• २३ असार २०८१, आइतबार

गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा

blog

शेरबहादुर राई 

ओखलढुङ्गा, पुस १४ गते । खिजिदेम्बा गाउँपालिकाले गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा दिन थालेको छ । 

गर्भवतीलाई प्रसूति गराउन स्वास्थ्य संस्था लैजान पालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिन थालेको हो । जिल्लाभित्र तथा जिल्लाबाहिर काठमाडौँलगायत अन्यत्र प्रसूतिका लागि लानुपरेमा गाउँपालिकाको एम्बुलेन्समा निःशुल्क लैजाने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताउनुभयो । 

प्रसूतिका लागि ओखलढुङ्गा सदरमुकाम होस् वा रामेछाप तथा काठमाडौँ नै लानु परे पनि गाउँपालिकाको खर्चमा गर्भतीलाई एम्बुलेन्समा लैजाने व्यवस्था गरिएको अध्यक्ष शेर्पाको भनाइ छ ।

गाउँपालिकामा रहेको बर्थिङ सेन्टरमा प्रसूति गराउन नसकिएका जटिल समस्या भएका र स्वास्थ्यमर्कीले रेफर गरेका गर्भवतीलाई प्रसूति गराउन अन्यत्र लैजाने गरिएको गाउँपालिकाले जनाएको छ । आवतजावतमै निःशुल्क एम्बुलेन्स सेवा दिन थालिएको छ ।