• ११ मंसिर २०८१, मङ्गलबार

उपत्यकाका हब अस्पताललाई तयारी अवस्थामा रहन आग्रह

blog

काठमाडौं, माघ १ गते । सरकारले उपत्यकाका हब अस्पताललाई तयारी अवस्थामा रहन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकाका हब अस्पतालहरूलाई आगोले पोलेका र शव पहिचानका लागि ल्याइने केस व्यवस्थापनका लागि तयारी अवस्थामा रहन आग्रह गरेको बताएको हो ।

मन्त्रालयले प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रद्वारा १ जना प्रतिनिधि दुर्घटना स्थलमा आवश्यक समन्वयनका लागि खटाउनका साथै उपचार तथा शव व्यवस्थापनका लागि हब तथा सेटेलाइट अस्पतालसँग समन्वयन गरेको जनाएको छ 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा शव व्यवस्थापन गर्दै आएको छ । साथै, थप समन्वयन र सहयोगका लागि पोखरास्थित अन्य मेडिकल कलेज र त्रि.वि शिक्षण अस्पतालसँग समन्वयन गरेको मन्त्रालयले उल्लेख गरेको छ ।

प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र, हब अस्पताल तथा स्वास्थ्यसम्बन्धी  निकायहरूसँग निरन्तर समन्वयनमा रहेको मन्त्रालयले जनाएको छ ।