काठमाडौं, कात्तिक २ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल अस्पताल भर्ना हुनुभएको छ ।
लामो समयदेखि प्रोग्रेसिभ सप्रान्युक्लियर पाल्सी नामक रोगबाट पीडित दाहाल नियमित स्वास्थ्य परीक्षणका लागि मेडिसिट अस्पताल पुग्नुभएको थियाे ।
“उहाँको स्वास्थ्य जाँच नियमित रुपमा भइरहेको छ । यसै क्रममा आज बिहान अस्पताल पुग्नुभएको हो । चिकित्सकको सुझाव अनुसार उहाँ अस्पताल भर्ना हुनुभएको ”, दाहालको सचिवालयले बताएको छ ।