नारद कोहार
तौलिहवा, फागुन ३ गते । लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा तौलिहवास्थित कपिलवस्तु अस्पतालमा बृहद् रक्तदान गरिएको छ ।
प्रदेश स्थापना दिवसको अवसरमा २२ जनाले रक्तदान गरेको अस्पतालका सूचना अधिकारी डा. गणेश क्षेत्रीले बताउनुभयो । सो अवसरमा रक्तदान गर्दै प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले रक्तदान जीवन दान भन्ने नारालाई आत्मसात गरी आफूले वर्षौदेखि रक्तदान गर्दै आएको बताउनुभयो । उहाँले रक्तदान जस्तो पुन्य काम गर्न पाउँदा आफूलाई निकै खुशी लागेको बताउनुभयो ।
कार्यक्रमा नेपाली सेनाका सेनानी दिलीप घले र सशस्त्र प्रहरी उपरिक्षक जीवन केसीलगायतले रक्तदान गर्नुभएको थियो । नेपाल रेडक्रस सोसाइटी कपिलवस्तु शाखाको सहकार्य र कपिलवस्तु अस्पतालको आयोजनामा रक्तदान कार्यक्रम भएको हो ।