• १३ असोज २०८१, आइतबार

गाउँको स्वास्थ्यचौकीमा गर्भवतीको अल्ट्रासाउण्ड

blog

ग्रामीण स्वास्थ्य चौकीमा गर्भवतीको अल्ट्रासाउण्ड गर्दै वरिष्ठ अनमि । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला पुुस ३० गते । दुुर्गमका स्वास्थ्य चौकीहरुमा गर्भवती महिलाको अल्ट्रासाउण्ड गर्ने काम भएको छ । गाउँघरमा गर्भवती महिलालाई सामान्य गर्भ जाँच हुने गरेकाबेला जिल्ला अस्पतालबाट परिचालित दक्ष जनशक्तिसहित उपकरणबाट अल्ट्रासाउण्ड गर्ने काम भएको हो ।

जिल्ला अस्पतालकी वरिष्ठ अनमि सरिता बोहराले आफू संलग्न भएर सर्केगार्ड गाउँपालिकाका तीन वटा स्वास्थ्य चौकीहरुमा गर्भवती महिलाको अल्ट्रासाउण्ड मेशिनबाट गर्भजाँच गर्ने कार्य भएको बताउनुुभयो । उहाँले सो गाउँपालिकाका रोडिकोट, सर्केगार्ड र रिप स्वास्थ्य चौकीमा गर्भवती महिलाको सो विधिबाट गर्भजाँच गर्ने कार्य गर्नुभएको हो । 

तीन दिनमा उहाँले ६५ जना गर्भवतीको अल्ट्रासाउण्डबाट चेकजाँच गर्नुभएको थियो । उहाँले अल्ट्रासाउण्ड गर्ने क्रममा एघार जना गर्भवतीको पाठेघर खसेको र दुुई जना गर्भवतीको गर्भमा रहेको शिशुुको टाउको उल्टो रहेको पत्ता लागेको बताउनुुभयो । उहाँले पाठेघर खसेको गर्भवतीको स्वास्थ्य चौकीमै उपचार भए पनि शिशुको टाउको उल्टो रहेको गर्भवतीलाई तत्काल जिल्ला अस्पतालमा आउन सुुभाव दिएको बताउनुुभयो । 

उहाँले समयमै ती गर्भवतीको चेकजाँच भएको कारण पछि हुनसक्ने दुर्घटनालाई न्यूनीकरण गर्न सहयोग पुुगेको बताउनुुभयो । अल्ट्रासाउण्डबाट गर्भवतीको चेकजाँच गर्ने उपचार बिधि नभएपछि सर्केगार्ड गाउँपालिकाले वरिष्ठ अनमि बोहरालाई जिल्लाबाट झिकाएर चेकजाँचका लागि समन्वय गरेको थियो । गाउँपालिकाको स्वास्थ्य शाखाले गर्भवतीको गर्भ वास्तविक अवस्था पत्ता लगाउन दक्ष जनशक्तिबाट अल्ट्रासाउण्ड गर्नुपरेको जनाएको छ ।