• १३ साउन २०८१, आइतबार

स्वास्थ्य सामग्री सहयोग

blog

फाइल तस्बिर

अर्जुन काफ्ले

स्याङ्जा, असोज ३ गते । पुतलीबजार नगरपालिका–३ कुमाल गाउँमा रहेको जिल्ला अस्पताल स्याङ्जालाई त्रिकोण डेनमार्कले आस्क नेपाल स्याङ्जाको पहलमा स्वास्थ्य सामग्री सहयोग गरेको छ ।  

डेनिस नागरिक क्रिष्टियन क्रुस, स्वास्थ्यकर्मी ब्रिगिट क्रुस र एनिट बेरबर्गको सक्रियतामा वाल्कर बुट, स्प्रिङ हेण्ड सेट, ब्लड ब्याग, सिरिन्ज, एप्रोन, पञ्जा, अक्सिजन मास्क, कटन, ड्रेसिङ सेट, प्याम्पस, प्याडलगायतका ५५ प्रकारका ९७४ सेट सामग्री हस्तान्तरण गरेको हो । 

अस्पताल स्याङ्जाको अवस्था र आवश्यकतालाई पहिचान गरेर उपयोगी स्वास्थ्य सामग्री सहयोग गरेको आक्सका अध्यक्ष रुकुमदत्त शर्माले बताउनुभयो । सामग्री हस्तान्तरणमा जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख बसुन्धता शर्माले सामग्रीको सदुपयोग गर्ने र आगामी दिनमा पनि आवश्यकताको आधारमा निरन्तर सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा जिल्ला अस्पताल स्याङ्जाका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रमेश आचार्य प्राप्त स्वास्थ्य तथा स्वास्थ्यजन्य सामग्रीको उचित प्रयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।