• २९ वैशाख २०८१, शनिबार

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

blog

काठमाडौं, असोज ३० गते । शताब्दी पुरूष सत्यमोहन जोशीको आइतबार बिहान निधन भएको छ। उहाँको १०३ वर्षको उमेरमा आइतबार बिहान ललितपुरस्थित किष्ट अस्पतालमा निधन भएको उहाँकी भतिजी देवकी श्रेष्ठले गोरखापत्र अनलाइनलाइ जानकारी दिनुभयो । 

‘बिहानै अक्सिजनको लेभल एकदमै घट्यो भन्ने खबर आयो । हामी अस्पताल पुग्दा उहाँलाई भेट्न सकेनौँ’, भतिजी देवकी श्रेष्ठले भन्नुभयो, ‘‘ठ्याक्कै समय त थाहा भएन बिहान सात बजेतिर उहाँको निधन भएको हो ।’’ 

 जोशीको स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गते ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालको इमर्जेन्सी (आकस्मिक कक्ष) मा भर्ना गरिएको थियो । सोही समयमा रगतको जाँच गर्दा उहाँलाई डेंगु पुष्टि भएको थियो । एक सातादेखि नै छातीमा निमोनिया सङ्क्रमण, मुटुको चालमा घटबढ भइरहेका जोशीलाई जति औषधि चलाए पनि शरीरले रेस्पोन्स  नगरेको चिकित्सकले बताएका थिए ।