• १३ असोज २०८१, आइतबार

जापानमा कोभिडका कारण एकै दिन ४१५ जनाको मृत्यु

blog

सरिता थापा

जापान, पुस १३ गते । जापानमा बुधबार कोरोना सङ्क्रमणका कारण एकै दिन ४१५ जनको मृत्यु भएको छ । एकै दिनमा कोभिडका कारण ज्यान गुमाउनेको यो सङ्ख्या अहिलेसम्मकै अत्यधिक हो ।

अघिल्लो दिन कोभिडले गर्दा  २७१ जनाको मृत्यु भएको थियो । राजधानी टोकियोमा कोभिडका कारण २३ जनाको मृत्यु भएको महानगर सरकारले बताएको छ ।

देशभरमा बुधवार २ लाख १६ हजार २०९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो अघिल्लो दिनको भन्दा १३ हजार ३५६ धेरै हो । राजधानी टोकियोमा आज २० हजार २४३ नयाँ सङ्क्रमित थपिएका छन् ।

देशभरमा आईसीयू, भेन्टिलेटर राखेर उपचार गराउनुपर्ने बिरामी पनि ५७७ जना छन् । यो मङ्गलबारको भन्दा ५ कम हो । टोकियोमा पनि कोभिडका गम्भीर बिरामी घटेर ४९ मा आएको छ ।