काठमाडौं, माघ ५ गते । वीर अस्पतालको कार्डियोलोजी विभागमा क्याथल्याब सञ्चालनमा आएको छ । बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरी र स्वास्थ्य राज्यमन्त्री डा.तोसिमा कार्कीले संयुक्त रुपमा उक्त ल्याबको उद्घाटन गर्नुभएको हो ।
ल्याबको उद्घाटनपछि आफ्नो धारणा राख्नुहुँदै मन्त्री गिरीले स्वास्थ्य सेवा सबै जनताको पहुँचसम्म पुर्याउने गरी मिलेर काम गर्ने जिकिर गर्नुभयो ।
राजयमन्त्री कार्कीले अस्पताललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुका साथै स्वास्थ्यकर्मी तथा कर्मचारीलाई उच्च मनोवल साथ काम गर्न आग्रह गर्नुभयो ।
अस्पतालका कार्यकारी निर्देशक डा.भुपेन्द्र बस्नेतले अब मुटुका बिरामीको उपचार अस्पतालमै गर्न सकिने बताउनुभयो ।
वीर अस्पतामा दैनिक दुई सयका हाहारीमा मुटुका बिरामी अस्पतालमा आउने र ५० जनालाई क्याथल्याबको आवश्यक पर्ने जिकिर गर्नुभयो ।
त्यस्तै, बस्नेतले अस्पतालमा आवश्यक जनशक्ति र आवश्यक उपकरण थप्न गर्न अनुरोध गर्नुभयो । प्रतिष्ठानका उपकुलपति डा. देवनारायण साहले अस्पताललाई विशिष्टिकृत अस्पताल बनाउन क्याथल्याब सेवा ल्याएको बताउनुभयो ।