, छाती वा कलेजोको रोगले पनि हेमोग्लोबिन घटबढ हुन सक्छ । रगतको क्यान्सरले पनि हेमोग्लोबिन बढी हुन सक्छ । यी सबै रातो रगतको कुराहरू भए ।सेतो रक्तकोष कम हुनु पनि रोग हो, बढी हुनु पनि रोग हो । रगतका साधारण रोगले पनि सेतो रक्तकोष कम हुन्छ । जस्तै– रुघाखोकीको बेला कुनै औषधि खाँदा सेतो रक्तकोष कम हुन सक्छ । फियो सुन्निएको छ भने सेतो रक्तकोष देखिन्छ । रगतको क्यान्सरले समेत सेतो रक्तकोष कम गर्दछ । रगतको क्यान्सरहरू मुख्य रूपमा ५६ प्रकारका हुन्छन् । कोषको कम हुनु पनि रोग हो, बढी हुनु पनि रोग हो । कोष कम हुनु वा बढी हुनु रगतको क्यान्सर हुन सक्छ तर रगतको अन्य रोगमा पनि कोष कम वा बढी हुन सक्छ । प्लेटलेट्समा पनि त्यस्तै हो । यो कम हुनु पनि रोग हो, बढी हुनु पनि रोग हो । रगतको साधारण रोगमा पनि प्लेटलेट्स कम वा बढी हुनसक्छ । शरीरमा फलाम तìवको मात्रा कम भएमा प्लेटलेट्स बढी देखिन्छ र क्यान्सरमा पनि बढी हुन्छ । तसर्थ हेमोग्लोबिनको मात्रा मात्रै हेरेर रगतको क्यान्सर हो भन्न सकिन्न । किनभने रगतका साधारण रोगमा समेत यी मात्रा कम वा बढी हुन सक्छ । रगतका साधारण रोग वा रगतको क्यान्सरको रिपोर्ट हेर्दा रगतका यी अवयवको मात्रा बढी वा कम उस्ताउस्तै हुन्छ । साधारण रिपोर्टकै आधारमा कसैलाई रगतको क्यान्सर भएको हो कि हैन भन्ने निचोडमा पुग्न सकिन्न । त्यसका लागि अझै बढी र विशिष्ट जाँचहरू गर्नुपर्ने हुन्छ । यसैगरी प्लाज्मामा रगत जमाउने तìवहरू हुन्छन् । जसलाई हामी ‘फ्याक्टर’ भन्छौँ । फ्याक्टर एकदेखि १३ सम्म हुन्छ । फ्याक्टर कम भयो भने पनि शरीरमा रक्तस्राव बढी हुन्छ जस्तै हिमोफिलिया । हिमोफिलियामा फ्याक्टर ८ र ९ एकदमै कम हुन्छ । जसले गर्दा बिरामीलाई बढी रक्तस्राव हुने गर्छ । ती फ्याक्टर बढी बन्यो भने रगत जम्छ । जसले गर्दा खुट्टामा, दिमागमा वा मुटुमा रगत जम्ने हुनसक्छ । यसैका कारणले ५० वर्ष नपुग्दै पक्षघात हुन सक्छ । फेला पर्ने रक्त क्यान्सर के के हुन् ?रगतका क्यान्सरलाई रेशा रेशामा छुट्याउँदा एक सयभन्दा बढी प्रकारका भेटिन्छन् । नेपालमा रगतका क्यान्सरमा अक्युट ल्युकेमिया, लिम्फोमा र मल्टिपल माइलोमा बढीजसोमा देखिएको छ । लिम्फोमा मात्रै ६० प्रकारका हुन्छ । नेपालीमा देखिने रगतका गम्भीर समस्यानेपालमा देखिने रगतका गम्भीर समस्यामध्ये एउटा त रगतको क्यान्सर नै हो । जसलाई हामी ल्युकिमिया, लिम्फोमा र मल्टिपल माइलोमा भन्छौँ । क्यान्सरबाहेकका रगतको रोगमा हाम्रा लागि ठूलो चुनौती भनेको अप्लास्टिक एनिमिया हो । बोन म्यारो सुक्ने रोग हो यो, क्यान्सरचाहिँ होइन तर बोन म्यारो सुकेर जान्छ । बोन म्यारोबाट रगतको कुनै पनि कोष बन्दैन । यो एकदमै विकराल अवस्थामा छ । यसका बिरामीमा बोन म्यारोमा रगत नै बन्दैन । शरीरमा रातो र सेतो रक्तकोष तथा प्लेटलेट्स घटेर जान्छ । रक्तअल्पता र आईटीपी (इम्युन थ्रम्बोसाइटोपेनिया परपुरा)अर्थात् रगतमा प्लेटलेट्स घटेर जाने समस्या धेरैजसोमा देखिन्छ । क्यान्सर भए/नभएको कसरी बुझ्ने ?