मीरा शाह
पोषण शरीरका लागि अनिवार्य छ । बालबलिकाका लागि पर्याप्त पौष्टिक आहारा चाहिन्छ । यस्तो पौष्टिक आहारा सामान्यतया दुर्गम क्षेत्रका बच्चामा कमी हुने गरेको छ भनिन्छ । पोषण नपाएका बालबालिका बढी देखिएका छन् पनि । पछिल्लो समय गाउँघर तथा दुर्गम क्षेत्र मात्र होइन राजधानी काठमाडौँका बालबालिकामा पनि देखिएको छ । जसले गर्दा बालबालिकामा मोटोपनाको उच्च जोखिम देखिएको छ ।
यसको मुख्य कारण अधिक पोषण वा बाहिराको जङ्क फुडको सेवन गर्नु हो । अभिभावकहरू आफ्नो कार्य वा व्यस्तताले गर्दा घरमा पकाएर खुवाउन नसक्ने र तयारी खानेकुरामा बढी खुवाउने र टिभी, मोबाइल, ल्यापटप, आइप्याड आदि हेर्दै खाँदै गर्ने र बाहिर खेल्न नजाने, एकै ठाउँमा बसेका कारणले पनि मोटोपनाको जोखिम बढेको देखिएको छ ।
नेपालको जनसाङ्ख्यिकीय सर्वेक्षण र स्वास्थ्य सेवाको अनुसार कम उचाइ भएका ( पुड्को) बच्चा ४२ प्रातिशत तराईमा छ भने सहरी क्षेत्रमा २७ प्रतिशत कुपोषण भएका बाालबाालिका छन् । नेपालमा खासगरी दुर्गम तथा तराई क्षेत्रमा यसको प्रमुख समस्या देखिएको छ ।
नेपालको हिमाली भागमा ५३ प्रतिशत कम तौल भएका छन् । हिमाली भेगमा ११ प्रतिशत तथा ३६ प्रतिशत तराईको भूभागमा कुपोषित बालबालिका रहेका छन् । तराईको ३६ प्रतिशत पुड्को
(उमेरअनुसार उचाइ नहुनु ), ११ प्रतिशत दुब्लो तथा २९ प्रतिशत तौल कम भएको बाालबालिका रहेका छन् ।
गरिबी , अशिक्षा, आर्थिक अवस्था कमजोर, स्कुल नजिक नहुनु, सरसफाइ, पोषणका बारेमा सही जानकारी नहुनु एउटा ठूलो समस्या हो । तराईका बालबालिकाको विभिन्न कारणले पोषणस्तर माथि उकास्न सकेको छैन । यसको विभिन्न कारणमा गरिबी, अशिक्षा, रहनसहन आदिले हो ।
कुपोषण भनेको के हो ?
कुपोषण कम तथा चाहिनेभन्दा बढी मात्रामा भोजन गरेमा हुन्छ, कम भोजन गर्दैमा कुपोषण मात्र हुँदैन, आवश्यकताभन्दा बढी पोषण भएमा पनि सन्तुलित पोषण नपाएपछि कुपोषण हुन्छ । दुब्लो, पुड्को, मोटो, होचो यी सबै कुपोषणका प्रकार हो । यसले आँखाको समस्या, मुटु तथा मधुमेहको समस्यासमेत गराउँछ ।
कुपोषण
कम पोषक तत्वको कमी (कम पोषण ) :
यसमा चाहिने पर्याप्त मात्रामा प्रोटिन, क्यालोरी, तथा खनिज तत्वहरूको खानामा कमी भएमा जसले गर्दा दुब्लो, पातलो, ख्याउटे, (तौलअनुसार उचाइ नहुनु) तथा उमेरअनुसार उचाइ नहुनु (पुड्को) आदि कुपोषण हो ।
बढी तौल हुनु (अधिक पोषण ) :
आवश्यकताभन्दा बढी कार्बोहाइडे«ट, प्रोटिन, चिल्लो पदार्थको सेवन गर्नाले पनि कुपोषण हुन्छ । जसले गर्दा मोटोपनाको सिकार हुन्छ ।
त्यस्तै यसको कारणले रक्तअल्पता, मरास्मस , क्वासिवर्कर, जिङ्क, भिटामिन ‘बी’ र ‘डी’ आयोडिन, आदिको कमी हुँदै जान्छन् । त्यस्तै छाला सुक्खा, फुस्रो, खैरो, हुँदै जान्छ, घाउ खटिरा, ठीक हुँदैन, सुस्त मनस्थिति हुनु ।
क्वासिवर्कर :
खानामा प्रोटिनको मात्रा कम भएमा, त्यस्तै हाम्रो शरीरमा क्यालोरीको (शक्ति दिने) मात्रा कम भएमा मरास्मस भन्ने रोग लाग्छ जसले गर्दा अरू खनिज तìवको पनि कमी हुन जान्छ । जस्तै :
