• ६ वैशाख २०८२, शनिबार

करणी गरेको आरोपमा युवक पक्राउ

blog

सांकेतिक तस्बिर

चन्द्र पन्दाक

ताप्लेजुङ, वैशाख ३ गते। ताप्लेजुङमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। प्रहरीका अनुसार १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार ती युवकले सोमबार राति शौचालय गएको समयमा विभिन्न डरत्रास र धम्की देखाई बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ। पीडित पक्षले दिएको जाहेरीका आधारमा खोजतलास गर्ने क्रममा आरोपित युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो।

प्रहरी निरीक्षक बस्नेतका अनुसार पक्राउ परेका युवकमाथि अनुसन्धान सुरु गरिएको छ। मुलुकी फौजदारी संहिता २०७४ बमोजिम ताप्लेजुङ जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरील जनाएको छ।