• १३ असोज २०८१, आइतबार

विमानमा बच्चासहित डाक्टर दम्पती पनि हुनुहुन्थ्यो

blog

ट्रमा सेन्टरका अर्थोपेडिक सर्जन डा. सुशील श्रेष्ठ र उहाँकी श्रीमती सोना दिवाकर । फाइल तस्बिर

सरोज ढुङ्गेल

काठमाडौं, माघ १ गते  । यति एयरलाइन्सको विमान दुर्घटनामा दुई डाक्टर रहेको पुष्टि भएको छ। 

वीर अस्पतालसँगै रहेको ट्रमा सेन्टरका अर्थोपेडिक सर्जन डा. सुशील श्रेष्ठ र उहाँकी श्रीमती सोना दिवाकर रहेको जानकारी प्राप्त भएको छ । 

आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको (एन–एनएनसी एटीआर) विमान पोखराकाे सेती खोचमा बिहान १०ः५१ मा दुर्घटनामा परेको थियो । उहाँहरु आफ्नो सानो बच्चाका साथ पोखरा छुट्टी मनाउन जानुभएको थियो। 

राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनीले गोरखापत्रसँग कुरा गर्दै अघिल्लो दिनसम्म शल्यक्रिया गरेर बिदा बस्नुभएको जानकारी दिनुभयो। 

डा. सोना दिवाकर भने अहिले पिजिको तयारी गरिरहनुभएको थियो। डा. श्रेष्ठसँग इमर्जेन्सीमा शल्यक्रिया गर्दा कुराकानी भएको थियो,’ डा. मरासिनीले भन्नुभयो, ‘ एक दुई दिन बिदामा बस्ने  भन्नुभएको थियो।’ 

चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट अर्थोपेडिक सर्जरीमा एमडी गर्नुभएका डा. श्रेष्ठले गण्डकी मेडिकल कलेज र म्याग्दीको दरबाङ स्वास्थ्य चौकीमा मेडिकल अधिकृतका रुपमा काम गर्नुभएको थियो।