भिटामिन ‘ए’ : आँखा सुक्खा हुनु, राति राम्ररी नदेख्नु, रतन्धो, सङ्क्रमणको बढी सम्भावना हुनु ।
जिन्क : खानामा रुचि नहुनु, घाउ खटिरा, चाँडै ठीक नहुनु, कपाल झर्नु, पखाला लाग्नु, ।
लौहतत्व :
दिमागको विकास राम्ररी नहुनु, शरीरको तापमान समान रूपले नहुनु, पेटको समस्या भइरहन्छ । जस्तै ः नङ टुट्ने, सेतो देखिनु, कपाल फुस्रो हुनु ।
आयोडिनः गलगाड, हुनु, थाइराइड ग्रन्थीले हर्मोन उत्पादानमा कमी ल्याउनु, शारीरिक विकासमा कमी हुनु ।
लौहतìव भएको खानेकुरा : हरियो सागपात तथा तरकारी, पालुङ्गो, कर्कलो, फर्सीको मुन्टा, खसीको मासु, कलेजो, अण्डाको पहेँलो भाग आदि । विश्व स्वास्थ्य सङ्गठनले गरेकोे अध्ययनले विश्वमा ३० प्रतिशत जनसङ्ख्याको व्यक्तिहरू रक्तअल्पताको चपेटामा छ्न । यो एउटा महामारीका रूपमा देखापरेको छ ।
भिटामिन ‘ए’ :
यसमा बिटा क्यारोटिन, भएकोले, रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्दछ । गर्भवती महिलामा यसको कमी भएमा बच्चा गर्भमै तुहिन सक्छ । यो रातो तथा पहेँलो खाद्य पदार्थमा पाइन्छ, पाकेको फर्सी, मेवा, सुन्तला, दूध, अण्डा, पालुङ्गाे, ब्रो काउली, तरुल, सखरखन्ड, सलगम,
गान्टेमूला, आरु, आलुबखरा, गोँलभेडा आदि ।
प्रोटिन युक्त खानेकुरा : दूध, दही, माछा मासु, पनिर, सोयाबिन, भटमास, गेडागुडी, तोफु, अण्डा, बदाम, काजु, ओखर आदि । शक्ति दिने खाद्यपदार्थ ः भात, रोटी, फापर, कोदो, मकै, आलु, जौ, लिटो, खजुर, खीर, हलुवा, आदि ।
आफ्नो ठाउँमा सहजै पाउने खानेकुरालाई प्रोत्साहित गर्नुपर्छ । तराईमा प्रायः सबै कुरा पाइन्छ । जस्तैः चामल, मकै, गहुँ, कोदो, आँप, लिची, केरा, मेवा, यी सबैको भण्डार नै छ । घरमा बनाएको खानेकुरालाई नै बढी प्राथमिकता दिनुपर्छ । जस्तैः सतुवा, (चना, केराउ, मकै, कोदो) आदि । स्कुलको खाजामा घरमा बनाएको मात्रै पठाउनुपर्छ, बाहिरको पाकेटको जस्तै चाउचाउ, चिजबल, कुरकुरे, फेन्टा आदि दिएर बच्चालाइ विष खुवाउनुबाट बचाउनुपर्छ । आलु बेचेर चाउचाउ किनेर देखावटीबाट बच्नुपर्छ ।
खासगरी केटीहरूमा लौह तìवको कमी भएमा, जीवनभरि, तीन पुस्तासम्म, कुपोषित हुन्छ जस्तै : ऊ आफू, ऊ बाट जन्मिने बच्चा, फेरि उसको बच्चा पनि कुपोषणका सिकार हुन्छ । आफ्नो ठाउँमा भएको खानेकुराको बढी प्राथमिकता दिनुपर्छ । आफ्नो घरबारी, करेसाबारीमा पाइने नै प्रयोग गर्नुपर्छ ।
आफ्नो घरमा भएको बेचेर वा साटेर पसलमा पाइने पाकेटको खानेकुरा आफ्ना बालबच्चालाई खुवाउनु हुन्न, घरका अभिभावकले आफ्ना बच्चालाई पोसिलो खानेकुराको महत्व बुझाउन सक्नुपर्छ ।
पसलमा पाइने खानेकुराले रोग निम्त्याउने हो, त्यो एउटा मन्द विष जस्तै हो, त्यसैले समयमा नै सचेत हुनुपर्छ । पसलमा हर्लिक्स, चाउचाउ, चिजबल, कुरकुरे, फेन्टा यी सबै खुवाउनु भएन, यदि यस्तो प्रकारको दिनु हुन्छ भने आजैबाट बन्द गर्नुपर्छ ।