शरीरमा रातो रगतको कमी भयो भने स्याँस्याँ हुने, एकदमै थकान लाग्ने, कान बज्ने, अलिकता सिँढी चढ्यो कि सास फुल्ने हुन्छ । सेतो रक्त कोष कम भयो भने शरीरमा सङ्क्रमण हुन्छ । निमोनिया हुने, कान पाक्ने, मुखमा घाउ आइरहने, गुद्द्वारमा घाउ भइरहने, छालामा घाउ भएर पिप निस्कने र निको नहुने हुन्छ । प्लेटलेट्स कम भएमा रक्तस्राव अधिक हुन्छ । प्लेटलेट्स कम भएको अवस्थामा मुखमा रगत जमेको देखिने, नाक, गिजाबाट रगत आउने, शरीरको विभिन्न भागबाट अस्वाभाविक रक्तस्राव हुने गर्छ । क्यान्सरले गर्दा हुने सेतो रक्तकोष कम भयो भने सङ्क्रमण नै हुने हो, क्यान्सरले गर्दा प्लेटलेट्स कम भयो भने रक्तस्राव नै हुने भयो । त्यही भएर बिरामीको लक्षण हेरेर क्यान्सर भएको छ यसै भन्न सकिन्न । उपचार कसरी र किन भयावह ?रगतको क्यान्सरलाई समयमै उपचार गरिए निको पार्न सकिन्छ तर औषधिले छुनुप-यो । रगतको क्यान्सरको उपचार दुईथरीले गरिन्छ । किमोथेरापी–औषधि सेवन गरेर । अर्को बोन म्यारो प्रत्यारोपण गरेर । यी दुवै विधि नेपालमा सम्भव छ । दुवै उपचार प्रक्रिया, काठमाडौँको निजामती अस्पतालमा सन् २०११ देखि निरन्तर उपलब्ध छन् । किमोले निको हुने बिरामीलाई किमो दिइने र किमोले निको नहुने बिरामीलाई बोन म्यारो प्रत्यारोपण गरिन्छ । लिम्फोमा भएको छ भने पहिले किमोथेरापी दिने हो, निको भएन भने बोन म्यारो प्रत्यारोपण गर्ने हो । ल्युकिमियालाई पनि पहिले किमोथेरापी दिने दिएर हेरिन्छ तर किमोथेरापी दिएपछि पनि फर्केर आउने वा किमोथेरापीबाट निको नहुने भएमा बिरामीमा बोन म्यारो प्रत्यारोपण विधिबाट उपचार गरिन्छ । जन्मजात शरीरमा रोगसँग लड्ने क्षमता नभएका बिरामीलाई बोन म्यारो प्रत्यारोपण गर्छौं हामीले । साधारण रोगको उपचार हुन्छ र हुन्थ्यो, निको भएर जान्छ । रगतको क्यान्सरको उपचार नेपालमा थिएन, उपचार अभावमा बिरामी मर्थे । त्यसो हुनाले रगतको क्यान्सरलाई भयावह रोग भनिन्थ्यो । पहिला त रगतको क्यान्सर भएको छुट्याउनुप-यो । रगतको क्यान्सर भएको किटान गर्न रगतको र बोन म्यारोको जाँच हुनुप¥यो । त्यसैगरी शरीरमा पलाएका गाँठागुँठीको जाँच गरेर रगतको साधारण रोग हो वा क्यान्सर हो छुट्याउन सकिन्छ । रगतको क्यान्सर हुने कारणवंशाणुगत, विकिरण, भाइरल इन्फेक्सन वा ब्याक्टेरियल इन्फेक्सनले रगतको क्यान्सर हुने पुष्टि भइसकेको छ । चुरोट सेवन गरेर फोक्सोको क्यान्सर हुन्छ, रक्सी खाँदा कलेजोको क्यान्सर हुन्छ भने जसरी फलानो वस्तु खाएमा रगतको क्यान्सर हुन्छ भन्ने छैन । खाएरै हुने भए नवजात शिशुमा समेत रक्त क्यान्सर किन हुन्थ्यो त ?किमोथेरापी गरिसकेपछि पनि रोग फर्केर आउने सम्भावना कतिको हुन्छ ?ल्युकिमिया तीन प्रकारका हुन्छन् । क्यान्सरको प्रकृतिअनुसार ३० देखि ७० प्रतिशतसम्म यो रोग फर्केर आउने सम्भावना हुन्छ । कुनै रोग ३० प्रतिशत मात्रै फर्किने सम्भावना हुन्छ भने कुनै रोगमा उक्त सम्भावना ७० प्रतिशतसम्म रहन्छ । यो सम्भावना ल्युकिमियामा बढी हुन्छ । कार्यस्थल वा वंशाणुगत कारणले रगतको क्यान्सर हुने सम्भावना कति हुन्छ ?