• ११ मंसिर २०८१, मङ्गलबार

स्वास्थ्य राज्यमन्त्री केसी वीर अस्पतालबाट डिस्चार्ज

blog

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पताल अस्पतालमा उपचाररत स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसी डिस्चार्ज । तस्बिर : राज्यमन्त्रीको सचिवालय

काठमाडौं, कात्तिक १३ गते । राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पताल अस्पतालमा उपचाररत स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसी डिस्चार्ज हुनुभएको छ ।

राज्यमन्त्री केसीका प्रमुख सचिव अमित शर्माका अनुसार राज्यमन्त्री केसी १६ दिनको दिन आज(आइतबार) अस्पतालबाट डिस्चार्ज हुनुभएको हो ।

डेंगु पुष्टि हुनुभएका राज्यमन्त्री केसी असोज ३० गते ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना हुनुभएको थियो । प्लेटलेट घट्नुका साथै सुगर देखिएपछि सरुवा रोग अस्पतालले दुई दिनपछि केसीलाई वीर अस्पताल पठाएको थियो ।