• ३ फागुन २०८२, आइतबार

स्वास्थ्य बिमामा डिजीटल सूचना सेवा सुरु

blog

काठमाडौँ, फागुन ३ गते ।अबदेखि बिमितको खाताबाट दैनिक रुपमा गरिएको दाबी रकमको विवरण एचआईवी एलर्ट प्रणालीमार्फत सम्बन्धित बिमितको मोबाइलमा एसएमएसद्वारा प्राप्त हुने भएको छ । 

स्वास्थ्य बिमा बोर्डले सूचना जारी गर्दै अबदेखि बिमितको खाताबाट दैनिक रुपमा गरिएको विवरण एचआईवी एलर्ट प्रणालीमार्फत सम्बन्धित बिमितको मोबाइलमा एसएमएसद्वारा प्राप्त हुने जानकारी गराएको छ । 

स्वास्थ्य बीमा कार्यक्रमबाट औषधी उपचार गर्दा अस्पतालले बिल दिए पनि कति रकम खर्च भयो ? कति बाँकी छ भनेर बिमितले भेउ पाउन झन्झट थियो ।

बिमितले पनि आफ्नो रकम कति बाँकी छ कति खर्च भयो भनेर बिल तिरेका बेला एमएमएस आउने व्यवस्था मिलाउन आग्रह गर्दै आएका थिए। बोर्डले बिमितको सहजता, पारदर्शिता र विश्वासलाई अझ मजबुत बनाउन नयाँ डिजिटल सूचना सेवा सुरु गरेको सूचनामा उल्लेख गरेको छ ।

सेवाबाट लाभ लिनका लागि बिमितको मोबाइल नम्बर अद्यावधिक गर्नुपर्ने छ।हालसम्म मोबाइल नम्बर अद्यावधिक नगरेका बिमितलाई बिमा गरिएको जिल्लामा रहेको स्वास्थ्य बिमा बोर्डको कार्यालयमा सम्पर्क गरी विवरण अद्यावधिक गर्न बोर्डले अनुरोध गरेको छ ।