• ७ वैशाख २०८१, शुक्रबार

स्वास्थ्य मन्त्री र राज्यमन्त्रीद्वारा पदभार ग्रहण

बीमा समस्या समाधान गर्ने मन्त्री गिरीको प्रतिबद्धता

blog

पदभार ग्रहण गर्नुहुँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरी र राज्यमन्त्री डा. तोसिमा कार्की

काठमाडौं, माघ ३ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरी र राज्यमन्त्री डा. तोसिमा कार्कीले पदभार ग्रहण गर्नुभएको छ ।

मङ्गलबार पदभार सम्हाल्दै मन्त्री गिरीले देशभरका स्वास्थ्य संस्थामा न्यूनतम सेवा मापदण्ड लागू गरी न्यूनतम सेवा प्रदान गर्ने निर्णय गर्नुभएको छ ।

स्वास्थ्यमन्त्री गिरीले स्वास्थ्य बीमामा भएको समस्यालाई समाधान गरी बीमाको सेवालाई अझै गुणस्तरीय बनाउँदै लैजाने बताउनुभयो  ।

पैसा अभावमा ज्यान गुमाउनुपर्दैन
त्यसैगरी, राज्यमन्त्री कार्कीले पदभार ग्रहण गर्नुहुँदै दुईवटा निर्णयमा हस्ताक्षर गर्नुभएको छ । जस अनुसार आँखाको स्वास्थ्य उपचार विकेन्द्रीकरण गरेर केन्द्र, प्रदेश र आधारभूत स्वास्थ्य केन्द्रसम्म पुर्‍याउने र स्वास्थ्य संस्थाको सेवाको न्यूनतम मापदण्डसम्बन्धी निर्णय छन् ।

कार्कीले राष्ट्रिय आँखा स्वास्थ्य रणनीति (०७९–०८६) मा हस्ताक्षर गर्नुहुँदै आँखाको उपचार सर्वसुलभ बनाउने बताउनुभयो । स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले पैसाको अभावमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्ने प्रतिबद्धता गर्नुभएको छ ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।