• १३ असोज २०८१, आइतबार

२४ घण्टामा चार जनामा कोरोना सङ्क्रमण पुष्टि

blog

काठमाडौं, कात्तिक १० गते । पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन जना पीसीआर र एक जनाको एन्टिजेन परीक्षणबाट कोरोना सङ्क्रमण पुष्टि भएको हो । २४ घण्टामा ३५४ जनाको परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, २४ घण्टामा २२ जना डिस्चार्ज भएका छन्  । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६२२ रहेको छ ।