२२७ जनामा कोरोना सङ्क्रमण पुष्टि, एकको मृत्यु
पछिल्लो २४ घण्टामा थप २२७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ४०१ कोरोना परीक्षण गर्दा २२७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
समयमा काम नगर्ने कम्पनीलाई कारबाही हुन्छ : मन्त्री चौधरी
सहरी विकासमन्त्री मेटमणि चौधरीले समयमै काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारवाही गरिने चेतावनी दिनुभएको छ । भेरी अस्पताल नेपालगञ्जमा निर्माणाधिन ओपीडी भवनको बिहीवार स्थलगत निरीक्षण गर्दै मन्त्री चौधरीले सो चेतावनी दिनुभएको हो ।
दार्चुलामा डेङ्गुका बिरामी बढे, अस्पतालका शय्या भरिभराउ
भदौ पहिलो साताबाट जिल्लामा डेङ्गुका बिरामी ह्वात्तै बढेका छन् । डेङ्गुका बिरामीका कारण अस्पतालका शय्या भरिभराउ भएका छन् । जिल्ला अस्पतालका डा. आदर्श लिम्बूका अनुसार भदौ पहिलो सातादेखि २२ गतेसम्म २८ डेङ्गुका बिरामी पुगेका छन् ।
भेरी अस्पतालमा बिरामीको चाप बढ्यो
भेरी अस्पताल नेपालगञ्जमा आपतकालीन कक्षमा १६ शैया रहेकोमा बुधबार रातिदेखि बिहीबार मध्यान्हसम्म २५ शैयामा विरामी भरिएका छन् । १५० शैया रहेको अस्पतालमा सोभन्दा बढी विरामी उपचाररत रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईले जानकारी दिनुभयो ।
भेरी अस्पतालमा दुई जना डेंगु बिरामीको मृत्यु
भेरी अस्पताल नेपालगञ्जमा दुई जना डेंगुका बिरामीको मृत्यु भएको छ । मृत्यु हुने दुवै जना बाहिरी जिल्लाका हुनुहुन्छ । उपचारका लागि भेरी अस्पतालको आइसियुमा भर्ना हुनुभएका कैलाली र बर्दियाका बिरामीको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
फिजियो थेरापीले जीवनशैलीलाई सहज बनाउँछ
फिजियो थेरापीको माध्यमबाट अपाङ्गता वा अशक्तता कम गरी स्वतन्त्र जीवनशैली तथा कार्यशैलीमा फर्काउन मद्दत गर्छ ।
क्यान्सर अस्पताल सञ्चालन
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरमा ‘सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पताल’ सञ्चालनमा आएको छ। बुधबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले क्यान्सर अस्पतालको उद्घाटन गर्नुभयो। स्वास्थ्यमन्त्री खापुङले तत्कालीन माओवादी नेता सुरेश वाग्लेको अर्धकदको सालिक अनावरण गर्दै क्यान्सर अस्पतालको उद्घाटन गर्नुभएको थियो।
लार्भा नष्ट गर्ने अभियानलाई तीव्रता
डेङ्गु रोग नियन्त्रणका लागि उच्चस्तरीय बैठकले लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियानलाई तीव्रता दिने भएको छ । मुख्य सचिव शङ्करदास वैरागीको अध्यक्षतामा बसेको बैठकले डेङ्गु नियन्त्रणका लागि लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियानलाई तीव्रता दिने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले लामखुट्टेले उसको जीवनमा विभिन्न स्थानमा गई आठ सयभन्दा बढी अन्डा पार्ने भएकाले लार्भालाई नष्ट गर्नुपर्ने बताउनुभयो । लामखुट्टेको लार्भा नष्ट गर्दा बढी प्रभावकारी हुने भन्दै प्रवक्ता ठाकुरले उच्चस्तरीय बैठकले लार्भा नष्ट गर्ने निर्णय गरेको बताउनुभयो ।
शिविरमा आँखा परीक्षण
नार्पा भूमि गाउँपालिकामा इन्द्रदल गुल्म मनाङद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा आँखा परीक्षण गराउँदै वृद्धा ।
ग्रामीण भेगमा बढ्दै मधुमेहका बिरामी
शहरी र सम्पन्नको रोगको पहिचान बनाएको मधमेह (डाइविटिज) पछिल्लो समय ग्रामीण भेगमा पनि तिव्ररुपले बृद्धि भएको देखिएको छ । वर्दिवास रेडक्रस उपशाखाले बुधवार वर्दिवासमा आयोजना गरेको स्वास्थ शिविरमा परीक्षण गराएका ४ सय १० जनामध्ये २ सय १७ जनामा मधुमेह पोजेटिभ देखिएको छ ।
२३० जनामा सङ्क्रमण पुष्टि, दुईको मृत्यु
पछिल्लो २४ घण्टामा थप २३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ८३६ कोरोना परीक्षण गर्दा २३० जनामा सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य परीक्षणका लागि घर–घरमा स्वास्थ्यकर्मी
पूर्वी नवलपरासीको देवचुली नगरपालिकाभित्र रहेका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणका लागि घर–घरमा स्वास्थ्यकर्मी पुगेका छन् । देवचुली नगरपालिकाभित्र रहेका करिब तीन हजार तीन सय जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणका लागि यतिबेला स्वास्थ्यकर्मीहरु घरमै पुगेका छन् । नगरपालिकाले देवचुलीका १७ वटै वडाहरुमा ज्येष्ठ नागरिकहरुलाई घरमै पुगी स्वास्थ्यकर्मीहरुबाट स्वास्थ्य परीक्षण र औषधि उपचार गरिरहेका छन् ।
