भारतबाट फर्कनेमा काेरोनाको सङ्क्रमण देखिँदै
पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै नेपाल भित्रिने मानिसमा कोरोनाको सङ्क्रमण देखिन थालेको छ । भारतबाट फर्कनेमा कोरोनाको सङ्क्रमण देखिन थालेपछि सीमा क्षेत्रमा स्वास्थ्यकर्मीले उच्च सर्तकता अपनाएका छन् ।
कोभिड नियन्त्रणमा दिनरात खटिने चिकित्सक र स्वास्थ्यकर्मी सम्मानित
कोभिडको महामारी अति नै चरम अवस्थामा पुगेको बेला दिनरात खटिएर भूमिका निर्वाह गर्ने बाँकेका चिकित्सक र स्वास्थ्यकर्मीलाई सम्मान गरिएको छ । बाँके युनेस्को क्लबले आफ्नो ३३ औँ साधारणसभा र १० औँ अधिवेसनको अवसरमा चिकित्सक र स्वास्थ्यकर्मीलाई सम्मानित गरेको हो ।
स्वास्थ्यमन्त्रीकाे स्वास्थ्यमा सुधार
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङको स्वास्थ्यस्थिति सामान्य रहेकाे बताइएकाे छ । हिजो सामान्य चक्कर आएपछि उहाँ वीर अस्पतालमा उपचारको लागि जानुभएको थियो ।
भारतीय नाकामा रहेका होल्डिङ सेन्टर रित्तै, छाप्रोमा हेल्थ डेस्क्
सरकारले भारतसँग जोडिएका नाकामा कोभिड –१९ का लागि होल्डिङ सेन्टर निर्माण गरे पनि सञ्चालनमा आउन सकेको छैन । भारतबाट नेपाल भित्रिएका नेपालीहरूलाई प्रवेशविन्दुमै होल्डिङ सेन्टरमा राखेर पिसीआर र एन्टिजेट परीक्षणको लागि तथा सङ्क्रमितहरू सुरक्षित राख्नका लागि एक हजार अट्ने होल्डिङ सेन्टर निर्माण भएका छन् ।
ऐनअनुसार बीमा कार्यक्रम सञ्चालन गर्न निर्देशन
संसद्को शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य बीमा कार्यक्रमलाई बीमा ऐनअनुसार अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ । शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले बजेट वक्तव्यपछि निम्तिएको समस्यालाई मन्त्रिपरिषद्मा प्रस्ताव लगेर समाधान खोज्नुपर्ने बताउनुभयो ।
‘कोरोनाको चौथो लहर होइन’
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या पुनः बढ्दै गएको छ । केही दिन अघिसम्म दैनिक चार जनासम्म सङ्क्रमित व्यक्ति देखिने गरेको भए पनि पछिल्ला दिनमा दैनिक चार सयभन्दा बढी सङ्क्रमितको सङ्ख्या नाघ्न थालेको छ । यसरी कोरोना सङ्क्रमण ह्वात्तै बढेपछि कतिपयले यसलाई नेपालमा कोरोनाको चौथो लहरका रूपमा लिन थालेका छन् । यद्यपि सरकारले चौथो चरणमा कोरोना पुगेको पुष्टि भने गरेको छैन ।
मङ्कीपक्स : विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा, विश्वभर १६ हजारभन्दा धेरै सङ्क्रमित पुष्टि
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले ७५ देशमा फैलिएपछि मङ्कीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको छ ।
स्वास्थ्यमन्त्री खापुङ अस्पताल भर्ना
काठमाडौं, साउन ७ गते। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङ अस्वथ हुनुभएको छ। मधुमेह बढेपछि उपचारका लागि उहाँलाई वीर अस्पतालमा भर्ना गरिएको मन्त्रीका स्वीकय सचिव मनोज लिम्बूले जानकारी दिनुभयो।वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भूपेन्द्र बस्नेतले चक्कर र बान्ता आएपछि उपचारका लागि स्वास्थ्यमन्त्री खापुङ अस्पताल भर्ना हुनुभएको जानकारी दिनुभयो।उहाँका अनुसार मन्त्री खापुङको अहिले वीर अस्पतालको इमर्जेन्सी वार्डमा उपचार भइरहेको छ। “उहाँको प्रारम्भिक जाँच गरिएको छ। स्वास्थ्य अवस्था पनि राम्रो छ”, डा बस्नेतले भन्नुभयो, “जाँचको रिर्पोट आएपछि के रहेछ भन्ने थाहा हुन्छ।” रासस
