• १९ पुस २०८१, शुक्रबार

४६ जनाको निःशुल्क आँखा शल्यक्रिया

blog

आँखाको शल्यक्रियामा सहभागी डा.कविता ढाकवाको टोली । तस्बिर : चित्र मिजार

चित्र मिजार
सिन्धुपाल्चोक, पुस ५ गते । 
सुनकोसी गाउँपालिका–१ मा अवस्थित एकएक पाइला ठोकर्पा आधारभूत अस्पतालले ग्रामीण भेगका ४६ जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरेको छ । शल्यक्रियापछि अस्पतालले निःशुल्क चस्मा वितरण पनि गरिएको छ ।

उक्त शिविरमा सुनकोसी गाउँपालिका, लिसंखुपाखर, बलेफी गाउँपालिका, चौतारा साँगाचोकगढी नगरपालिका, बाह्रबिसे नगरपालिका र काभ्रेपलान्चोक जिल्लाको भुम्लु गाउँपालिका ४६ जना मोतियाबिन्दु रोगीले निःशुल्क उपचार, औषधि र चस्मा पाएको अस्पतालका अध्यक्ष नेत्र कार्कीले जानकारी दिनुभयो ।

डा.कविता ढाकवाको टोलीले शल्यक्रिया गरेको थियो । आँखाको निःशुल्क शल्यक्रियाको सेवा पाएपछि वृद्धवृद्धा हर्षित भएको अध्यक्ष कार्कीको भनाइ छ ।