• १३ वैशाख २०८३, आइतबार

सुकुमवासीको स्क्रिनिङसँगै स्वास्थ्य जाँच तथा परामर्श

blog

फाइल तस्बिर ।

काठमाडौँ, वैशाख १३ गते । अव्यवस्थित बस्तीबाट स्क्रिनिङका लागि दशरथ रङ्गशालामा ल्याइएका भूमिहीन तथा सुकुमवासीलाई शारीरिक र मानसिक स्वास्थ्य सेवा प्रदान गर्न महानगरपालिकाले स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ ।

अहिलेसम्ममा कम रक्तचाप भएका चार जना पुरुष दुई  जना महिला गरी छ जना, ढाड तथा जोर्नी दुखाइ भएका २ जना पुरुष, टाउको दुखाइ भएका १८ जना पुरुष र ६ जना महिला, गर्भवती दुई जना, काटेर चोटपटक लागेका  एक जना र विभिन्न अरू समस्या भएका १२ जनालाई सेवा प्रदान गरिएको छ ।

यस्तै मनोसामाजिक परामर्शका लागि बहुविवाह गर्ने, पिता नभएका महिला, विद्यालय उमेरका बालबालिका, रोजगारीमा भएका अभिभावकले आफूलाई परेको मानसिक समस्याका विषयमा परामर्श लिनुभएको छ ।

पारिवारिक तथा रोजगारीका कारण मनमा धेरै कुरा खेलाउने, बालबालिकाको शिक्षालाई कसरी निरन्तरता दिने जस्ता विषयमा धेरै चिन्ता देखिएको, स्वास्थ्य विभागका महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका फोकल पर्सन ऋषिप्रसाद भुसालले जानकारी दिनुभएको छ ।