नयाँ शोधहरूले रगतका क्यान्सर पनि वंशाणुगत हुन्छ भनेर पुष्टि गरिसकेका छन् । माइलो डिस्प्लास्टिक सिन्ड्र«ोम बाह्य कारणले हुने एक प्रकारको क्यान्सर हो । ल्युकिमिया, लिम्फोमा र मल्टिपल माइलोमा पनि वंशाणुगत हुनसक्छ भनेर पुष्टि भइसकेको छ । त्यसैले परिवारमा कसैलाई रगतको क्यान्सर भएको छ भने अर्को व्यक्तिलाई पनि रगतको क्यान्सर हुने सम्भावना बढी हुन्छ । बेन्जिन भने रसायनको सम्पर्कमा लामो समयसम्म रह्योे भने रगतको क्यान्सर हुने जोखिम बढी हुन्छ । खाडी राष्ट्रहरू, मलेसियालगायतका राष्ट्र«मा काम गरेर फर्किने नेपालीमा अप्लास्टिक एनिमिया वा रगतको क्यान्सर देखिने गरेको छ । रगतको क्यान्सर बढी हुने उमेर समूह कुन हो ?ल्युकिमिया भने रगतको क्यान्सर बालबालिकामा बढी देखिन्छ । लिम्फोमा भने रगतको क्यान्सर वयस्कहरूमा बढी देखिएको छ । मल्टिपल माइलोमा उमेर पुगेका व्यक्तिमा बढी भेटिन्छ । यसो भन्दैमा ल्युकिमिया बुढेसकालमा देखिने हैन भनेको होइन, देखिन सक्छ । अप्लास्टिक एनिमिया भने बालबालिका र युवामा बढी देखिन्छ । ‘आईटीपी’ युवतीमा बढी देखिने गरेको छ । बिरामीको चाप र उपचारको अवस्थारगतको क्यान्सरको अवस्था आजको दिनमा समेत भयावह नै छ । भोलिको दिनमा के हुन्छ भन्न सकिन्न । उपचार पद्धति पनि महँगै छ, सबैले बेहोर्न नसक्लान् तर भोलिको दिनमा उपचारलाई लिएर भन्नुपर्दा सरकारले ध्यान दिने हो र रगतको रोगका लागि भिन्नै अस्पताल चाहिन्छ भन्ने महसुस गरेर निर्माण ग¥यो भने रगतको क्यान्सरले त्यत्ति भयावह रूप नलेला । तर रगतको रोगप्रति हेलचेक्र्याइँ गर्ने हो भने थाल्सेमिया (एक प्रकारको रगतको रोग)को जस्तो भयावह रूप लिन सक्छ । बोन म्यारो प्रत्यारोपण गरेर विदेशमा ९० प्रतिशत थाल्सेमिया बिरामी निको भएका छन् तर नेपालमा ३५ वर्ष उमेरभन्दा माथि कोही बाँच्दैनन् । पश्चिमी नेपालको धनगढी क्षेत्रलगायत थारू समुदायमा देखिने सिकलसेल एनिमिया पनि यस्तै हो । यस रोगले गर्दा धेरैले अकालमै ज्यान गुमाएका छन् । यसको अवस्था विकराल छ । अप्लास्टिक एनिमियामा बोन म्यारो प्रत्यारोपण गर्नुपर्छ तर उपचार खर्च जुटाउन नसकेर हामीले एक वर्षमा सय बिरामीमध्ये ७५ जनाको मृत्यु भएको देखेका छौँ । सरकारले आजको दिनमा रगतको रोगका बिरामीलाई बचाउने हो भने सेवा विस्तार गर्नलाई छुट्टै अस्पताल नखोलेर हुँदैहुँदैन । यी सबै कुरा सरकारले गर्न सकेन र निजी क्षेत्रको हातमा गयो भने उपचार खर्च जुटाउन नसकेर धेरै बिरामी बाँच्न सक्ने छैनन् । उपचार खर्च कति लाग्छ ?