थप ३३५ जनामा सङ्क्रमण पुष्टि
पछिल्लो २४ घण्टामा ३३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल दुई ९९६ जनाको कोरोना परीक्षण गर्दा ३३५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
न्यूनतम मापदण्डमा जिल्ला अस्पताल, दैलेख प्रथम
कर्णाली प्रदेशको सुर्खेतमा रहेको प्रदेश अस्पताल र जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बाहेक जिल्लाका अस्पताल मध्ये जिल्ला अस्पताल दैलेख उत्कृष्ट भएको छ ।
दार्चुलामा बढ्यो एचआइभी सङ्क्रमण
दार्चुलामा एचआइभी सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको छ । गत आर्थिक वर्षसम्म जिल्ला अस्पतालबाट ४२ जना सङ्क्रमितहरूले एआरटी सेवा लिइरहेका छन् । गत वर्ष तीनजना एचआइभी सङ्क्रमित थपिएका छन् ।
कोभिड उपचार केन्द्र तयारी अवस्थामा
झापाको दमक नगरपालिकाले कोभिड महामारीको समयमा सञ्चालनमा ल्याएको अस्थाई कोभिड उपचार तयारी अवस्थामा राखेको छ । पुन कोभिडको संक्रमण बढ्न थालेपछि ३० बेड क्षमताको कोभिड अस्पताललाई तयारी अवस्थामा राख्ने निर्णय गरेको र आवश्यक तयारी सुरु भएको दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराईले बताउनुभयो ।
अक्सिजेनेटर झिकाउन निर्देशन
अक्सिजेनेटर मेसिन अभावका कारण मुटुको शल्यक्रिया रोकिएपछि संसद्को शिक्षा तथा स्वास्थ्य समितिले कूटनीतिक पहल गरेर मेसिन तत्काल झिकाउन सरकारलाई निर्देशन दिएको छ । समितिको बैठक शुक्रबार बसेको थियो । शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले मुटुका बिरामीको शल्यक्रिया तत्काल गर्नका लागि कूटनीतिक पहल र कानुनी बाधा अड्चन फुकाएर मेसिन ल्याउनुपर्ने बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंले कूटनीतिक पहल गरेर पनि अक्सिजेनेटर ल्याउन सकिने बताउँदै हाल विश्वबजारमा अक्सिजेनेटर अभाव भइरहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार कोरियाबाट केही दिनभित्र १० वटा अक्सिजेनेटर मेसिन नेपाल ल्याइँदै छ ।
४५६ सङ्क्रमित थपिँदा ८० जना सङ्क्रमण मुक्त
नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमणदर बढ्दै गइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार पछिल्लो २४ घण्टामा ४५६ जना कोरोना सङ्कमित थपिएका छन् ।
स्वास्थ्य बीमा समस्या समाधान गर्न मन्त्रिपरिषदमा प्रस्ताव लैजान्छौं : मन्त्री खापुङ
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्या समाधान गर्नका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने प्रक्रिया अघि बढाइएको बताउनुभएको छ ।
कोभिडबारे नागरिकलाई सचेत रहन आग्रह
कोभिड–१९को प्रकोप बढ्दै गएपछि कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्र (सीसीएमसी)ले पनि आफ्ना काम अगाडि बढाउन थालेको छ । बिहीबार बसेको बैठकले नागरिकलाई कोभिडबारे सचेत तथा सजग गराउनुपर्ने भन्दै जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको छ । कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्र (सीसीएमसी)का पदाधिकारी तथा प्रधानमन्त्री कार्यालयका सहसचिव शङ्कर नेपालले नागरिकलाई कोभिडबारे सचेतना जगाई स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरिएको बताउनुभयो । उहाँले पूर्ण खोप र अतिरिक्त
बिहीबार सङ्क्रमणदर १२ प्रतिशत पुग्यो : उपत्यकामा धेरै सक्रिय संक्रमित
