• १३ असोज २०८१, आइतबार

सीता दाहालको स्वास्थ्य स्थिति जटिल

blog

स्वास्थ्य स्थिति जटिल बन्दै गएपछि अस्पताल भर्ना हुनुभएको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल । फाइल तस्बिर

काठमाडौँ,कात्तिक २१ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य स्थिति जटिल बन्दै गएपछि उहाँलाई  अस्पतालमा भर्ना हुनुभएको छ । 

अध्यक्ष दाहालका प्रेस संयोजक सूर्य किरणका अनुसार दाहालको स्वास्थ्य अवस्था  जटिल बन्दै गएपछि उहाँलाई भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।  

 उहाँलाई भेन्टिलेटरमा राखेर अक्सिजन दिएको किरणले जानकारी दिनुभयो । उहाँ लामो समयदेखि पार्किन्सन्स बिरामी हुनुहुन्छ ।