दक्षिण एसियामा तुलना गर्दा नेपालमा क्यान्सरको उपचार सस्तो छ । निजामती कर्मचारी अस्पताल सरकारी भएर हो अन्य अस्पतालभन्दा उपचार सस्तो नै छ । हामीले गर्ने बोन म्यारो प्रत्यारोपण संसारमै सबैभन्दा सस्तो हो । हामीले गर्ने बोन म्यारो प्रत्यारोपणको नतिजा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशन गरिसकेका छौँ । यहाँको प्रत्यारोपणको नतिजा अमेरिका, युरोपलगायत विदेशमा हुने प्रत्यारोपणसँग मिल्दोजुल्दो छ । तर जतिसुकै सस्तो भए पनि दस लाख रुपियाँ निकाल्न गाह्रो हुन्छ नि । सरकारले त्यस सम्बन्धमा विचार पु-याउनुपर्ने हो । विस्तारै सुधार हुँदै गएको छ । काठमाडौँमा मुख्यतया निजामती कर्मचारी अस्पतालमै रगतको क्यान्सरको उपचार हुने हो । काठमाडौँ बाहिर नेपालगञ्जमा, भरतपुरमा क्यान्सरको उपचार गरिन्छ । á
बागबजारको धारा र ट्युबवेलको पानीमा भेटियो दिसाको जीवाणु
काठमाडौंको बागबजार क्षेत्रको पानी परीक्षण गर्दा दिसामा पाइने जीवाणु भेटिएको छ।
रगत परीक्षण गर्ने उपकरण हस्तान्तरण
भरतपुर प्रादेशिक अस्पताललाई काठमाडौंस्थित ईश्वर मन्दिर संस्थाले चिकित्साजन्य उपकरण हस्तान्तरण गरेकोे छ ।
पोखरामा पहिलो पटक मिर्गौला प्रत्यारोपण
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल अस्पतालमा मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ । बिहीबार ५० वर्षीया महिलामा मिर्गौला प्रत्यारोपण गरिएको हो । यस क्षेत्रका मिर्गौलाका बिरामी प्रत्यारोपणका लागि काठमाडौँ धाउन बाध्य थिए । अब मिर्गाैला प्रत्यारोपण गर्न अन्यत्र जानुपर्ने छैन ।
म्याद गुज्रेको औषधिमा मिति र एमआरपी थप्ने तीनजना पक्राउ
रुपन्देहीमा नक्कली धन्दा र कालोबजारी गर्ने तीनजनालाइ प्रहरीले पक्राउ गरेको छ । औषधिमा नक्कली म्याद र नक्कली मुल्य प्रिन्ट गर्ने गोदामबाट तीनजना पक्राउ परेका हुन् ।
घरकै खानाबाट पनि सर्न सक्छ हैजा
उपत्यकाभित्र हैजाको प्रकोप बढिरहेको छ । बिहीबार पनि थप एक जना बिरामीमा हैजाको पुष्टि भएको छ । योसहित हाल टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र पाँच जना हैजा (कोलेरा)का बिरामी पुष्टि भएको छ ।
बीमितहरुलाई नियमित स्वास्थ्य सेवा प्रवाह गर्न बीमा बोर्डको अनुरोध
बीमितहरुलाई नियमित रुपमा स्वास्थ्य सेवा प्रभाव गर्न सम्पूर्ण सेवा प्रदायक संस्थालाई स्वास्थ्य बीमा बोर्डले अनुरोध गरेको छ ।
गाउँमा विशेषज्ञसहितको आयुर्वेद सेवा
अर्जुन चौपारी गाउँपालिका ३ का ७९ वर्षीय गङ्गाधर काफ्ले विशेषज्ञसहितको आयुर्वेद सेवा गाउँमै प्राप्त भएपछि खुसी ब्यक्त गर्नुभएको छ । समान्य उपचारको पुतलीबजार र पोखरा पर्ने काफ्लेले आफ्नै पालिकामा बिशेषज्ञसहितको सेवा पाएको बताउनुभयो ।
आजबाट बालबालिकाको खोप अभियान सुरु: निर्धक्कसाथ लगाउन चिकित्सकको सुझाव
सरकारले आजबाट पाँच वर्षदेखि १२ वर्ष मुनिका करिब ३९ लाख बालबालिकालाई कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको छ । सरकारले सो उमेर समूहका बालबालिकालाई दुइ चरणमा खोप अभियान सञ्चालन गरेको हो ।
हैजाको रोकथाम तथा नियन्त्रणका लागि पाँच सदस्यीय छानबिन समिति गठन
जिल्ला जनस्वास्थ्य कार्यलय काठमाडौंले काठमाडौंमा देखिएको हैजाको रोकथाम तथा नियन्त्रणका लागि छानबिन समिति गठन गरेको छ ।