पहाडी जिल्लामा डेङ्गुको सङ्क्रमण बढ्दै
पहाडी जिल्ला पाल्पामा डेङ्गु सङ्क्रमण तीव्र गतिमा बढेको छ । पछिल्लो एक सातामा २३ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । भदौ तेस्रो सातामा मात्रै २३ जना डेङ्गु सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसुधन भट्टराईले जानकारी दिनुभयो ।
डेङ्गु परीक्षणमा एक रूपता कायम गरिने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु परीक्षणको शुल्कमा एक रूपता कायम गर्ने भएको छ। सरकारी र निजी दुवै खालका स्वास्थ्य प्रयोगशालाले न्यूनतम चार सयदेखि तीन हजार चार सय रुपियाँसम्म लिने गरेका थिए। डेङ्गु परीक्षण गर्ने किट विभिन्न दातृ निकायले निःशुल्क दिने गरेका छन्। यसरी निःशुल्क दिएको किटमा समेत सरकार मातहतकै निकायले महँगो शुल्क लिने गरेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सरोकारवाला निकायबीच मङ्गलबार भएको बैठकमा एक रूपता कायम गर्ने सहमति भए पनि त्यस्तो शुल्क निर्धारण भने भएको छैन। निजी क्षेत्रका अस्पताल र सरोकारवालाको समेत सुझावका आधारमा एक साताभित्रै सहमति गरिनेछ।
म्याद गुर्जिएका औषधी रहेको गोदाममा सिलबन्दी
जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जको आदर्शनगरमा रहेको जि फर्मा लिंक प्रा.लि.को औषधी गोदाममा म्याद गुर्जिएका औषधी रहेको पाइएपछि सिलबन्दी गरेको छ ।
मेवाका पात र जथाभावी औषधि प्रयोग नगर्न चिकित्सकको सुझाव
पछिल्लो समय देशभर डेंगुका बिरामी बढ्दै गएका छन्। डेंगु फैलिएसँगै यसको उपचारमा बारेमा जनमानसमा अनेकौँ भ्रम फैलिँदै गएका छन्।
टेकु अस्पतालमा डेंगुका बिरामीकाे चाप बढ्याे
शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुमा डेंगुका बिरामीको सङ्ख्या बढेको छ ।
थप तीन सय जनामा कोरोना सङ्क्रमण पुष्टि
पछिल्लो २४ घण्टामा थप तीन सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ५९० कोरोना परीक्षण गर्दा तीन सय जनामा सङ्क्रमण पुष्टि भएको हो ।
डेङ्गु परीक्षणमा मनपरी शुल्क
डेङ्गुको प्रकोप व्यापक बन्दै जाँदा त्यसको परीक्षण शुल्कको मारमा बिरामी परेका छन्। सरकारी तथा निजी प्रयोगशालामा दुवैमा डेङ्गु परीक्षणको शुल्कमा मनोमानी पाइएको छ। सरकारी र निजीमा गरी यस्तो शुल्क पाँच सयदेखि दुई हजार चार सय रुपियाँसम्म रहेको छ। सबैभन्दा सस्तो मानिने सरकारी प्रयोगशालाले पनि बढी शुल्क लिने गरेका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले डेङ्गु परीक्षणको शुल्क आठ सय रुपियाँ लिने गरेको छ। वीर अस्पताल र सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले पाँच सय रुपियाँ लिन्छन्।
थप २२१ जना सङ्क्रमित, २०६ सङ्क्रमणमुक्त
पछिल्लो २४ घण्टामा थप २२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ५८ कोरोना परीक्षण गर्दा २२१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
बाजुरामा भाइरल ज्वरोका बिरामी बढ्दै
बाजुराका विभिन्न गाउँमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् । पछिल्लो समयमा मौसम परिवर्तनसँग बाजुराका विभिन्न ठाउँमा भाइरल ज्वरोका बिरामीहरुको सङ्ख्या बढ्दै गएको हो ।
सप्तरीका एक वृद्धमा डेङ्गु पुष्टि
सप्तरीको खडक नगरपालिका–८ मा डेङ्गुको बिरामी भेटिएका छन् । शनिबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परिक्षण गर्दा ६० वर्षीय एक पुरुषमा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो ।
लामखुट्टेको वासस्थान खोजेर लार्भा नष्ट गर्न घरदैलो अभियान
काठमाडौं महानगरपालिकाले डेङ्गु नियन्त्रणका लागि घरदैलो अभियानलाई निरन्तरता दिएको छ । डेङ्गु एडिज जातको सङ्क्रमित लामखुट्टेले मान्छेलाई सार्ने भएकाले यसबाट बच्नु नै सबैभन्दा भरपर्दो उपाय हो ।
प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपणको तयारी
प्रदेश अस्पताल सुर्खेतले मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने भएको छ । शनिवार अस्पतालमा मिर्गौला प्रत्यारोपण सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा अस्पताल प्रशासनले स्वास्थ्य सेवा विभागबाट अनुमति पाए लगत्तै सेवा सुरु गर्ने जनाएको छ ।