नेपालमा चौंथो लहरमा प्रवेश गरेसँग कोरोना सङ्क्रमणदर बढ्दो क्रममा छ। एक महिना अघि एक प्रतिशत भन्दा काम भएको सङ्क्रमणदर बढेर १२ प्रतिशत भन्दा बढीमा पुगेको छ ।
२४ घण्टामा ४३५ जनामा कोरोना पुष्टि
काठमाडौं, साउन ५ गते । पछिल्लो २४ घण्टामा ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१७ जना पीसीआर र ११८ जनामा एन्टीजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो । २४ घण्टामा १६ सय ६७ पीसीआर र १९०२ जनाको एन्टिजेन गरेर कुल तीन हजार पाँच सय ६९ जनामा परीक्षण गर्दा ४३५ जनामा संक्रमण पुष्टि भएको छ । २४ घण्टामा मृत्यु भने शून्य रहेको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या २५ सय ३७ पुगेको छ । पछिल्ला दिनमा संक्रमण बढ्दै गएको मन्त्रालयको तथ्यांकले देखाएको छ ।
स्वास्थ्य राज्यमन्त्रीसँग दन्त मन्जन र ब्रसको गुणस्तर अनुगमनको माग
काठमाडौं,साउन ५ गते। नेपाल डेन्टल साइन्स हाइजीनिस्ट एसोसिएसनका प्रतिनिधिले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीलाई भेटेर तीन बुँदे मागपत्र पेश गरेका छन्। एसोसिएसन अध्यक्ष माइकल देवकोटासहितको टोलीले राज्यमन्त्री केसीलाई भेटेर मागपत्र पेश गरेका हुन्। संघले दैनिक प्रयोग हुने दन्त मन्जन र ब्रसको गुणस्तर यसको अनुगमन हुनुपर्ने, डेन्टलमा प्रयोग हुने औषधि डेन्टल कच्चापदार्थको गुणस्तर र अनुगमन व्यवस्थापन हुनुपर्ने माग गरेको छ।दाँतमा प्रयोग हुने औषधिजन्य वस्तुको गुणस्तर र अनुगमन हुनुपर्ने माग राखिएको संघका अध्यक्ष देवकोटाले जानकारी दिनुभयो।
‘ऐन कार्यान्वयन गर्न सबै एकजुट हुनुपर्छ’
नेपाल चिकित्सक सङ्घले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ कार्यान्वयन गर्न सबै सरोकारवाला निकायहरु एकजुट हुनुपर्ने बताएको छ ।
विद्यालयमा निर्धक्क भएर सेनिटरी प्याडको प्रयोग
महिनावारी भएका बेला विद्यालय नै नआउने छात्राहरु हिजो आज निक्कका साथ विद्यालयमै प्याड प्रयोग गर्न थालेकी छन् । विद्यालयको एउटा सुरक्षित स्थानमा सेनिटरी प्याड निकाल्ने भेण्डर मेशिन जडान गरिएपछि छात्राले प्याड प्रयोग गर्न थालेका हुन् ।
रुस–युक्रेन युद्धको असर मुटुको शल्यक्रियामा
मुटुको शल्यक्रिया गर्दा आवश्यक पर्ने अक्सिजेनेटरको अभावमा बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको शल्यक्रिया नै बन्द भएको छ । यो समस्या अन्य अस्पतालमा पनि आउने सम्भावना छ तर यो अन्तर्राष्ट्रिय समस्या नै रहेको छ । रुस र युक्रेन युद्धका कारण कच्चा पदार्थको आपूर्ति कम भएका कारण अक्सिजेनेटरलगायतका स्वास्थ्य सामग्री अभाव हुन थालेको हो ।
स्वास्थ्य बीमा बन्द गरिएकोप्रति एमालेको ध्यानाकर्षण
देशका विभिन्न अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम बन्द गरिएकोप्रति नेकपा (एमाले) ले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । एमाले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले बुधबार विज्ञप्ती जारी गर्दै आमनागरिकले सहज ढंगबाट बीमाको उपयोग गर्न पाउनुपर्ने उल्लेख गर्नुभएको छ ।
‘बालबालिकामा हुने क्यान्सर शतप्रतिशत निको हुन्छ’
हरेक वर्ष नेपालमा एक हजारदेखि १५ सयको हाराहारीमा बाल क्यान्सरका नयाँ बिरामी थपिने अनुमान गरिएको छ।नयाँ थपिएका क्यान्सरका सबै बिरामी उपचारको पहुँचमा नभएको चिकित्सकको भनाइ छ।