बीएमसी र नोबेल मेडिकल कलेजले बीमा कार्यक्रम बन्द गर्ने
बुधबार पत्रकार सम्मेलन गर्दै बीएमसी र नोबेल मेडिकल कलेजले बीमाको रकम नपाएको भन्दै असार २० गतेबाट बीमा कार्यक्रम बन्द गर्ने घोषणा गरेका हुन् ।
काठमाडौंका एक लाख ९० हजार बालबालिकालाई खोप लगाइने
सरकारले काठमाडौंका ५ देखि १२ वर्षमुनिका एक लाख ९० हजार बालबालिकालाई कोभिड १९ विरुद्धको खोप लगाउने भएको छ ।
ललितपुरमा जनावरको उपचारका लागि एम्बुलेन्स सेवा सुरु
ललितपुर महानगरपालिकाको सडकमा रहेका घाइते जनावरको उपचारका लागि एम्बुलेन्स सेवा सुरु भएको छ । महानगरले बुधबार एक कार्यक्रमार्फत जनावरको अधिकारको संस्था स्नेहाज केयरसँगको सहकार्यमा सो सेवा सुरु भएको जनाएको छ ।
स्वास्थ्य बीमा आफैँ बिरामी
स्वास्थ्य बीमा आफैँ बिरामी परेको छ । कार्यान्वयनका केही समस्याका कारण अस्पतालहरूले स्वास्थ्य बीमासम्बन्धी सेवा बन्दको घोषणा गर्न थालेका छन् । मध्यम तथा आर्थिक रूपमा विपन्नलाई सो सेवा उपलब्ध गराएबापत प्राप्त गर्नुपर्ने भुक्तानी नपाएपछि हैरान भएर सेवा नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको अस्पतालका पदाधिकारीको भनाइ छ ।
थप दुई जनामा हैजा पुष्टि
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा थप दुई जनामा हैजा पुष्टि भएको छ।
नयाँ औषधि दर्ता एवम् गुणस्तर यकिनका लागि ५८ विदेशी कम्पनी छनौट
औषधि व्यवस्था विभागले नयाँ औषधि दर्ता एवम् गुणस्तर यकिनका लागि ५८ वटा विदेशी कम्पनी छनौट गरेको छ ।
तनावमुक्त हुन र स्वस्थ शरीरका लागि योगको ठूलो महत्व छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले तनावमुक्त शान्त मन, रोगमुक्त स्वस्थ शरीर, आघात मुक्त चित्त विकासमा योगको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय योग दिवस मनाइयो [फोटो फिचर]
मानवका लागि योगको नारा सहित आठौँ अन्तर्राष्ट्रिय योग दिवस देशैभर मनाइएको छ । काठमाडौं स्थित नेपाली आर्मी क्लवमा आयोजित कार्यक्रमलाई प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको छ । योगका आसनहरु प्रदर्शन गरेर कार्यक्रम मनाइएको थियो ।
शारीरिक, मानसिक र आध्यात्मिक अभ्यास हो 'योग' : महानिर्देशक उपाध्याय
पछिल्लो समय व्यस्त जीवनशैलीले गर्दा मानिसमा शारीरिक र मानसिक स्वास्थ्य समस्या बढ्दै गइरहेको छ । पहिले पहिले नेपाललगायत विश्वका विभिन्न देशहरुमा सर्ने रोगबाट मानिसहरुको बढी मृत्यु हुन्थ्यो भने आजभोलि त्यसको उल्टो नसर्ने रोगजस्तै मधुमेह, मुटुरोग, क्यान्सर, विभिन्न किसिमका मानसिक रोगका कारण मानिसको मृत्यु हुनेगरेको विभिन्न अध्ययनहरुले देखाएको छ ।
विजयनगरमा अस्पताल भवन शिलान्यास
कपिलवस्तुको विजयनगर गाउँपालिकामा अस्पताल भवनको शिलान्यास गरिएको छ । गाउँपालिकाको वडा ६ बदौर टोलमा एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले भवनको शिलान्यास गर्नुभयो ।